शिक्षा / स्वास्थ्य
अक्सिजन अभावमा मृत्युः दिउँसो विवाह मण्डपमा– साँझ अस्पतालमा, १५ दिनमा गयो ज्यान
२९ वैशाख बुधबार साँझको सवा ५ बज्दै थियो । कोरोना विशेष अस्पताल बुटवलको रामनगरमा एक्कासी चिच्याहट सुनियो । केही आपत्ति आइलागेजस्तो, केही विपत्ति परेजस्तो । हतास थिए, नर्सहरू ।
अस्पतालमा साँझ ५ बजे अक्सिजन सकियो । आईसीयू कक्षका नर्सहरू चिच्याउन थाले । तर, आधा घण्टासम्म पनि अक्सिजन आइपुगेन । त्यही बीचमा पाँच जना बिरामीको ज्यान गयो । छिनभरमै अस्पतालमा सन्नाटा छायो । मृतकका आफन्तको रुवाबासीले अस्पताल परिसर शोकमग्न बन्न पुग्यो ।
००००
शोकको पीडा सबैलाई उस्तै हुन्छ । तर, बुटवल–११ का २९ वर्षीय दिपक ज्ञवालीको परिवारको जस्तो सायदै अरूको होला । दीपकको बिहे १५ वैशाख दिउँसो भएको थियो । साँझ श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगियो । अक्सिजन अभावले १५ दिनपछि २९ वैशाखमा उनले ज्यान गुमाए ।
१५ वैशाखमा बिहे गर्ने टुंगो ९ वैशाखमा लागेको थियो । गुल्मीबाट युवती बुटवल आउने र सामान्य ढंगले बिहे गरेर घर भित्र्याउने योजनाअनुसार कालिकानगरमा केटी पक्षका ५ जना र केटा पक्षका तीन जना जम्मा भएर बिहे गरिएको थियो । विवाह मण्डपमा दीपक बसे पनि उनको शरीरलाई खासै सञ्चो थिएन । मेडिकलले टाइफाइड भनेर दिएको औषधि खाएरै उनी विवाहको मण्डपमा बसेका थिए ।
दाजु गिरिराज भन्छन्, ‘यस्तो बेलामा बिहे नगरौँ भन्ने थियो । तर, कुरा टुंगिएकाले जमघट नगरी प्रक्रिया मात्र पु¥याएर सिउँदो भर्ने कुरा भएर बिहे गरियो । तर, आज यस्तो दिन देख्न रहेछ ।’
बिहे दिउँसो ३ बजे सकिएपछि दीपकले बेहुलीलाई घर भित्र्याए । तर, साँझ नै उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मेडिटेक अस्पतालमा लगिएको थियो । १० वैशाखमा ज्वरो आएर दीपक दुई दिनसम्म निको हुने प्रतीक्षामा घरमै बसे । दुई दिनसम्म पनि ज्वरो कम नभएपछि मोटरसाइकल लिएर १२ बैशाखमा बुटवल–११ को होराइजन मेडिकल हलमा पुगे । त्यहाँ उनलाई स्लाइन चढाइयो । मेडिकल सञ्चालक सञ्जय श्रेष्ठले टाइफाइड भन्दै पाँच दिनका लागि औषधि दीपकको हातमा थमाइदिए ।
औषधि खान थालेको तीन दिनसम्म पनि कुनै सुधार भएन । दीपकका दाजु गिरिराज मेडिकलमा आएर पुनः भाइको स्वास्थ्य अवस्थाबारे श्रेष्ठलाई जानकारी गराए । उनले ५ दिन औषधि डोज दिएको र निको हुने भन्दै गिरिराजलाई सम्झाए ।
तर, दीपकको स्वास्थ्यमा सुधार नआएपछि १५ वैशाख साँझ बुटवलको मेडिटेक अस्पताल लगियो । त्यो दिन उनी अस्पतालमै बसे । १६ गते साँझ दीपक कोरोना पोजेटिभ देखियो । दीपकको कोरोना रिपोर्ट पोजेटिभ आए पनि विवाहमा सरिक अरूको भने नेगेटिभ आयो । सामान्य स्वास्थ्यमा सुधार भएको महसुस दिपकले गरेपछि दाजु गिरिराजले चिकित्सकको सल्लाहमा घरमा लिएर आए ।
घरमा ल्याउँदा ज्वरो थिएन, खोकी पनि केही थिएन । साँझ खाना खाएर राम्रोसँग सुते पनि ।’ १७ गते दिउँसो भाइले श्वासप्रश्वासमा समस्या भएको बताएपछि पुनः मेडिटेक अस्पतालमा लग्यौं,’ उनी भन्छन् ।
मेडिटेकमा लगेपछि अक्सिजन लगाएर राख्न चिकित्सकले सल्लाह दिए । त्यो दिन मेडिटेकमै राखेपछि १८ गते उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगियो । चिकित्सकले भर्ना गर्न सल्लाह दिए । दीपकलाई धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दाजु गिरीराज ज्ञवालीले मोटरसाइकल पछाडि राखेरै पु¥याए ।
कोरोना विशेष अस्पतालमा लगेपछि एक दिन अक्सिजनसहित उनलाई आइसोलेसनमा राखियो । स्थिति बिग्रिएपछि १९ गते उनलाई आईसीयूमा सारियो ।
बुटवल–११ का गिरीराज दिनभर कोरोना विशेष अस्पताल बाहिर बसेर ५ बजे घरतर्फ लागेका थिए । घर पुग्नासाथ अस्पतालबाट फोन आयो । अनि हतारहतार अस्पताल आए । अस्पतालमा आउँदा उनका २९ वर्षीय भाइ दीपक ज्ञवालीको अक्सिजन नपाएकै कारण ज्यान गइसकेको थियो ।
‘भाइको स्वास्थ्य कमजोर पनि थिएन । निको हुन्छ भनेर चिकित्सकले भनेका थिए । त्यो बेला अक्सिजन अभावको समाचार हामीले थाहा पाएका थियौं,’ उनले भने, ‘यहाँ नहुने भए काठमाडौं लैजान्छौँ भन्दा पनि चिकित्सकले दिनुभएन । तर, अक्सिजन नपाएर मेरो भाइको ज्यान गयो ।’
भाइ अस्पतालमा भर्ना भएपछि गिरिराज बिहान ६ बजेदेखि साँझसम्म अस्पताल बाहिर बस्थे । भाइको खबर नर्सबाट लिन्थे । ‘आइतबारसम्म भाइसँग फोनमा कुरा गरेको थिएँ । छिटो निको हुन्छ भनेर भन्दै थियो । तर, आज भाइले अक्सिजन नपाएर मृत्युवरण गर्नु प¥यो,’ उनले दुःखी हुँदै भने ।
हरेक दिनजसो आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु हुने र आँखैअगाडि प्लाष्टिकले ¥यापिङ गरेको देख्दा भाइ दीपकले डर लागेको भनेर फोनमा बताउने गरेको दाजु गिरिराजले बताए । अस्पतालको दृश्य देखेर पनि भाइको मनोबल कमजोर भएको उनी बताउँछन् । – शिलापत्र डटकम बाट
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login