विनिमयदर
डलरलगायत स्थिर, युरोलगायत बढ्यो, फ्र्यांकलगायत घट्यो

विराटचोकः आज अमेरिकी डलर, साउदी अरेबियन रियाललगायत केही विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ ।
युरोपियन युरो, पाउण्ड स्टर्लिङलगायत केही विदेशी मुद्राको विनिमय दर बढेको छ ।
स्वीस फ्रयांक, अस्ट्रेलियन डलरलगायत केही विदेशी मुद्राको विनिमय दर घटेको छ ।
यस्तो छ नेपाल राष्ट्र बैंकले आज जेठ १७ गतेका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः
Facebook Comment
Banner
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले अनलाइनखबरलाई जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो । रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए ।गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए ।उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।
Banner
३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ
मोरङबाट ३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका- ८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्लीकुमार कार्की छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरुवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । हाल फरार रहेका १ जनाको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Banner
राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारीमा ढुंगाना

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् ।
वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login