शेयर
शेयर बजार घटे पनि कारोबार रकम, कारोबार संख्या र कारोबार कित्तामा बने नयाँ रेकर्ड
विराटचोकः उतारचढाबका बीच शेयर बजारमा १३.०९ अंक अर्थात् ० दशमलव ४७ प्रतिशतले गिरावट आएको छ । बजार घटे पनि विभिन्न ३ विधामा शेयर बजारले रेकर्ड कायम गरेको छ ।
आज सर्वाधिक कारोबारको रेकर्ड कायम भएको हो । हिजो ११ अर्ब ३५ करोडको कारोबार भएर रेकर्ड कायम भए पनि २४ घण्टामै सो रेकर्ड ब्रेक भएको हो । आज ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४ सय १० रुपैयाँको शेयर किनबेच भएर नयाँ कीर्तिमान कायम भएको हो ।
हिजो कायम भएको कारोबार संख्यालाई पनि आजको बजारले तोडेको हो । हिजो २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर किनबेच भएर रेकर्ड कायम भएकोमा आज २ करोड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता शेयर किनबेच भएको हो ।
त्यस्तै, हिजो १ लाख १५ हजार ९ सय ६१ पटक शेयर किनबेच भएर रेकर्ड कायम भएकोमा आज १ लाख ३२ हजार ३ सय ६९ पटक शेयर किनबेच भएर कीर्तिमान कायम भएको हो ।
घटेको बजारमा ८ वटा समूहको सूचकमा रातो पोतिएको छ । जलविद्युत समूह सबैभन्दा धेरै २ दशमलव ११ प्रतिशतले घटेको छ । व्यापार समूह सबैभन्दा धेरै ० दशमलव ८६ प्रतिशतले उकालो लागेको छ ।
बजार घटे पनि समता लघुवित्त, रुरु जलविद्युत, गुर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
शेयरमूल्य घट्नेमा अधिकांश जलविद्युत समूहका कम्पनी छन् । उच्च मूल्य घट्ने १० कम्पनीमध्ये ७ कम्पनी जलविद्युत समूहका छन् । २ वटा फाइनान्स समूहका र एउटा विकास बैंक समूहको कम्पनी उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् । ङादी पावर, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रोपावर डेभलपर, युनिभर्सल पावर र रैराङ हाइड्रोपावर उच्च मूल्य घट्ने ५ कम्पनीमा परेका छन् ।
आज पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड ६९ लाख १८ हजार १ सय १ रुपैयाँको शेयर किनबेच भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, राधी जलविद्युत कम्पनी र सगरमाथा इन्स्योरेन्स रहेका छन् ।
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login