Connect with us
Advertisement
Advertisement

सुन्दरहरैंचामा होम आइसोलेसनमा बसेकासहित मोरङमा आज ११ संक्रमितको मृत्यु

Published

on

विराटचोकः आज मोरङमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा ३ जना र अस्पतालमा ८ जना संक्रमितको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा ४, विराट मेडिकल कलेजमा २ जना तथा कोशी अस्पताल र न्युरो अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।

सुन्दरहरैंचा– १२ का ७९ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउँसो १२ बजे मृत्यु भएको हो । बैशाख २७ गते पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा रहेका थिए ।

त्यस्तै, मोरङको जहदा गाउँपालिका–७ का ६० वर्षीय पुरुषको पनि होम आइसोलेसनमै मृत्यु भएको छ । उनको आज दिउँसो मृत्यु भएको हो ।

उता, विराटनगर –१३ का ५८ वर्षीय पुरुषको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

विराट मेडिकल कलेजमा विराटनगर–९ का ५२ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको छ । उनी बैशाख १३ गते अस्पताल भर्ना भएका थिए ।

सिरहाको लहान–१ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराट मेडिकल कलेजमै मृत्यु भएको छ । उनी मंगलबार उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

विराटनगर महानगरपालिका–६ का ३९ वर्षीय पुरुषको बुधबार दिउँसो न्युरो अस्पतालमा मृत्यु भएको छ ।

नोेबेल शिक्षण अस्पतालमा चार जनाको मृत्यु भएको छ । सुनसरीको इनरुवा–१ का ७५ वर्षीय पुरुषको बिहान ३ बजे मृत्यु भएको थियो । सप्तरीकी ५५ वर्षीया महिलाको बिहान ७ बजे र विराटनगर – ९ की ८० वर्षीया महिलाको बिहान ८ बजे मृत्यु भएको थियो ।

नोबेलमै विराटनगर –१० का ४६ वर्षीय पुरुषको पनि मृत्यृ भएको छ । बैशाख २६ गते उनी अस्पताल भर्ना भएका थिए । उनको बिहान ८ बजे मृत्यु भएको थियो ।

उता, कोशी अस्पतालमा विराटनगर–१२ का ८० वर्षीय पुरुषको संक्रमणका कारण ज्यान गएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

डलरको भाउ घटबढ

Published

on

विराटचोकः आज विदेशी मुद्राको विनिमय दर तलमाथि भएको छ ।

अमेरिकी डलर, युरोपियन युरो, स्वीस फ्रयांकलगायतको मूल्य बढेको छ ।

पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको मूल्य घटेको छ ।

चाइनिज युआन, थाइ भाट, मलेसियन रिंगिटलगायतको मूल्य स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज असार २ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः

 

Continue Reading

Banner

करेन्ट लागेर महिलाको मृत्यु

Published

on

बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका– ३ राजाटोल शीतल बस्ती बस्ने ४८ वर्षीया विष्णुमाया बासकोटाको हात्ती धपाउन राखेको करेन्टमा परी मृत्यु भएको छ ।

आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस् भनेर राखेको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

विराटचोक– हरैंचा– घिनाघाट सडकका लागि सवा ५ अर्ब विनियोजन

Published

on

विराटचोकः प्रदेशको गौरवको योजनाको रुपमा रहेको विराटचोक –हरैंचा – घिनाघाट सडकका लागि प्रदेश सरकारले ५ अर्ब २१ करोड रुपैयँ विनियोजन गरेको छ ।

प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले बजेट विनियोजनबारे जानकारी दिएका हुन् ।

खुवालुङको संरक्षण गरिने, पर्यटन क्षेत्रमा ८३ करोड बजेट बिनियोजन

प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक