मुख्य
नेवि सङ्घद्वारा गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन
काठमाडौंः हिजो आइतबार बाँकेको कोहलपुरमा भएको घटनाको विरोधमा आज काठमाडौंमा प्रदर्शन भएको छ । प्रहरीले विद्यार्थीमाथि दमन गरेको भन्दै नेवि सङ्घले गृहमन्त्रीको राजीनामाको माग राखी काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।
नेवि संघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेका थिए । सो घटनामा घाइते भएका सबै प्रदर्शनकारीको पनि सरकारले निःशुल्क उपचार गर्नुपर्ने माग नेवि सङ्घले गरेको छ ।
Facebook Comment
Banner
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल आजदेखि
बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल आज दिउँसो ४ बजे अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा हुनेछ । यसपटक एनपीएल फ्ल्डलाइटमा पनि हुनेछ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते हुनेछ । अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायरमा मङ्सिर २३ गते मंगलवार खेल्नेछन् । यो खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ । तेस्रो र चौथो स्थानका टोलीबीचको इलिमिनेटर खेल मङ्सिर २४ गते बुधवार हुनेछ । यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोलीको यात्रा समाप्त हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर मङ्सिर २५ गते बिहीवार हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल मङ्सिर २७ गते शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुनेले २५ लाख रुपैयाँ तथा चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउनेछ । जुन अघिल्लो सिजनकै पुरस्कार रकम बराबर हो ।
यसैबीच क्यानले एनपीएलको दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ । खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ ।
अन्य समूह चरणमा साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ रहनेछ भने प्लेअफ तथा फाइनलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ । साथै सिजनभरको पास १५ हजार रुपैयाँमा किन्न सकिनेछ । एनपीएल नेपालभित्र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ भने विदेशमा स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलले खेल क्षेत्रसँगै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
Banner
बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज, ४ बजे सपथ
बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।
बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।
प्रदेश प्रमुख देवकोटाले सरकार गठनका लागि दिएको दिउँसो २ बजेको समयपछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । प्रदेश प्रमुख कार्यालयले दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम तय गरेको छ ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसैगरी, बानियाँले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको कांग्रेसका एक सांसदले जानकारी दिए । बानियाँले मुख्यमन्त्रीको सपथ लिए लगत्तै कांग्रेस र एमालेबाट केही मन्त्री नियुक्तिको तयारी गरेका हुन् ।
Banner
रोकियो बागमतीका तीन मन्त्रीको शपथ
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम राेकिएको छ ।
प्रदेश प्रमुखको कार्यालयबाट सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएअनुसार आज दिउँसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो ।
सूचनामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएको र उपचारका लागि काठमाडौं जानुपरेको कारण शपथ समारोह स्थगित गरिएको उल्लेख छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरेका थिए ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login