पर्यटन
पर्यटनको विकास गर्न वनमा साइक्लिङ सफारी, बाघझोडादेखि हसिनासम्म सम्भावना
विराटचोकः सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको सम्भावना भए पनि यसको खोजी नगर्दा केही सामुदायिक वन पछाडि परेका छन् । मानव बस्तीसँगैै रहेका यी वनमा पर्यटनको विकास गर्न ‘साइक्लिङ’ एउटा महत्वपूर्ण सम्भावनाको क्षेत्र हो ।
शान्त, हराभरा, हरियाली जङ्गलमा साइकलका पाउदानी चलाउँदै दैनिक सयौँको संख्यामा पर्यटक घुम्ने केन्द्र बनाउन सके स्थानीयले लाभ लिने थिए ।
खासगरी मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रभित्र पर्ने सुकुना सामुदायिक वनदेखि नमुना सामुदायिक वन क्षेत्रभित्र रहेका बाघझोडादेखि हसिना सिमसारसम्म आन्तरिक पर्यटनलाई यसले बढावा दिनेछ । यसका लागि सामुदायिक वन तथा स्थानीय सरकार जागरुक हुनुपर्ने छ । योसँगै यस्तै प्रकृतिका क्लब वा समूहको तत्परताले अझ प्रभावकारी भूमिका खेल्ने छ ।

जोखिम मोलेर साइक्लिङ गर्दै युवा
अहिले सुन्दरहरैंचाका केही युवाहरुमा साइक्लिङको मोह बढेको छ । उनीहरु सुन्दरहरैंचा साइकल राइडर्स क्लब गठन गरेर प्रदेश १ का विभिन्न जिल्लाको अवलोकनसंगै साइक्लिङको क्रेज बढाइरहेका छन् । तर साइक्लिङको छुट्टै लेन नहँदा दुर्घटनाको जोखिम बढेको छ ।
साँघुरो सडकमा लामो यात्रा गर्दा मनमा त्रास उत्पन्न भइरहने राइडर्स क्लबका सदस्य खेमराज दाहाल बताउँछन् । ठूला सवारी साधनको पेलाइ र त्यसबाट निस्कने धुलोको कणले स्वास्थ्यमा नकारात्मक असर पर्ने देख्दादेख्दै विकल्प नभएर यात्रा तय गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । भित्री जङ्गलमा साइक्लिङ गर्दा पनि वन्यजन्तुको आक्रमणमा परिने हो कि भन्ने डर लाग्दालाग्दै यात्रा गर्नुपर्ने उनको भनाइ छ । यसको विकल्पमा सरकारले साइक्लिङ पर्यटन विकासमा जोड दिनुपर्ने दाहाल बताउँछन् ।

साइक्लिङ पर्यटन यसरी हुन्छ सम्भव
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन भू संरक्षण विभागले सामुदायिक वनमा पर्यापर्यटन प्रबद्र्धन कार्यविधि २०७५ जारी गरेर पर्यटनसँग जोडिएका सम्भावनालाई प्रबद्र्धन गरी अधिकतम आर्थिक लाभ लिने उल्लेख गरेको छ ।
वातावरण र जैविक विविधता संरक्षण गरी जलविहार, उद्यान÷पार्क, वन विहार अवलोकन, फोटो यात्रा, भिडियो छायाङ्कन जस्ता क्रियाकलाम सञ्चालन गर्ने नीति सरकारले लिएको छ । यसका लागि स्थानीय सरकारसँगको सहकार्यमा विकास गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका अन्तर्गत पर्ने पर्यटकीय क्षेत्र बाघझोडादेखि हसिना सिमसारसम्मको क्षेत्रलाई साइक्लिङमा पर्यटन विकास गर्न सकिन्छ । यस क्षेत्रभित्र रहेका पोखरी, ताल, खोला, खोल्सा, झाडी विभिन्न जातजातिका मठमन्दिर, गुम्बा, विश्वविद्यालय समेत अवलोकन गर्न सकिने छ । यसका लागि आकर्षक काठबाट निर्मित साँघुरा बाटा, खोल्सीमा बाँस वा काठबाट निर्मित आकर्षक फड्के, घुम्ती बाटाहरु, उकाली, ओराली, माटोका ढिस्का, निर्माण गर्नुपर्ने हुन्छ ।
अन्य क्षेत्रमा निर्माण भएका साइक्लिङ रुटका नमूना तस्बिरहरु ।

Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login