Connect with us
Advertisement

कांग्रेसमा क्रियाशील सदस्यता छानबिन शुरु

Published

on

काठमाडौंः भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने निर्णय भएपछि नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नामावली प्रकाशन भएपछि सो क्रियाशील सदस्यतामाथि छानबिन शुरु गर्ने भएको छ ।

असार मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउनुपर्ने समयसीमा छ । पार्टीको स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्म चयन प्रक्रिया शुरु गर्नुअघि क्रियाशील सदस्यता टुंग्याउनुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।

१३ औं महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा यसपटक दोब्बर बनाइएको छ । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक कांग्रेससँग एकीकरण भएको थियो भने सुनिल थापाको नेतृत्वमा राप्रपाका नेताहरु कांग्रेस प्रवेश गरेका थिए । अखण्ड नेपाल लगायत विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताहरु कांग्रेस प्रवेश गरेका थिए । उनीहरुलाई पनि क्रियाशील सदस्यता दिनुपरेकाले धेरै क्रियाशील सदस्य थपिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले १० लाख बढी क्रियाशील सदस्यको सदस्यताको टुंगो लगाउनुपर्ने भएको छ । सदस्यता छानबिनलाई सहज बनाउन छानबिन समितिले मापदण्ड बनाउने भएको छ ।

क्रियाशील सदस्यताबारे प्रदेश एक, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णालीमा विवाद कम देखिए पनि प्रदेश दुई, लुम्बिनी प्रदेश र सुदूरपश्चिममा विवाद रहेको जनाइएको छ ।

‘प्रदेश दुईका आठ जिल्लामध्ये सात जिल्लामा बढी विवाद छ । महोत्तरी जिल्लामा विवाद कम छ,’ ती सदस्यले भने । प्रदेश दुईमा कांग्रेस उपसभापति विमलेन्द्र निधिको बढी चासो देखिन्छ ।

‘हामी तोकिएको समयमै सक्ने गरी काम गर्छाैं, कतिपय ठाउँमा समितिले टुंगो लगाउन सकेन भने राजनीतिक निर्णय हुन्छ,’ सदस्य गुरुङले भने, ‘त्यो भनेको पार्टीका शीर्ष नेताहरुले वैधानिक रुपमा कुनै निर्णय गर्नुहुन्छ ।’ उनी समितिकै कारण महाधिवेशन अनिश्चित नबन्ने दाबी गर्छन् ।

कांग्रेसले सार्वजनिक गर्याे थप ३३ जिल्लाका क्रियाशील सदस्यको नाम

कांग्रेसका थप क्रियाशील सदस्यको नाम सार्वजनिक

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एमालेमा उम्मेदवारी शुल्क : अध्यक्षलाई १५ हजार, केन्द्रीय सदस्यलाई ५ हजार

Published

on

नेकपा एमालेमा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ, जसमा अध्यक्षका लागि १५ हजार, अरु पदाधिकारीका लागि १० हजार र केन्द्रीय सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ ।

सबै पदको फारमका लागि १ सय रुपैयाँ तोकिएको छ । आजै उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बिहान ११ बजेबाट नेतृत्व चयनका लागि मतदान हुँदै छ ।

Continue Reading

Banner

साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि एपीएफ र इस्ट बङ्गाल खेल्ने

Published

on

साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि नेपालको लिग विजेता एपीएफ क्लब र भारतको लिग विजेता इस्ट बङ्गाल एफसी खेल्ने भएका छन् । लिग चरणका दुई खेल बाँकी छँदै एपीएफ र इस्ट बङ्गाल उपाधिका लागि खेल्ने भएका हुन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको पहिलो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलले हरायो । यस्तै हिजै बेलुका भएको दोश्रो खेलमा इस्ट बङ्गालले बङ्गलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० गोलले हरायो ।

लगातार ३ खेलमा अपराजित इस्ट बङ्गाल ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा २ जीत र १ बराबरीसहित एपीएफ ७ अङ्क जोड्दै दोश्रो स्थानमा छ । एपीएफले पहिलो खेलमा बङ्गलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

एपीएफले लिग चरणको अन्तिम खेलमा इस्ट बङ्गाल एफसीसँग पर्सि बुधवार खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा ५ सदस्य राष्ट्रको लिग विजेता सहभागी छन् । सिङ्गल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।

Continue Reading

Banner

सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण

Published

on

जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी   मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।

आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।

सहयोगी   मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक