गण्डकी प्रदेश
भूकम्प आएपछि भाग्ने क्रममा ४ जना घाइते, २० घरमा क्षति, फेरि गयो ५ दशमलव ३ म्याग्निच्युटको भूकम्प
लमजुङः लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३ को भुलभुले केन्द्रबिन्दु भएर आज २ पटक भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युटको बिहान ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्पका कारण हालसम्म ४ जना घाइते भएको र २० वटा घरमा क्षति पुगेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
लमजुङको बेसीशहर नगरपालिका–६ का ३६ वर्षीया उमा गुरुङ, वडा नम्बर ११ चितीकी ८३ वर्षीया खकाकुमारी पाण्डे, वडा नम्बर ८ की २९ वर्षीया खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।
भूकम्प आएपछि घरबाहिर निस्कने क्रममा उनीहरू घाइते भएको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये उमा गुरुङलाई भने घरको गारो भत्किएर आधा शरीर पुरेको थियो ।
हालसम्म २० घरमा क्षति पुगेको प्रारम्भिक मौखिक विवरण आएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
भूकम्पका कारण केही ठाउँमा सुख्खा पहिरो पनि गएको बताइएको छ ।
बिहानै भूकम्प गएपछि भागाभाग, १ जना घाइते, थप विवरण आउन बाँकी
लमजुङ केन्द्र भएर गयो ५.८ म्याग्निच्युटको भूकम्प

Facebook Comment
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login