विश्व
चिनियाँ दम्पत्तिले अब ३ सन्तानसम्म जन्माउन पाउने

विराटचोकः चीनले दुई सन्तानमात्रै जन्माउन पाउने कडा नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पत्तिले तीन जनासम्म बच्चा जन्माउन सक्ने जनाएको छ ।
सिन्ह्वा समाचार संस्थाका अनुसार सोमबार पोलिटब्युरो बैठकमा राष्ट्रपति सी जिन पिङले सो नीतिलाई स्वीकृत गरेका थिए । सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही दशकमै सबैभन्दा कम भएको पाइएपछि गरिएको हो । सो जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको थियो ।
गत महिनाको शुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष १ करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो । यो सङ्ख्या सन् २०१६ को १ करोड ८० लाखभन्दा कम हो र सन् १९६० को दशकयता सबैभन्दा कम हो । सो नतिजा सार्वजनिक भएपछि चीनले परिवार नीति नियमलाई सहज बनाउने अपेक्षा गरिएको थियो ।
चीनमा सन् १९८० मा एक जोडीले एक जना बच्चामात्रै जन्माउन पाउने नीति ल्याएको थियो । सन् २०१६ को शुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने नीति ल्याएको थियो । –बीबीसीबाट
Banner
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने भएको छ ।
सहकारीको रकम अपचलन प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
आज अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा गरी उनलाई थुनामा पठाइने प्रहरीले जानकारी दिएको छ । उनलाई भैरहवा कारागार लगिने प्रहरीको तयारी छ ।
Banner
जनमत–नागरिक उन्मुक्ति एकता : सीके राउत कार्यकारी अध्यक्ष, पहिलो वरीयतामा रेशम चौधरी

जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकार सहितको अध्यक्ष हुने सहमति टुंगो लागेको छ ।
एकीकृत दलमा दुई अध्यक्ष हुने र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमतिन्मुख छलफल भएको छ । पार्टीको वरियतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । वरियतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका छ जना वीचमा छलफल भएको छ । १५ बैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।
Banner
काठमाडौं विश्वकै प्रदूषित र ब्राजिलको साओ पाउलो विश्वकै सफा सहर

काठमाडौँ — देशको राजधानी एक सातादेखि विश्वकै प्रदूषित सहर बनेको छ । आइतबार काठमाडौंको वायु गुणस्तर १७० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेसँगै विश्वकै प्रदूषित सहर बनेको हो । एकातिर काठमाडौं विश्वकै प्रदूषित सहर बनिरहँदा भने ब्राजिलको साओ पाउलो सहर भने विश्वकै सफा सहर बनेको छ । साओ पाउलोको एक्यूआई ७ रहेको छ । आगलागी, धुलो र गाडीबाट निस्कने धूवाँका कारण काठमाडौंको हावा सातादिन यता प्रदूषित बनेको छ । काठमाडौंको वायुले खतरनाक तह पार गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्राय र काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: चीनको तीन सन्तान नीतिले बच्चाका खेलौना उत्पादन गर्ने कम्पनीको शेयर भाउ ३१ प्रतिशतसम्म वृद्धि -