खेलकुद
आशिष चौधरीले खेलको अन्तिम समयमा गरेको निर्णायक गोलसँगै आयोजक फाइनलमा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको शुक्रबारे खेल मैदानमा जारी प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताबाट आयोजक सुन्दरहरैंचा फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम दिनको सेमीफाइनल खेलमा उर्लाबारी नगरपालिकालाई शून्यका विरुद्ध १ गोलले हराउँदै आयोजक सुन्दरहरैंचा फाइनलमा प्रवेश गरेको हो ।
सुन्दरहरैंचाका तर्फबाट जर्सी नम्बर ११ का खेलाडी आशिष चौधरीले खेल सकिन २ मिनेट बाँकी हुँदा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो । खेलको म्यान अफ द म्याच पनि आजको खेलमा गोल गर्ने आशिष चौधरी घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए ।
अत्यन्त प्रतिष्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने धेरै अवसर गुमाएका थिए । खेलकोे मध्यान्तरपछिको समयमा उर्लाबारीले धेरै गोल गर्ने अवसर गुमाएको थियो । दुवै पक्षले केही फ्रि किक र कर्नर किकमा पनि गोल गर्ने अवसर गुमाएका थिए ।
प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते आजको प्रतियोगिता विजेता र हिजो भएको सेमीफाइनलमा विजयी भएको पथरीशनिश्चरे नगरपालिकाबीच हुनेछ ।
विजेता टिमले ट्रफीका साथमा ३ लाख रुपैयाँ र उपविजेताले ट्रफीका साथमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका सहभागी भएका थिए । प्रतियोगिताको सह आयोजकमा वडा नम्बर १२ र व्यवस्थापकमा शुक्रबारे युवा क्लब रहेका छन् ।
पहिलो हाफ टाईम सकिए पछि सुन्दरहरैंचाका समर्थकले रेफ्रिमाथि हातपातको प्रयास गर्दा खेलमेदानमा केहीबेर तनाव उत्पन्न भएको थियो । आयोजकले समयमै तनावलाई व्यवस्थापन गरेकाले खेल बिथोलिन भने पाएन
Facebook Comment
Banner
समानुपातिक सांसदहरुले विहीबार प्रमाणपत्र पाउने, सपथ चैत १२ मा हुने
प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाहरुले भोलि बिहीबार निर्वाचन आयोगमामार्फत प्रमाणपत्र पाउने भएका छन् । आयोगले बिहीबार समानुपातिकतर्फका कुल ११० सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि आगामी चैत्र १२ गते सपथको तयारी गरिएको हो । त्यसपछि मात्र सरकार गठन हुनेछ ।
Banner
इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।
हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।
साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।
यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।
Banner
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो ।
सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।
यस्तै कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक दोङले बताए ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login