स्थानीय तह
नेकपा माओवादी केन्द्र सुन्दरहरैंचाले नगरपालिकालाई बुझायो ध्यानाकर्षणपत्र
विराटचोकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कोरोना नियन्त्रण, संक्रमितको स्वास्थ्योपचार तथा कालोबजारी नियन्त्रणका लागि सुन्दरहरैंचा नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
माओवादी केन्द्रले नगरमा नगरप्रमुखको नेतृत्वमा र वडामा वडाध्यक्षको नेतृत्वमा अधिकारसम्पन्न सर्वपक्षीय कोभिड नियन्त्रण संयन्त्र निर्माण गरी सोही संयन्त्रमार्फत् काम गर्न अनुरोध गरेको छ ।

विपन्न परिवारको सदस्य बिरामी परेमा अस्पताल लानुपर्दा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न तथा त्यस्ता परिवारको खाद्य संकट व्यवस्थापन गर्न पनि ध्यानाकर्षण गराइएको छ ।
भौगोलिक अवस्थालाई मध्यनजर गर्दै कम्तीमा १० बेड भएका ४ वटा उपचार केन्द्र नगरका ४ स्थानमा निर्माण गर्न र किसानलाई आवश्यक पर्ने मल, बीउ तथा विषादी उपलब्ध गराउन तथा उत्पादित वस्तुको बिक्रीको सहजता मिलाउन पनि ध्यानाकर्षणपत्रमा अनुरोध गरिएको छ ।
पार्टी कमिटी रोग प्रतिरोधका लागि स्वयम्सेवक बनेर स्वयम्सेवक कमिटीको रुपमा रुपान्तरित भई जस्तोसुकै कठिनाइ मोल्न पनि तयार भएको जनाउँदै विभिन्न योजनामा विनियोजित बजेट रकमान्तर गरेर भए पनि कोरोनाको नियन्त्रणका लागि खर्च गर्न माओवादी केन्द्रले आह्वान गरेको छ ।
राजनीतिक उद्देश्यबाट प्रेरित नभई महामारीको व्यवस्थापनमा जुट्न खबरदारी गरेको सो पार्टीले हालसम्म नगरपालिकाले महामारीको रोकथामको लागि हालसम्म गरेका कामहरु सह्रानीय भएको उल्लेख गरेको छ ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख शिवप्रसाद ढकालले ध्यानाकर्षणपत्रमा उल्लेख भएका कतिपय काम भइरहेका र कतिपय कामको लागि प्रक्रिया भइरहेको उल्लेख गरे ।
‘संक्रमितको घरमै पुगेर उपचार गर्नेदेखि अस्पताल लानुपर्ने भएमा निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि गर्दै आएका छौँ,’ मेयर ढकालले भने, ‘संक्रमित व्यक्ति विपन्न हो र उसको आम्दानीको स्रोत छैन भनेर वडा कार्यालयले सिफारिश गरेमा त्यस्तो परिवारलाई राहत पनि दिने गरेका छौँ ।’
संक्रमितलाई साँझमा र राती बढी समस्या पर्ने गरेकाले सो समयमा र्यापिड रेस्पोन्स टिमका स्वास्थ्यकर्मी बढी खटिने गरेको पनि मेयर ढकालले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका नगर तथा जिल्लाका पदाधिकारीको उपस्थितिमा नगर अध्यक्ष दुस्यान्त भट्टराईले मेयर ढकाललाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।


Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login