Connect with us
Advertisement

बजेटले समेटेको प्रदेश नम्बर १

Published

on

विराटचोकः सरकारले आगामी आर्थिक वर्षका लागि हिजो शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ को हवाई र सडक पूर्वाधार प्राथमिकतामा परेको छ ।

यस्ता छन् बजेटले समेटेको प्रदेश नम्बर १ का महत्वपूर्ण योजनाः

ताप्लेजुङः
सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरण गरी धावनमार्ग बिस्तार गरिने,
ताप्लेजुङ लगायत १३ हिमाली जिल्लामा माध्यमिक तहका आवासीय विद्यालय संचालन गरिने,
सहलगानीमा निर्माणाधीन पाथीभरा बजारको खानेपानी आयोजना सम्पन्न गर्ने
ओलाङचुङगोलामा सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने,

पाँचथरः ट्रान्समिटर थप गरी रेडियो नेपालको पहुँच बिस्तार गरिने,

इलामः सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिने,
वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सन्दकपुरमा पर्यटन पूर्वाधार निर्माण गरिने,
माइपोखरीको संरक्षण एवं सौन्दर्यीकरण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने,

झापाः
बिर्तामोड–चन्द्रगढीलाई मेघा सिटीमा विकास गरिने,
चन्द्रगढी विमानस्थलको स्तरोन्नति गरिने,
काँकरभिट्टा–इनरुवा खण्डको जग्गा अधिग्रहण र अन्य तयारी सम्पन्न गरी निर्माण कार्य थालिने,
समृद्ध तराई मधेस सिँचाइ कार्यक्रम अन्तर्गत ट्युवेल जडान गरिने,
कन्काई नदी नियन्त्रण गरिने,
भद्रपुर बजारलाई कटानबाट बचाइने र जनताको तटबन्ध अन्तर्गत मावा र बिरिङ खोलामा बायोइन्जिनियरिङ प्रविधिबाट नदी नियन्त्रण गरिने,
दमकको औद्योगिक क्षेत्रको पूर्वाधार तयार गरिने,
रतुवा, बिरिङ र कन्काईमा पुल निर्माण गरिने,
चन्द्रगढीमा कृषिमा आधुनिक प्रविधिको विकास गर्न कृषि फार्मलाई सेन्टर फर एक्सिलेन्स स्थापना हुने,
दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रङ्गशाला दुई वर्ष भित्र सञ्चालनमा ल्याउने गरी निर्माण गरिने,
मेची नाकामा कन्टेनर स्क्यानर मेसिन जडान गरिने,
दमकमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने,

तेह्रथुमः
चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरी निमार्णकार्य अघि बढाइने,

संखुवासभाः
तुम्लिङटार विमानस्थलको स्तरोन्नति गरिने,
माथिल्लो अरुण जलविद्युत आयोजनाको लगानी ढाँचा यकिन गरी पूर्वतयारीको काम पूरा गरिने,
कोशी कोरिडोर अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक निर्माण कार्यलाई तीव्रता दिइने,
सहलगानीमा निर्माणाधीन चैनपुर बजारको खानेपानी आयोजना सम्पन्न गर्ने,
किमाथाङ्कामा सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने,

भोजपुरः
ट्रान्समिटर थप गरी रेडियो नेपालको पहुँच बिस्तार गरिने,
भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने,

सुनसरीः
धरान–इटहरीलाई मेघा सिटीमा विकास गरिने,
धरान–धनकुटा सडक खण्ड अन्तर्गत धरान–लेउती सुरुङ मार्ग निर्माण कार्य शुरु गरिने,
इटहरी– विराटनगरमा विद्युतीय बस सञ्चालनमा अनुदान दिइने,
तमोर करिडोर अन्तर्गत चतरादेखि ओलङचुङगोला सडक निर्माण कार्यलाई तीव्रता दिइने,
बर्जुतालको संरक्षण एवं सौन्दर्यीकरण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने,
इटहरी प्रादेशिक रङ्गशालाको काम अघि बढाइने,

मोरङः
विराटनगर महानगरपालिकाको विद्युतीय तार भूमिगत गरिने,
विराटनगर–जोगबनी खण्डमा रेल सेवा सञ्चालन गरिने,
रतुवा नदी नियन्त्रण गरिने,
बक्राहा खोलामा बायोइन्जिनियरीङ प्रविधिबाट नदी नियन्त्रण गरिने,
विराटनरमा दूध बजार सुनिश्चित गर्न दूध सङ्कलन केन्द्र तथा चिस्यानकेन्द्र र आधुनिक पशु बधशाला स्थापना हुने,
विराटनगरको सरकारी अस्पतालमा दम्पत्तिको लागि आइभीएफ सेवा शुरु हुने,
बाल सुधार गृह सञ्चालन गरिने,
बैजनाथपुरमा क्रिकेट मैदान स्थापना गरिने,
सहलगानीमा निर्माणाधीन मानगढ बजारको खानेपानी आयोजना सम्पन्न गर्ने,
विराटनगर नाकामा कन्टेनर स्क्यानर मेसिन जडान गरिने,

सोलुखुम्बुः
हाई अल्टिच्युड स्पोर्टस सेन्टर स्थापना गरिने,

उदयपुरः
समृद्ध तराई मधेस सिँचाइ कार्यक्रमअन्तर्गत ट्युवेल जडान गरिने,
त्रियुगा नदीको कटान नियन्त्रण गर्न ८४ किलोमिटर तटबन्ध गरिने,

ओखलढुंगाः
सहलगानीमा निर्माणाधीन ओखलढुङ्गा बजारको खानेपानी आयोजना सम्पन्न गर्ने,

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक