शिक्षा / स्वास्थ्य
छातीमा १ फुट लामो रडले छेडिएर गम्भीर घाइते कोरोना सङ्क्रमितको सफलतापूर्वक शल्यक्रिया
धरान: १ फुट लामो फलामको रड छातीमा छिरेर घाइते भएका कोरोना सङ्क्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सफलतापूर्वक शल्यक्रिया भएको छ ।
जेठ ११ गते राति ७ बजे देखि ११ बजे सम्ममा सफलतापूर्वक उनको शल्यक्रिया गरिएको थियो । प्रतिष्ठानले भने सो घटनाको सार्वजनिक हिजो मात्रै गरेको हो । झापाका ३८ वर्षीय पुरुष घरको भित्ता प्लास्टर गर्दागर्दै माथिबाट झर्दा छातीको देब्रे पट्टीको कोखाबाट १२ इन्चको फलामको रड छातीमा गाडिएको थियो ।
जनरल सर्जरी विभागका डा. सुरेशप्रसाद शाहको नेतृत्वमा डा. लोकेश शेखर जैसवाल, कार्डियो थोरासिक भास्कुलर सर्जन डा. विजय श्रेष्ठ, डा. पवन सापकोटा, एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्र नारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मण्डल, नर्सहरू जानकी चौधरी, गीता राई, ओटी टेक्निसियन रञ्जन पाठक, हेल्पर दलबहादुर खडका लगायतको टिमले उनको शल्यक्रिया गरेको थियो ।
सो रडले उनको देब्रे पट्टीको करङलाई छेडी फोक्सोको तल्लो भागमा चोट पु¥याएको थियो । मुटुको पेरिकार्डियममा समेत चोट पु¥याएको पाइएको प्रतिष्ठानले जनाएको छ । शल्यक्रियाबाट रड निकालिनुका साथै फोक्सो र मुटुमा लागेको चोटको पनि उपचार गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार त्यसपछि कोभिड अस्पतालको आइसियुमा भर्ना गरी उनको बाँकी उपचार गरिएको थियो । जेठ २२ गते उनी डिस्चार्ज भएका थिए ।
Banner
आजदेखि फेरि हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना
हिजो सफा रहेको मौसम आजदेखि फेरि बदली हुने भएको छ । आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरु, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरु तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग लगायत सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रिमनसुनको योबेला दिउँसोपछि हावाहुरीसमेत चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । भोलि र पर्सि पनि धेरै ठाउँमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।
जलवायुविज्ञ उज्जवल उपाध्यायले भोलि बेलुकीदेखि पर्सि बिहानसम्म पहाडीमार्गमा यात्रा नगर्न, पूर्वाधार निर्माण तथा उच्चहिमाली भूभागमा पदयात्रा स्थगन गर्न सुझाव दिनुभएको छ ।
Banner
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।
उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।
Banner
समानुपातिक सांसदहरुले विहीबार प्रमाणपत्र पाउने, सपथ चैत १२ मा हुने
प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाहरुले भोलि बिहीबार निर्वाचन आयोगमामार्फत प्रमाणपत्र पाउने भएका छन् । आयोगले बिहीबार समानुपातिकतर्फका कुल ११० सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि आगामी चैत्र १२ गते सपथको तयारी गरिएको हो । त्यसपछि मात्र सरकार गठन हुनेछ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: बीपी प्रतिष्ठानमा कोरोना महामारीबीचमा २० जना संक्रमितको जटिल शल्यक्रिया - निष्पक्षखबर