Connect with us
Advertisement
Advertisement

प्रथम सुन्दरहरैंचा मेयरकपको फाइनलमा आज आयोजक र पथरी नगरपालिकाबीच खेल हुने

Published

on

सेमीफाइनलमा उर्लाबारी नगरपालिकासँग खेल्दै आयोजक सुन्दरहरैंचा नगरपालिका ।

विराटचोकः मोरङको सुन्दरहरैंचा १२ स्थित शुक्रबारे खेलमैदानमा भइरहेको प्रथम सुन्दरहरैंचा मेयरकपको उपाधीका लागि आज आयोजक सुन्दरहरैंचा नगरपालिका र पथरी नगरपालिकाबीच खेल हुने भएको छ ।

आयोजक सुन्दरहरैंचाले क्वाटर फाइनलमा विराटनगर महानगरपालिका तथा रंगेली नगरपालिका र सेमीफाइनलमा उर्लाबारी नगरपालिकालाई पराजित गर्दै फाइनलको लागि स्थान सुरक्षित बनाएको हो ।

त्यस्तै, पथरी नगरपालिकाले क्वाटर फाइनलमा सुनवर्षी नगरपालिका र सेमीफाइनलमा लेटाङ नगरपालिकालाई पछि पार्दै उपाधीका लागि दाबेदार टोलीका रुपमा खडा भएको हो ।

प्रतियोगितामा विजयी हुनेले ट्रफीका साथमा नगद ३ लाख तथा उपविजेता हुने टिमले ट्रफीका साथमा नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा वडा नम्बर १२ को सहआयोजनामा भएको प्रतियोगिताको व्यवस्थापक शुक्रबारे युवा क्लब रहेको छ । प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ टिमले सहभागिता जनाएका थिए ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

महालक्ष्मी नगरपालिकाको दमारमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा

Published

on

धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ दमारमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । ४ कोठे पक्की भवन ३३ लाख ६६ हजार रुपैयाँको लागतमा निर्माण गरी स्वास्थ्य सेवा शुरु गरिएको हो ।

महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले रिबन काटेर तथा शिलालेखमा राखिएको पर्दा उघारेर भवन उद्घाटन गरेका हुन् । गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको नगरप्रमुख नेपालले बताए ।

सो स्वास्थ्य केन्द्रमा अहिले दुई अहेब र एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन् ।

Continue Reading

Banner

ठक्कर दिएर फरार भएको सवारीका चालक पक्राउ

Published

on

विराटचोकः साउन ११ गते राति सवा ९ बजे मोरङको बेलबारी नगरपालिका वडा नं. ३ मा पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका सवारी चालकलाई बेलबारी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सो दिन पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको पिकअपले पैदल यात्री अन्दाजी ६० वर्षीय ‘महन’ भनिने व्यक्तिलाई ठक्कर दिई घाइते बनाएको थियो । तत्काल सो सवारीको पहिचान खुलेको थिए । पछि इलाका प्रहरी कार्यालय बेलबारीले सुक्ष्म रूपमा अनुसन्धान गरी सवारी चालकलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार धादिङको जुङ्गीखोला गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ३२ वर्षीय रामकृष्ण पौडेललाई प्रहरीले साउन १४ गते पक्राउ गरेको हो । उनले चलाएको बाग्मती प्रदेश ०१–०२४ च ९९१३ नम्बरको पिकअपले ठक्कर दिएको खुल्न आएकाले हुँदा चालक तथा पिकअपलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Continue Reading

Banner

ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ

Published

on

काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका – ९ लीलाबस्तीको लीलाचोकमा ब्राउन सुगरको कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगरसहित प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा मेचीनगर– १ वस्ने २६ वर्षीय सरोज भुजेल र ३५ वर्षीय निर्मल भुजेल रहेका छन् ।

हिजो दिउँसो साढे ३ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर कारोबार गर्न लागेको अवस्थामा फेला पारी खानतलासी गरेको थियो ।

सो क्रममा झोलाभित्र ब्राउन सुगर ३४ ग्राम र २ लाख ५१ हजार रुपैयाँ प्रहरीले फेला पारेको थियो । उनीहरुले प्रयोग गरेको मे. ४ प ४०९७ र मे ६ प ३२१३ नम्बरका दुई वटा मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक