शिक्षा / स्वास्थ्य
कोभिड नेपालः एक महिनाको निषेधाज्ञाले कोरोना नियन्त्रण भयो ?
काठमाडौंः काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा कोभिड नियन्त्रण गर्न निषेधाज्ञा शुरु भएको एक महिना बितिसकेको छ ।
तर महामारी ‘अपेक्षित रूपले नियन्त्रणमा नआएको’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘अवस्था सामान्य हुन समय लागिरहेको छ । निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालनामा अझै जोड दिनुपर्ने देखिएको छ ।’
परीक्षण गराउन गएकामध्ये ३० प्रतिशतको हाराहारीमा अझै दैनिक संक्रमित भेटिनु ‘उच्च जोखिमकै अवस्था’ रहेको प्रवक्ता पौडेल बताउँछन् ।
कोभिडका कारण दैनिक मृत्यु पुष्टि गरिने संख्या बैशाख २६ यता १०० नाघेकोमा यसबीचमा दुई दिन मात्र १०० भन्दा कम भएको देखिन्छ ।
यसबीचमा एकै दिन करिब १० हजार नयाँ संक्रमित भेटिएका बेला जेठ ५ मा अहिलेसम्मकै धेरै २ सय ४६ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको पुष्टि भएको थियो ।
‘उच्चबिन्दु पार’
स्वास्थ्य अधिकारी एवं जनस्वास्थ्य विज्ञहरूले यसबीचमा नेपालले कोरोना भाइरस महामारीको दोस्रो लहरमा उच्च बिन्दु पार गरिसकेको औँल्याएका छन् ।
काठमाडौं विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठले ‘अहिलेको समय प्राकृतिक रूपमै भाइरस कम फैलिने अवस्थामा’ रहेको बताउँछिन् । तर त्यसलाई जोखिम घटेको रूपमा बुझ्न भने नहुने उनको तर्क छ ।
‘हामीले जसरी घट्यो भन्ने सोचिरहेका छौँ, अवस्था त्यति सहज चाहिँ होइन । सहज अवस्था भन्नका लागि परीक्षण गराएकामध्ये ५ प्रतिशतभन्दा कममा सङ्क्रमण देखिनुपर्छ ।’
यसअघि नेपालका स्वास्थ्य अधिकारीहरू एवं विज्ञले भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनामा नेपालमा पनि संक्रमणको संख्या उत्कर्षमा पुग्ने चेतावनी दिएका थिए।
‘त्यो अवस्था चाहिँ हामीले पार गरिसकेको देखिन्छ । केही दिन लगातार ९,००० भन्दा धेरै संक्रमित पाइएको समय हाम्रो उच्चबिन्दु थियो,’ इपिडिमियोलोजिस्ट समेत रहेकी डा. श्रेष्ठले भनिन् ।
‘लकडाउन खुकुलो गर्दा व्यवस्थित उपायहरू अपनाएनौं भने त्यो केही बढ्न सक्छ तर यो दोस्रो लहरमा सायद त्यस्तो उच्च सङ्क्रमण अब देखिँदैन ।’
प्रभाव
यतिखेर नेपालका ४८ भन्दा धेरै जिल्लामा सक्रिय संक्रमितहरू रहेको सरकारी विवरण छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले निषेधाज्ञा कहिलेबाट खुलाउने भन्ने निर्णय अस्पतालको नियमित क्षमताले बिरामीको चाप धान्न सक्ने अवस्था आएपछि लिइने बताउँछन् ।
उनले अस्पतालमा चाप ‘पछिल्ला दिनमा केही सहज’ भए पनि सामान्य अवस्थामा आइनसकेको बताए ।
यसबीचमा अधिकांश सरकारी अस्पतालहरू कोभिड अस्पतालका रूपमा तयार पारिएकाले त्यहाँ बहिरङ्ग र अन्य नियमित स्वास्थ्य सेवा प्रभावित भएका पाइन्छन् ।
लकडाउनका बेला आवागमन ६० देखि ७० प्रतिशतका हाराहारीमा मात्र घटेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार घरबाहिर निस्किँदा मास्क लगाउने मानिसहरू ७५ प्रतिशतजति छन् ।
कडा निषेधाज्ञा हुँदा सामान्यतया दुई सातामा सङ्क्रमणको साङ्लो भङ्ग हुने ठानिने भए पनि मानिसहरू स्वयं सचेत नहुँदा त्यसको प्रतिफल अपेक्षित रूपले नआइरहेको स्वास्थ्य अधिकारीहरूको मत पाइन्छ ।
‘मुख्य मुख्य ठाउँमा प्रहरीलाई झुक्याउने र गाउँघरमा निषेधाज्ञा नटेरेर सामाजिक कार्यक्रमहरू गरिँदा मानिसहरू सङ्क्रमित भएका छन्,’ प्रवक्ता डा. पौडेलले भने ।
काठमाडौं विश्वविद्यालयकी डा. अर्चना श्रेष्ठका अनुसार ८० देखि ९० प्रतिशत आवागमन रोकिएका निषेधाज्ञाहरूले छिटो नतिजा दिने गरेको तर नेपालमा त्यसो हुन सकेको छैन ।
उनले भनिन्, ‘सङ्क्रमित हुने दर ५ प्रतिशतभन्दा कममा झार्न सकिएको भए बल्ल हामीले त्यसको प्रवृत्ति केलाउँदै सहज ढङ्गले नियन्त्रणका प्रयास गर्न सक्थ्यौँ ।’
कोभिड–१९ विरुद्धको खोप पाउनेहरूको सङ्ख्या नबढाउँदासम्म निषेधाज्ञा वा लकडाउनले मात्र सङ्क्रमणको साङ्लो भङ्ग गर्न कठिन हुने विज्ञहरूले बताउँदै आएका छन् ।
महामारीको यस लहरमा पहिलेभन्दा फरक किसिमले सङ्क्रमण गाउँगाउँसम्म व्यापक रूपमा फैलिएको पाइएको स्वास्थ्य अधिकारीहरूले बताउने गरेका छन् ।
उनीहरूको वास्तविक अवस्था बाहिर थाहा नभइरहेको र पहिले जसरी अहिले सङ्क्रमितका ‘कन्ट्याक्ट ट्रेसिङ’ अर्थात् सङ्क्रमितको संसर्गमा आएका व्यक्ति पहिचान गर्ने काममा जोड नदिइँदा वास्तविक अवस्था बाहिर नआएको भन्दै विज्ञहरूले आलोचना गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलसमेत समुदायस्तरमा पर्याप्त परीक्षण हुन नसकेको स्वीकार गर्छन् ।
उनको भनाइ छ, ‘परीक्षण गराउन आवश्यक सबै जाँचका लागि नगएको अवस्था सही हो । लक्षण देखिएकाहरू मात्र परीक्षण गराउन जाने प्रवृत्ति देखिन्छ । र उनीहरूमध्ये धेरै पोजिटिभ देखिने नै भए ।’
तर अधिकांश ग्रामीण भेगलाई लक्षित गरेर पठाइएका ११ लाखभन्दा धेरै एन्टिजेन किटका विवरण समयमा नआउने र त्यहाँ परीक्षणका लागि नै समेत चासो नदिइनु दुवै त्यसका अन्य कारण रहेको स्वास्थ्य अधिकारीहरूको भनाइ पाइन्छ ।
काठमाडौं विश्वविद्यालयकी डा. श्रेष्ठले कम परीक्षण भएको भए पनि त्यसले नेपालको समग्र अवस्थाको चित्र भने देखाइरहेको बताउँछिन् । – बीबीसीबाट
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login