शेयर
लगातार तेस्रो दिन नेप्सेले गर्याे रेकर्ड ब्रेक, कारोबार रकममा पनि रेकर्ड ब्रेक, ५ वटा रेकर्ड तोडिए
विराटचोकः लगातार तेस्रो दिन नेप्सेले अलटाइम हाइ रेकर्ड ब्रेक गर्दै गएको छ । बैशाख २ गते बनेको अलटाइम हाइ रेकर्डलाई १ महिनापछि जेठ २ गते नेप्सेले ब्रेक गरेको थियो । शेयर बजार मापक नेप्से परिसूचकले २ गतेको रेकर्ड हिजो ३ गते र ३ गतेको रेकर्ड आज ४ गते ब्रेक गरेको हो ।
५ वटा बने रेकर्ड
आज शेयर बजारमा ५ वटा रेकर्ड कायम भएका छन् । नेप्से परिसूचक, सेन्सेटिभ परिसूचक, कारोबार रकम, बजार पूँजीकरण र शेयर किनबेच भएको संख्याले नयाँ रेकर्ड कायम गरेको हो । नेप्से सूचकले हिजोको रेकर्ड ब्रक गरेको हो भने कारोबार रकमले माघ २६ गतेको रेकर्ड ब्रेक गरेको हो । माघ २६ गते १० अर्ब ६२ करोडको शेयर किनबेच भएको थियो । आज ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९१ रुपैयाँको शेयर किनबेच भएको छ ।
सेन्सेटिभ परिसूचक पनि हिजोको भन्दा ४ दशमलव ६४ अंक अर्थात् शून्य दशमलव ९४ प्रतिशतले बढेर ४ सय ९७ दशमलव २२ अंकमा अडिएको छ । आज २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर किनबेच भएर अर्काे पनि रेकर्ड कायम भएको हो ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण पनि बढेर ३८ खर्ब ७६ अर्ब ९३ करोड ११ लाख ८ हजार ७ सय ७९ रुपैयाँ कायम भएको छ ।

४३ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढ्यो
बढेको बजारमा आज ४३ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । मूल्य बढ्नेमा अधिकांश जलविद्युत कम्पनी छन् भने होटल समूहका कम्पनीको शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ । सोल्टी होटल, ओरियन्टल होटल, विशाल बजार कम्पनी, नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, मिथिला लघुवित्त, समता लघुवित्तलगायतका कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
बढ्दो बजारमा २१ वटा कम्पनीको शेयरमूल्य भने घटेको छ । नेपाल टेलिकम, माथिल्लो तामाकोशी, शिखर इन्स्योरेन्सलगायतको शेयरमूल्य घटेको छ ।
२ सय १५ वटा कम्पनीको १ लाख १५ हजार ९ सय ६१ कित्ता शेयर किनबेच भएको बजारमा प्रशोधन तथा उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै होटल समूह ६ दशमलव १५ प्रतिशतले बढेको छ । फाइनान्स समूह ५ दशमलव ८६ प्रतिशतले बढेको छ । जलविद्युत र विकास बैंक समूह पनि ३ प्रतिशतभन्दा धेरै बढेको छ ।
कारोबार रकम नेपाल पुनर्बीमा कम्पनीले अग्रता लिएको छ । सो कम्पनीको ६७ करोड ९२ लाख ९९ हजार ७ सय ५५ रुपैयाँको शेयर किनबेच भएको छ । नेशनल लाइफ इन्स्योरेन्स, अरुण काबेली हाइड्रोपावर, आईएमई जनलरल इन्स्योरेन्स र नागरिक लगानी कोषको उच्च कारोबार भएको छ ।

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login