Connect with us
Advertisement

महामारीलाई परास्त गर्न सुन्दरहरैंचा उद्योग वाणिज्य संघले नगरलाई दियाे अक्सिजन सिलिन्डर

Published

on

विराटचोकः कोभिड १९ को महामारीमा निजी क्षेत्रले गाउँगाउँमा सहयोग गर्दै आएका छन् । मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले दोस्रो लहरको कोरोना शुरु भएयता विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीको बेला नागरिकलाई सचेतना जगाउँदै ‘ए हजुर, खै मास्क’ भन्ने अभियान नै सञ्चालन गरेको छ । सुन्दरहरै‌चा नगरपालिकामा बसेकाे विपद व्यवस्थापन समितिकाे निर्णय अनुसार नगरपालिकालाई सङ्घकाे तर्फबाट अक्सिजन सिलिन्डर प्रदान गरेकाे छ ।

साे क्रममा नगरप्रमुख ढकालले नागरिककाे जीवन रक्षाकालागि नगरले प्राप्त अक्सिजन सिलिन्डरलाई रिफिल गरी काेभिडका विरामीलाई अक्सिजन प्रदान गरिने बताए ।

आइतबार पहिलाे चरण किस्ति खाेलादेखि सलकपुर सम्मका उद्याेग तथा व्यक्तिका घरमा रहेका ३५ थान अक्सिजन सिलिन्डर नगरप्रमुख शिवप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् । सङ्घकाे १ सय ५० सिलिन्डर सङ्कलन गरिने जनाएकाे छ ।  साे क्रममा बाेल्दै वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद रिजालले महामारीमा निजि क्षेत्रले सकेकाे सबै सहयाेग गर्ने बताए ।  उद्याेग सचिव समेत रहेका हरि कार्कीले मात्र पन्द्र थान अक्सिजन दिएका छन् ।

हरैँचा बजार, सलकपुर, मृगौलिया, खोर्साने, विराटचोक, गोठगाउँ लगायतका क्षेत्रमा फरकफरक दिनमा गई मास्क वितरण गर्दै मास्क लगाउन प्रेरित गरिएको संघका महासचिव नारायण कार्कीले बताए ।

यसैगरी, जनताको सुरक्षार्थ खटिने नेपाल प्रहरीलाई समेत संघले मास्क वितरण गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी, विराटचोक र हरैँचामा मास्क वितरण गरिएको उनले जानकारी दिए ।

नागरिकहरु अस्पतालसम्म जान नसकिरहेको अवस्थामा स्वाब संकलन कार्य घरमै गरिने भएको छ । सुन्दरहरैंचा उद्योग वाणिज्य संघ र सुकुना सामुदायिक अस्पतालको संयुक्त आयोजनामा बैशाख २७ गतेदेखि स्वाब संकलन गर्न लागिएको बताइएको छ । यसको प्राविधिक सहयोग नोबेल मेडिकल कलेजले गर्ने भएको छ ।

Banner

एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक

Published

on

सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।

वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।

पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।

सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।

Continue Reading

Banner

आज बजेट पारित गरिँदै,

Published

on

प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।

त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।

सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।

यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।

Continue Reading

Banner

रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।

रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।

रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको  निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक