कोशी प्रदेश
गौरादहमा राष्ट्रिय खाद्य बैंकले शुरु गर्याे बृहत कृषि परियोजना
गौरादहः राष्ट्रिय खाद्य बैंकले झापाको गौरादहमा सञ्चालन हुने बृहत् कृषि परियोजनाको शुभारम्भ बैशाख १० गते गरेको छ । कृषिको क्षेत्रमा मात्रै काम गर्ने गरी स्थापित बैंकले देशका सबै जिल्लामा कृषि परियोजना शुरु गर्ने बताएको छ ।
गौरादह नगरपालिकाको वडा नम्बर ७ पुरानो ग्वालडुब्बास्थित ठकठकेमा बैंकले ३५ बिघा जग्गा १० वर्षको लागि लिजमा लिएर परियोजनाको काम अघि बढाएको हो । परियोजनाको बारेमा जानकारी दिँदै बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बैंकको यो दोस्रंो परियोजना भएको बताए । पाइलट प्रोजेक्टका रुपमा सञ्चालन हुने योजनाअन्तर्गत बर्दियाको गुलरियामा पहिलो परियोजनाको रुपमा ५ हजार बिघामा खेती शुरु गरिएको उनले बताए ।

‘रैथाने बालीको संरक्षण गर्नुका साथै जहाँ जुन जातको बाली बढी फल्छ सोही जातको बाली लगाउने हाम्रो योजना हो’, परियोजनाको बारेमा जानकारी दिँदै उनले भने, ‘बासमती धानलाई शुरुमा प्राथमिकता दिने हाम्रो योजना छ ।’ उत्पादन, भण्डारण र बिक्री सबैको जिम्मा बैंकले नै लिने र १० वर्षपछिको तथ्याङ्कमा सबैभन्दा धेरैलाई रोजगारी दिन सक्ने बैंकको रुपमा यो बैंकलाई चिनाइने उनले बताए ।
‘शुरुमा देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै १० वर्षपछि खाद्यान्न निर्यात गर्ने लक्ष्य हाम्रो छ,’ उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारसँग मिलेर हामी काम अघि बढाउँछौँ ।’ सरकारी नीतिमा कृषिलाई प्राथमिकता दिने भनिए पनि व्यवहारमा त्यस्तो नदेखिएकोमा दुःख लागेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर रोहितकुमार साहले प्राविधिक ज्ञानको कमी एवम् गुणस्तरीइ मल र बीउको अभावमा कृषिमा उत्पादकत्व बढाउन नसकिएको बताए । प्रकृतिक प्रकोपले पनि किसानलाई नै बढी समस्यामा पार्ने जनाउँदै राजस्व र रोजगारी वृद्धि गर्न बैंक सफल होस् भन्ने कामना व्यक्त गरे । गौरादहमा धान, मकै र माछा उत्पादनको राम्रो सम्भावना रहेको उनको भनाइ थियो । किसानले प्रोजेक्ट तयार पारेर अनुदान लिने तर काम नगर्ने, कृषि सहकारीले किसानका समस्या नबुझ्ने गर्नाले कृषि क्षेत्रको विकास हुन नसकेको बताउँदै उनले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
विशिष्ट अतिथि गौरादह नगरपालिकाकी उपमेयर गीतादेवी भेटवालले राज्यले कृषिमा देशलाई आत्मनिर्भर बनाउन लिएको नीतिलाई खाद्य बैंकको कार्यक्रमले सहयोग पुग्ने बताइन् । किसानलाई रोजगारीको वातावरण बन्ने देखेपछि आफूलाई यो कार्यक्रम राम्रो लागेको उनले सुनाइन् । गौरादहले पनि कृषिलाई प्रांथमिकतामा राखेकाले बैंकको उद्देश्य पूरा गराउन नगरपालिकाको नीति सहयोगी हुने बताइन् ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष हेमन्त कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै कृषि माफियाले अनुदानको रकम दुरुपयोग गर्ने गरेकोमा त्यसलाई रोक्न बैंक सफल होस् भन्ने कामना गरेका थिए । कम भूमि भएको देश थाइल्याण्डले खाद्यान्न निर्यात गरिरहँदा बढी कृषियोग्य भूमि भएको नेपालले भने खाद्यान्न आयात गर्नुपर्ने लज्जास्पद अवस्था रहेको उनले बताए ।
कार्यक्रमका सभापति वडा नम्बर २ निवासी डिल्ली सेंढाईँले किसानले पाउने अनुदानमा लोभीपापीले आँखा गाडेको बताए । रासायनिक मलले माटो बिगारेको बताउँदै पहिले आफूले यही क्षेत्रमा १ बिघामा १ सय १५ मन गहुँ र १ सय मनसम्म धान फलाएको सुनाए । धान, मकै र गहुँको उत्पादन धेरै हुने उनको भनाइ थियो ।
कार्यक्रममा माटो तथा वनस्पतिविज्ञ प्रा. डा. चन्द्रप्रसाद पोखरेल, धानबाली विज्ञ भोलामान बस्नेत, बैंकका सञ्चालक ईश्वर लुइँटेललगायत सहभागी थिए ।

Facebook Comment
Banner
कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्मको समय
काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।
यस्तै, आज अपराह्न साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, अपराह्न साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । आज निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने।
यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।
असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।
मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । यस्तै, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाउने तय भएको छ ।
Banner
कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’
शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।
शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।
पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।
फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।
महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।
Banner
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login