विराटचोकः नेपाली शेयर बजार सूचक नेप्से आज ४२.७२ अंकले बढेर ३०२५.८३ को बिन्दुमा बन्द हुँदा आइतबार नेप्सेले बनाएको अलटाइम हाई रेकर्ड ब्रेक भएको हो । हिजो नेप्से २९८३.११ मा अडिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि १०.६० अंकले बढेर ५५०.०२ मा अडिएको छ ।
नेप्सेमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ । आज होटल तथा पर्यटन समूह सर्वाधिक ४.२५ प्रतिशतले उकालो लागेको छ । लगानी समूह ३.३४ र बैंकिङ समूह २.७२ प्रतिशतले उकालो लागेको छ ।
विकास बैंक समूह सर्वाधिक १.११ प्रतिशतले ओरालो लाग्दा अन्य समूह ०.५४ प्रतिशत र लघुवित्त समूह ०.४८ प्रतिशतले घटेका छन् ।
नेप्सेमा सूचीकृतमध्ये २ सय २१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता शेयर १ लाख ७५ हजार ४ सय ११ पटक किनबेच हुँदा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५ सय १८ रुपैयाँको शेयर किनबेच भएको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ६२ करोड ५९ लाख ९३ हजार ९ सय १७ रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर, हिमालयन डिस्टिलरी, नेपाल पुनर्बीमा कम्पनी, लुम्बिनी विकास बैंक अरुण काबेली पावर, नेसनल हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको उच्च कारोबार भएको छ ।
१२ वटा कम्पनीको १० प्रतिशतले शेयर मूल्य बढेको बजारमा नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरलगायतको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
माउन्टेन हाइड्रोका शेयरधनीले सबैभन्दा धरै ५ प्रतिशतले सम्पत्ति गुमाउँदा अरुण भ्याली हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, गुडविल फाइनान्स, ग्रीनलाइफ हाइड्रोपावरलगायतका कम्पनी शेयरमूल्य उच्च घट्ने कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब, १६ लाख १६ हजार १६ रुपैयाँ कायम भएको छ ।
You must be logged in to post a comment Login