समाचार
मोरङमा फेरि ७ दिनलाई थपियो निषेधाज्ञा
विराटचोकः जिल्ला प्रशासन कार्यालय मोरङले पुनः ७ दिनका लागि निषेधाज्ञा थप गरेको छ । यसअघि थपिएको निषेधाज्ञाको समय भोलि राति सकिँदैछ । भोलि राति १२ बजेदेखि २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप भएको कार्यालयले जनाएको छ ।
यी व्यवसाय खुला हुनेछन्ः
निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी तथा फलफूल पसल, दूध डेरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने भएका छन् ।
औषधी पसल, अक्सिजन तथा स्वास्थ्य सामग्री पसल र पेट्रोल पम्पहरु नियमित सञ्चालन हुने भएका छन् ।
स्वास्थ्यकर्मी, दूर सञ्चार क्षेत्रका कर्मचारी, सफाइकर्मी, वित्तीय संस्थाका कर्मचारी, कृषि क्षेत्रका प्राविधिक तथा सरकारी कर्मचारीले परिचयपत्रको आधारमा हिँडडुल गर्न पाउने भएका छन् ।
कूटनीतिक नियोगका सवारी, पत्रपत्रिका वितरण गर्न प्रयोग हुने सवारी साधन पनि चल्न पाउने भएका छन् ।
निषेधाज्ञामा बन्द हुने क्षेत्रहरुः
प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले आज जारी गरेको सूचनामा जनाइएअनुसार अत्यावश्यकबाहेकका अन्य सेवा दिने कार्यालयका कर्मचारीलाई हिँडडुल गर्न नपाउने भएका छन् । अत्यावश्यकबाहेकका अन्य सेवा दिने कार्यालयका कर्मचारीलाई हिँडडुल गर्न नपाउने भएका छन् ।
गुद्री बजार, हाटबजार, सब्जीमण्डी, होटल, रेष्टुरा, पार्टी प्यालेस बन्द हुने भएका छन् ।
यस्तो छ निषेधाज्ञाको पूूर्ण विवरणः

Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login