Connect with us
Advertisement

सुन्दरहरैंचा नगरपालिकाको कार्यालय सलकपुर सर्ने पक्का, नगरपालिकाले लियो ४ बिघा ८ कठ्ठा जग्गा

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको कार्यालय सलकपुरमा सर्ने पक्का भएको छ । मन्त्रिपरिषद्को २०७७ मंसिर २३ गतेको निर्णय अनुसार नेपाल सरकारको नाममा कायम रहेको जग्गा सुन्दरहरैंचा नगरपालिकाले दीर्घकालीन लिजमा लिएको हो । बुधबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको छ ।

मोरङको साविक मृगौलिया गाउँ विकास समिति वडा नं. ९ कित्ता नं. १०६ को १२ बिघा ४ कठ्ठा १५ धुरमध्ये ४ बिघा ८ कठ्ठा जग्गा नगरपालिकाले लिएको हो ।

साबिक इन्द्रपुर गाविसको कार्यालय रहेको स्थान वडा नम्बर १२ मा अहिले नगरपालिकाको कार्यालय रहेको छ । सो क्षेत्र साँघुरो भएकाले खुल्ला क्षेत्र र भूगोलको हिसाबले पायक पर्ने क्षेत्र सलकपुरमा भवन निर्माण कार्यको थालनि गरिने नगरप्रमुख शिवप्रसाद ढकालले पत्रकार सम्मेलन मार्फत् जानकारी गराएका छन् ।

स्थानीय सरकार घोषणा भएपछि नगरपालिकाको कार्यालय कहाँ राख्ने भन्ने विषयमा बहस भएको थियो । जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो नगरसभाले सलकपुरमा रहेको नेपाल सरकारको जग्गा लिने निर्णय गरेको थियो । सोही अनुसार यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीको पहलमा मन्त्रिपरिषद्को निर्णयबाट नगरपालिकालाई ४ बिघा ८ कठ्ठा जग्गा दीर्घकालीन लिजमा प्राप्त भएको नगरप्रमुख ढकालले जनाएका छन् ।

साविकका सुन्दरदुलारी र कोशीहरैचा नगरपालिका मिलेर बनेको सुन्दरहरैंचा नगरपालिकाको भुगोल एक भए पनि भावनात्मक रुपमा मन एक नभएकाले पहिलो नगरसभाले सलकपुरमा कार्यालय बनाउने निर्णय गरेअनुसार जग्गा प्राप्तिको काम सम्पन्न भएको नगरप्रमुख ढकालको भनाइ थियो ।

आफ्नो कार्यकालमा भवन निर्माण शुरु हुनेसमेत उनले बताए । सबै शाखाहरुको कार्यालयसंगै दमकल, शव वाहन, एम्बुलेन्स पार्किङ क्षेत्र निर्माण हुने बताइएको छ ।

सम्झौतापत्रमा मालपोत कार्यालय बेलबारीका प्रमुख नवीनकिशोर अधिकारी र नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकालले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि अधिकृत अधिकारीले जुन प्रयोजनमा लिएको जग्गा हो सोही प्रयोजनका लागि कार्य गर्नुपर्ने बताए । उनले यसरी दिइएका जग्गाको समयसमयमा अनुगमन तथा निरीक्षण गरिने समेत बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक