कोशी प्रदेश
विभिन्न दुर्घटनामा ६ जनाको मृत्यु, २ जना घाइते, १ जना बेपत्ता
विराटचोकः प्रदेशका विभिन्न स्थानमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन् ।
पाँचथर, सोलुखुम्बु, उदयपुर, ताप्लेजुङ, खोटाङ र वखलढुंगामा विभिन्न दुर्घटना भएका थिए ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ का ५८ वर्षीय पदमध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् । बुधबार राती ९ बजे निबुखोलाको दोभानमा पानीमा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया पूरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
उता, सोलुखुम्बु र उदयपुरमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ का २८ वर्षीय सीताराम बस्नेतको स्थानीय उत्तिसे भीरबाट लडेर मृत्यु भएको हो । बुधबार दिउँसो गाईवस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भीरमुनि मृत अवस्थामा देखी प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटिई गई घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी, उदयपुरको कटारी नगरपालिका–८ मरुवाखानी बस्ने २९ वर्षीया गीत बिकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । बुधबार साँझ ६ बजे मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भीरबाट लड्दा बिकको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रानीपुलमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको मृत्यु भएको छ । बुधबार अपराहन्न ५ बजे काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लड्दा पुल लगाउन राखिएको फलामले किचेर उनको मृत्यु भएको थियो ।
घटनामा बाराको सिमराका २६ वर्षीय श्यामसुन्दर चौधरीको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ मा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
सडक निर्माणको लागि मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर बिहीबार बिहान पौने ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावाबेंसी–४ का २५ वर्षीय नेत्रबहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । सो दुर्घटनामा परी ट्याक्टरका चालक र सह–चालक घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको र घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
उता, वखलढुंगामा नदीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका–१ का नवीन राईको १३ वर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा उनी बेपत्ता भएका थिए ।
बिहीबार बिहान ९ बजे नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा उनी बेपत्ता भएका हुन् । बेपत्ता भएका बालकको प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Banner
कुकुरले सुँघेर पत्ता लगाएपछि धरानमा लागूऔषधसहित समातिए युवा
धरान-१७ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
बसका सवार रहेका यात्रुकलाई कुकुरले सुघने क्रममा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० का २५ वर्षीय सञ्जय राना मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत चाड पर्वलक्षित सुरक्षा योजनाअनुसार परिचालन भएको प्रहरी कुकुरसहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
धरानबाट उदयपुर जाँदै गरेको को१ख ५४४० नम्बरको बसमा सवार रहेका राना मगरलाई नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वमा लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाइका साथ चेकजाँच गर्दै आएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा इटहरी–६ का ३६ वर्षीय कृष्णप्रसाद प्रसाई र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगरसहित, भोक्राहा नरसिंह–४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय इम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१६ का २० वर्षीय अमन चौधरी र इटहरी–१७ का २० वर्षीय रञ्जित चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित र इनरुवा नगरपालिका–५ का २५ प्रेम कुमार खंग र इनरुवा–३ का २८ बर्षीय शंकरकुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
(koshikhabar.com)
Banner
आज – १२ कार्तिक २०८१ सोमवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी पनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार समेत पाउनेछन् ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सफल यात्राको योग छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले पनि राम्रै फाइदा दिनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ कमको अवसर फेला पर्ने छन् । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम पनि सम्पन्न हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित बनाएर काम बनाउन सकिनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य सम्पादनमा समस्या आउला । आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । अध्ययन अध्यापन सफल नै रहेको छ । -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल
Banner
पहिलो ‘मिसेस पुर्बेली आइकन’ बनिन् इटहरीकि रेनुका श्रेष्ठ
पहिलो ‘मिसेस पुर्बेली आइकन’ बनिन् इटहरीकि रेनुका श्रेष्ठ
मिसेस पुर्बेली आइकन’को बिजेता रेनुका, फर्स्ट रनरअप मुना बन्दा दिपिका बनिन् सेकेण्ड रनरअप
इटहरीकि रेनुका श्रेष्ठ बनिन् पहिलो ‘मिसेस पुर्बेली आईकन’
इटहरी/ पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले हात पारेकी छन् । इटहरीको लायन्स क्लबमा असोज १२ गते शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट उनले बिजेताको उपाधिसँगै ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँका साथै अन्य पुरस्कारहरू प्राप्त गरिन् । ग्राण्ड फिनालेको प्रमुख अतिथीको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ उपस्थित थिइन् ।
प्रमुख अतिथी मिना श्रेष्ठले बिजेता श्रेष्ठलाई ताज लगाइदिएकी थिइन् । साथै उनले पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् । यस्तै झापाकी मुना बजगाई फर्स्ट रनरअप बन्न सफल भइन् । उनले मिसेस इन्टेलेक्च्युअलको सबटाईटल समेत जितिन् भने धनकुटाकी दिपिका भट्टराई सेकेन्ड रनरअप बन्न सफल भईन् । उनले मिसेस पर्सनालिटीको सबटाईटल हात पारिन् ।
यस्तै सुनसरी सदरमुकाम इनरुवाकी रुबिना श्रेष्ठले अर्गनाईजर च्वाइस अवार्ड जित्न सफल भईन् । उनले ट्रफी, क्राउनसहित इटहरीको फुडसालाबाट १० हजार रुपैयाँको फुड भौचर जितिन् भने उनले ब्युटी विथ अ पर्पस र मिसेस फ्रेन्डसिपको सबटाईटल समेत हात पारिन् । यसैगरी सुस्मा बिस्टले मिसेस फोटोजेनिकको सबटाईटल जितिन् भने सुनिता पुरीले मिसेस ट्यालेन्ट र बेस्ट वाल्कको उपाधि प्राप्त गरिन् ।
ग्राण्ड फिनालेबाट जिकिसा सापकोटाले मिसेस कन्फिडेन्ट र रेस्मा लिम्बुले मिसेस ग्लामरको सबटाईटल जितिन् । प्रतियोगिताको निर्णायक मण्डलमा जय राज रोय, मेरिना लिम्बू, कन्चन झा र नभनित राज प्रधान थिए । ग्राण्ड फिनाले कार्यक्रमको संचालन सजिना श्रेष्ठले गरेकी थिइन् भने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, फोटो तथा भिडियोग्राफर रिकेश ब्रजाचार्य र मेकअपमा उर्बि श्रेष्ठ रहेकी थिए ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login