कोशी प्रदेश
गौरादहमा राष्ट्रिय खाद्य बैंकले शुरु गर्याे बृहत कृषि परियोजना
गौरादहः राष्ट्रिय खाद्य बैंकले झापाको गौरादहमा सञ्चालन हुने बृहत् कृषि परियोजनाको शुभारम्भ बैशाख १० गते गरेको छ । कृषिको क्षेत्रमा मात्रै काम गर्ने गरी स्थापित बैंकले देशका सबै जिल्लामा कृषि परियोजना शुरु गर्ने बताएको छ ।
गौरादह नगरपालिकाको वडा नम्बर ७ पुरानो ग्वालडुब्बास्थित ठकठकेमा बैंकले ३५ बिघा जग्गा १० वर्षको लागि लिजमा लिएर परियोजनाको काम अघि बढाएको हो । परियोजनाको बारेमा जानकारी दिँदै बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बैंकको यो दोस्रंो परियोजना भएको बताए । पाइलट प्रोजेक्टका रुपमा सञ्चालन हुने योजनाअन्तर्गत बर्दियाको गुलरियामा पहिलो परियोजनाको रुपमा ५ हजार बिघामा खेती शुरु गरिएको उनले बताए ।

‘रैथाने बालीको संरक्षण गर्नुका साथै जहाँ जुन जातको बाली बढी फल्छ सोही जातको बाली लगाउने हाम्रो योजना हो’, परियोजनाको बारेमा जानकारी दिँदै उनले भने, ‘बासमती धानलाई शुरुमा प्राथमिकता दिने हाम्रो योजना छ ।’ उत्पादन, भण्डारण र बिक्री सबैको जिम्मा बैंकले नै लिने र १० वर्षपछिको तथ्याङ्कमा सबैभन्दा धेरैलाई रोजगारी दिन सक्ने बैंकको रुपमा यो बैंकलाई चिनाइने उनले बताए ।
‘शुरुमा देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै १० वर्षपछि खाद्यान्न निर्यात गर्ने लक्ष्य हाम्रो छ,’ उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारसँग मिलेर हामी काम अघि बढाउँछौँ ।’ सरकारी नीतिमा कृषिलाई प्राथमिकता दिने भनिए पनि व्यवहारमा त्यस्तो नदेखिएकोमा दुःख लागेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर रोहितकुमार साहले प्राविधिक ज्ञानको कमी एवम् गुणस्तरीइ मल र बीउको अभावमा कृषिमा उत्पादकत्व बढाउन नसकिएको बताए । प्रकृतिक प्रकोपले पनि किसानलाई नै बढी समस्यामा पार्ने जनाउँदै राजस्व र रोजगारी वृद्धि गर्न बैंक सफल होस् भन्ने कामना व्यक्त गरे । गौरादहमा धान, मकै र माछा उत्पादनको राम्रो सम्भावना रहेको उनको भनाइ थियो । किसानले प्रोजेक्ट तयार पारेर अनुदान लिने तर काम नगर्ने, कृषि सहकारीले किसानका समस्या नबुझ्ने गर्नाले कृषि क्षेत्रको विकास हुन नसकेको बताउँदै उनले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
विशिष्ट अतिथि गौरादह नगरपालिकाकी उपमेयर गीतादेवी भेटवालले राज्यले कृषिमा देशलाई आत्मनिर्भर बनाउन लिएको नीतिलाई खाद्य बैंकको कार्यक्रमले सहयोग पुग्ने बताइन् । किसानलाई रोजगारीको वातावरण बन्ने देखेपछि आफूलाई यो कार्यक्रम राम्रो लागेको उनले सुनाइन् । गौरादहले पनि कृषिलाई प्रांथमिकतामा राखेकाले बैंकको उद्देश्य पूरा गराउन नगरपालिकाको नीति सहयोगी हुने बताइन् ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष हेमन्त कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै कृषि माफियाले अनुदानको रकम दुरुपयोग गर्ने गरेकोमा त्यसलाई रोक्न बैंक सफल होस् भन्ने कामना गरेका थिए । कम भूमि भएको देश थाइल्याण्डले खाद्यान्न निर्यात गरिरहँदा बढी कृषियोग्य भूमि भएको नेपालले भने खाद्यान्न आयात गर्नुपर्ने लज्जास्पद अवस्था रहेको उनले बताए ।
कार्यक्रमका सभापति वडा नम्बर २ निवासी डिल्ली सेंढाईँले किसानले पाउने अनुदानमा लोभीपापीले आँखा गाडेको बताए । रासायनिक मलले माटो बिगारेको बताउँदै पहिले आफूले यही क्षेत्रमा १ बिघामा १ सय १५ मन गहुँ र १ सय मनसम्म धान फलाएको सुनाए । धान, मकै र गहुँको उत्पादन धेरै हुने उनको भनाइ थियो ।
कार्यक्रममा माटो तथा वनस्पतिविज्ञ प्रा. डा. चन्द्रप्रसाद पोखरेल, धानबाली विज्ञ भोलामान बस्नेत, बैंकका सञ्चालक ईश्वर लुइँटेललगायत सहभागी थिए ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login