अपराध
ब्राउन सुगरसहित एक जना पक्राउ

इनरुवाः सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–८ भान्टाबारीका ४० वर्षीय शम्भु कबिरथ रहेका छन् ।
उनलाई विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनको साथबाट ९ ग्राम ५ सय ४० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । उनीउपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Facebook Comment
Banner
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ ।
विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले बन्द गर्ने निर्णय गरेको हो ।
एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । तर ट्रम्प प्रशासनको खर्च कटौती नीति अन्तर्गत एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने छ ।
अमेरिकी सरकारको डज विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख रहेको सीएनएनले जनाएको छ ।
Banner
पूर्वाञ्चल विश्वविद्यालय बन्द निषेधित क्षेत्र घोषणा गर्न सबै दल तयार,

गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा कुनै पनि बहानामा बन्द हुन नदिन सुन्दरहरैंचाका राजनीतिक दलहरू सहमत भएका छन् । विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाउँदै आज सर्वदलीय प्रतिबद्धतासहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई बुझाइएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई ज्ञापनपत्र बुझाउँदै एम.बि.बि.एस. कार्यक्रम सञ्चालनको तयारी, गोठगाउँ परिसरको प्रभावकारी प्रयोग, ८०५ विघा विश्वविद्यालयको भोगाधिकार प्राप्त जमिनको समुचित विकास लगायतका सुझावहरू राखिएको छ ।
ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमुख बुँदाहरूमा विश्वविद्यालयको आफ्नै मेडिकल कलेज स्थापनासँगै एम.बि.बि.एस. कार्यक्रम शुरु गर्नका लागि स्पष्ट कार्ययोजना माग गरिएको छ । साथै विश्वविद्यालय परिसरको शैक्षिक, प्राज्ञिक र भौतिक संरचनालाई दीर्घकालीन दृष्टिकोणमा प्रयोग गर्न, केन्द्रीय कार्यालयहरू स्थायी रूपमा गोठगाउँमा स्थानान्तरण गर्न र संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरण गर्न माग गरिएको छ ।
स्थानीय स्तरमा शैक्षिक वातावरण प्रवद्र्धन गर्न र विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन पूर्वाधार विकासका साथै शान्ति क्षेत्र घोषणा समेत गर्न आग्रह गरिएको छ ।
सर्वदलीय ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी, जसपा लगायत दलका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ । कार्यक्रमको संयोजन नेपाली कांग्रेस सुन्दरहरैँचाका सभापति भक्तिप्रसाद सिटौलाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सुन्दरहरैंचाका सचिव होमनाथ पोखरेलले गर्नुभएको थियो ।
ज्ञापनपत्र बुझाएपछि स्वतन्त्र नागरिक समाजका साथै विभिन्न दलका प्रतिनिधिले आफ्नो भनाइ राख्नुभएको थियो ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले आफूले हालसम्म गरेका र आगामी दिनमा गर्ने कार्यको बारेमा जानकारी गराउनुका साथै ज्ञापनपत्रमा समेटिएका बुँदा कार्यान्वयन गर्न विश्वविद्यालय तयार रहेको बताउनुभएको थियो ।
Banner
बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् ।
स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन्
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login