शेयर
२ दिनमा ५६ अंकले झरेको बजार एकै दिनमा फर्कियो आइतबारको अंकमा

विराटचोकः लगातार २ दिन ओरालो लाग्दा ५६ अंकले घटेको बजारमा आज एकै दिन ५५.७६ अंकको बढोत्तरी भएको छ ।
योसँगै नेप्से परिसूचक २८२७.१२ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार २ प्रतिशतभन्दा बढीले बढेको हो । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.८३ अंक अर्थात् १.५७ प्रतिशत बढेर ५०५.१५ को उचाइमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ ।
नेप्सेमा रहेका १३ वटा समूहमध्ये १२ वटा मा हरियाली छाएको छ भने सामुहिक लगानी कोषमा रातो पोतिएको छ । वित्त समूह सबैभन्दा धेरै ७.९१ प्रतिशतले बढ्दा विकास बैंक ६.१३ प्रतिशतले बढेको छ । अन्य समूह ५.२४ प्रतिशतले बढेको छ ।
२ सय १९ कम्पनीका २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर १ लाख १४ हजार २ सय १६ पटक कारोबार हुँदा ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३ सय ५६ रुपैयाँको शेयर किनबेच भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब ३७ करोड ८७ लाख ९० हजार ६ सय २२ रुपैयाँको शेयर किनबेच भएको छ । निर्धन उत्थान लघुवित्त, सानिमा माई हाइड्रोपावर, लुम्बिनी विकास बैंक र ज्योति विकास बैंक उच्च कारोबार गर्ने ५ कम्पनीमा परेका छन् ।
एक दर्जन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा कम्पनी, सानिमा माई हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र युनियन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
राधी विद्युत कम्पनीका शेयरधनीहरुले सबैभन्दा धेरै ७ प्रतिशतले सम्पत्ति गुमाएका छन् । बजार बढेसँगै समग्र बजार पूँजीकरण ३९ खर्ब २३ अर्ब कायम भएको छ ।
Facebook Comment
Banner
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।
शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन आह्वान गरेका हुन् । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।
Banner
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।
तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
Banner
भूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (फोटो फिचर)

२०७२ वैशाख १२ को भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पूरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे ।
भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए । भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।
भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ ।
वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् । पूरातत्त्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।
कस्तो थियो ?
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login