शिक्षा / स्वास्थ्य
७,१३७ जना थपिए संक्रमित, १,६१२ जना निको, २७ जनाको मृत्यु
विराटचोकः नेपालमा आज ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ६ सय १२ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ जना पुुगेको छ । थप २७ जनाको मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ जना पुगेको छ । आइसोलेसनमा रहनेको संख्या ४८ हजार ७ सय ११ जना जना रहेको छ ।
Facebook Comment
Banner
सुनसरी–१ मा हर्क साम्पाङ विजयी
प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी हुनुभएको छ ।
साम्पाङ ८ हजार ४९२ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।
Banner
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी
प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । नेम्बाङ २२ हजार ४ सय २६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गर्नुभयो ।
यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८ सय १४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय २० मतान्तरले पराजित गर्नुभएको थियो । नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।
आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग २ हजार १ सय २ मतले पराजित हुनुभएको थियो ।
यही फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल १ लाख १९ हजार ४ सय ८९ मतदातामध्ये ६७ हजार ६ सय ६४ मत खसेको थियो । यहाँ ३ हजार ८ सय ८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।
Banner
चितवन–३ मा साेविता गाैतम फराकिलाे मतान्तरले विजयी
प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की साेविता गाैतम ३८ हजार ६६२ मतान्तरले विजयी हुनुभएकाे छ । निर्वाचन आयाेगका अनुसार गाैतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभएकाे छ ।
साेविता गाैतम प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा मत ल्याएर विजयी हुनुभएकाे हाे । यसअघि २०७४ सालको चुनावमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी हुनुभएकाे थियाे ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login