विश्व
मोन्टेनेग्रोसहित ९५ देशमा १ लाखभन्दा बढी जनसंख्यामा कोरोना संक्रमण

विराटचोकः गत २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मोन्टेनेग्रोमा कोरोना संक्रमितको संख्या १ लाख १ जना पुगेको छ । कोरोना संक्रमितको संख्याको आधारमा मेन्टेनेग्रो ९५ औँ स्थानमा रहेको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार थप १ जनाको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३ जना पुगेको छ । थप ३८ जना निको भएसँगै निको हुनेको संख्या ९८ हजार १८ जना पुगेको छ ।
३ सय ८० जना उपचाररत् रहेका छन् । तीमध्ये ६० जनाको स्वास्थ्य अवस्था गम्भीर छ । मोन्टेनेग्रोको जनसंख्या ६ लाखभन्दा केही बढी छ ।
Facebook Comment
Banner
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने भएको छ ।
सहकारीको रकम अपचलन प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
आज अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा गरी उनलाई थुनामा पठाइने प्रहरीले जानकारी दिएको छ । उनलाई भैरहवा कारागार लगिने प्रहरीको तयारी छ ।
Banner
जनमत–नागरिक उन्मुक्ति एकता : सीके राउत कार्यकारी अध्यक्ष, पहिलो वरीयतामा रेशम चौधरी

जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकार सहितको अध्यक्ष हुने सहमति टुंगो लागेको छ ।
एकीकृत दलमा दुई अध्यक्ष हुने र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमतिन्मुख छलफल भएको छ । पार्टीको वरियतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । वरियतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका छ जना वीचमा छलफल भएको छ । १५ बैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।
Banner
काठमाडौं विश्वकै प्रदूषित र ब्राजिलको साओ पाउलो विश्वकै सफा सहर

काठमाडौँ — देशको राजधानी एक सातादेखि विश्वकै प्रदूषित सहर बनेको छ । आइतबार काठमाडौंको वायु गुणस्तर १७० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेसँगै विश्वकै प्रदूषित सहर बनेको हो । एकातिर काठमाडौं विश्वकै प्रदूषित सहर बनिरहँदा भने ब्राजिलको साओ पाउलो सहर भने विश्वकै सफा सहर बनेको छ । साओ पाउलोको एक्यूआई ७ रहेको छ । आगलागी, धुलो र गाडीबाट निस्कने धूवाँका कारण काठमाडौंको हावा सातादिन यता प्रदूषित बनेको छ । काठमाडौंको वायुले खतरनाक तह पार गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्राय र काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login