Connect with us
Advertisement

तेह्रथुमकी २० वर्षीया महिलाको कोभिड अस्पताल धरानमा मृत्यु

Published

on

विराटचोकः कोरोना संक्रमणका कारण तेह्रथुमकी २० वर्षीया महिलाको कोभिड अस्पताल धरानमा आज बिहान ५ बजे मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार तेह्रथुमको पञ्चकन्या– १ ठेगाना भएकी उनी बैशाख १७ गते कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । बैशाख १९ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रविले थुनामुक्त माग गर्दै दायर गरेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

Published

on

३१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ ।

हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका थिए । लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन् । उक्त निवेदनमाथिको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा परेको हो । ढुंगानाको इजलासको पहिलो नम्बरमा पेशी परेको छ । यसअघि सहकारी ठगी प्रकरणमा १३ माघ २०८१ मा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध सरकारी वकिल पक्ष र रवि आफैं पनि उच्च अदालत बुटवल पुगेका थिए । सरकारी पक्षले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षमा लागि थुनामै राख्नुपर्ने माग गरेको थियो भने रविले धरौटीको आदेश खारेज गर्दै साधारण तारेखमा रिहा हुनुपर्ने माग गरेका थिए । उच्च अदालत गएका यी दुवै पक्षको निवेदन एकसाथ राखेर सुनुवाइ भएको थियो । जसमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले यसअघिको आदेश खारेज गर्दै पुर्पक्षका लागि कारागार पठाउने आदेश गरे । अदालतको आदेशको सम्मान गर्दै शरीरमा रगत रहेसम्म लडाइँ जारी राख्ने लामिछानेले बताएका छन् ।

Continue Reading

Banner

सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो

Published

on

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भइरहेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Continue Reading

Banner

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

Published

on

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडानम्बर ३ सेतीबगरमा शनिबार राति दुर्घटना भएको हो । दुर्घटनामा भोजपुर नगरपालिका-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक