स्थानीय तह
सुन्दरहरैंचा– ७ को सार्वजनिक सुनुवाइ सम्पन्न
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा वडावासीले उठाएका जिज्ञासाको वडाका जनप्रतिनिधि तथा वडा सचिवले समाधान गरेका थिए ।
वडावासीको जिज्ञासाको समाधान गर्दै वडाध्यक्ष चैतन्यप्रसाद सिटौलाले गोठगाउँमा जग्गाको व्यवस्थापन हुन नसक्दा सार्वजनिक शौचालय नबनेको बताए । वडावासीले कम चासो दिएका कारण पनि शौचालय बन्न नसकेको उनको भनाइ थियो ।

गछियामा पनि साजीलाल माविको जग्गाको पूर्वतर्फ शौचालय बनाउने प्रयास भइरहेको उनले बताए । सुन्दरदुलारी उद्योग वाणिज्य संघको पहलमा गोठगाउँदेखि बलियासम्मका स्थानमा सार्वजनिक शौचालय बन्ने क्रममा रहेको उनको भनाइ थियो ।
गोठगाउँ चोकमा भएको सार्वजनिक जग्गा कम भएकाले वडा कार्यालय भवन बनाउन नसकिने बताउँदै उनले बारबिघेमा जग्गा प्राप्तिको काम भइरहेको हुनाले सोही स्थानमा वडा कार्यालयको भवन बनाउने गरी काम अघि बढिरहेको बताए । त्यस्तै पञ्चायत माविको उत्तरतर्फको खाल्डो पुरेर व्यवस्थित हटिया बनाउने तयारी भइरहेको पनि उनको भनाइ थियो ।

‘नगरप्रमुख उज्यालो’ कार्यक्रममार्फत् नगरभरीका मुख्य चोकमा सडक बत्ती जडान गर्ने काम यसैवर्षदेखि हुने भएकाले वडा नम्बर ७ का मुख्य चोकमा पनि सडक बत्ती जडान हुने उनले जानकारी दिए ।
ट्राफिक प्रहरी पोष्ट गोठगाउँमा ल्याउने, सिटी सफारीको भाडादरमा एकरुपता ल्याउने, पूर्वाञ्चल विश्वविद्यालयमा बिरामीले भोग्नुपरेका समस्याका समाधान गर्ने उनले बताए । पूर्वाञ्चल विश्वविद्यालयमा देखिएका समस्या समाधानमा सांसद, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको संयुक्त डेलिगेसन गएर उपकुलपतिसमक्ष सेवाग्राहीका माग र समस्या अवगत गराइएको सो अवसरमा उनले बताए ।
बेलगाछी, गणेशपुरदेखि पश्चिमतर्फ डुबानको समस्या देखिनुमा त्यहाँ रहेका मोरङी, लोचनीलगायतका पैनी पुरिनु नै मुख्य कारण रहेको उनले बताए । हाल गछिया बजारको उत्तरतर्फ निकासको व्यवस्था गरेकाले डुबानको समस्या धेरै हल हुने उनले जानकारी दिए ।

महिला सदस्य सुमित्रा बिकले महिलाहरु जागरुक नहुँदा महिलालक्षित कार्यक्रम प्रभावकारी नभएको बताइन् । महिलालक्षित र दलितलक्षित कार्यक्रमको माग वडावासीबाट नभएको हुँदा बजेट विनियोजनमा प्राथमिकता नपरेको उनले बताइन् ।
वडा सचिव लीला रिमालले वडामा चालु आर्थिक वर्षमा १६ वटा योजना सम्झौता भइसकेका र तीमध्ये ८ वटा योजना सम्पन्न भएर फरफारक भइसकेको जानकारी दिए । पशुपालक किसानका लागि तालीम सम्पन्न भइसकेको, ड्राइभिङ तालीमलगायतका अन्यक केही कार्यक्रम सञ्चालनको तयारीमा रहेका उनले जानकारी दिए । बहुवर्षे घाँसको बीउ वितरण, उन्नत जातका बाख्राका पाठापाठी वितरण तथा फलफूलका बिरुवा वितरणको कार्यक्रम पनि अन्तिम चरणमा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी डीपी कट्टेलले पहाडका कुनाकुनामा बिजुली पुगिसक्दा पनि वडा नम्बर ७ का केही टोलमा बिजुलीको पोल र तार भए पनि लाइन नछोडिएको, टोल विकास संस्था गठनमा वडा पछि परेको लगायतका समस्या उठाएका थिए ।

गोकुल न्यौपानेले बाटो निर्माणका क्रममा प्राविधिकले लागत इस्टिमेट गरेको आधारमा पैसा उठाउँदा बाटो निर्माणमा रकम नपुग्ने र साझेदारीमा भनिएभन्दा बढी रकम उठाउन वडावासी तयार नहुने हुनाले साझेदारीमा ग्राभेल, एजिङ र कालोपत्रे गर्दा उपभोक्ता समितिलाई रकम जुटाउन समस्या हुने गरेको उल्लेख गरे ।
लीलाप्रसाद पोखरेलले बिजुलीमा भोल्टेजको समस्या रहेको हुनाले ४ फेजको तार बिस्तारका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्ने बताए ।
मिलन लुइँटेलले ठडियामा बनेको स्वास्थ्य चौकीले कहिलेदेखि सेवा दिन्छ भनी प्रश्न गरेका थिए । युवाहरुलाई उद्यमी बनाउने विषयमा वडाले के गरिरहेको छ भनी प्रश्न गर्दै बाटो निर्माणका साथै युवा सशक्तिकरणमा पनि वडाले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने उनले माग राखे ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login