Connect with us
Advertisement

यी हुन् सुन्दरहरैंचा नगरपालिकाको आठौँ नगरसभाबाट स्वीकृत मुख्य योजना तथा कार्यक्रमहरु

Published

on

विराटचोकः रातमा पनि झिलिमिली शहर, सुन्दरहरैँचाबासीको रहर’ नगर प्रमुख उज्यालो कार्यक्रम” अन्तर्गत नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी नगरका सबै वडामा सडक बत्ती जडान गरिने,

यस नगरपालिका क्षेत्रभित्र रही पत्रकारिता गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुको ५ लाख रुपैयाँको दुर्घटना बीमा तथा अक्षयकोष निर्माण गर्ने,

सुन्दरहरैँचा नगरपालिका वडा नं. ५ मा निर्माणाधीन सुविधासम्पन्न इलेक्ट्रिक शवदाह स्थल र पार्क निर्माण गरिने, सुन्दरहरैँचा नगरपालिकाको

वडा नं. १, ११ र १२ को उपयुक्त स्थानमा समेत सुविधासम्पन्न शवदाह स्थल निर्माण गरिने,

गछियामा नगरको गौरवको योजनाको रुपमा कोल्ड स्टोर निर्माण गरिने,

वडा नं. ५ मा अवस्थित नयाँ वृन्दावन गौशाला धार्मिक पर्यटकीय क्षेत्रलाई नेपालकै नमूना धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि

विश्वकै अग्लो गाईको मूर्ति निर्माण कार्यलाई निरन्तरता दिइने,

घरै बसी कमाइन्छ नोट, करेसाबारीमा रोपौँ कागती र खोर्सानीेको बोट नारालाई अघि सारी करेसाबारीमा तरकारी उत्पादन गर्न लगाइने,

कृषि पेशाको सम्मान, कृषकलाई अनुदानै अनुदान (पावर टिलर, मिक्क एनलाईजर, चिलिमे भ्याट मेसिन, काउ म्याट वितरण गरिने,

उप–प्रमुख आत्मनिर्भर कार्यक्रमअन्तर्गत कृषि पेशालाई सामाजिक प्रतिष्ठासहित आत्मनिर्भर पेशाको रुपमा स्थापित गर्दै उपयुक्त खेती गर्ने क्षेत्र पहिचानका लागि निःशुल्क माटो परीक्षणका लागि आ.ब. २०७८\०७९ देखि माटो परीक्षण प्रयोगशालाको स्थापना र सञ्चालन गरिने,

“हाम्रो भविष्यको पहिचान र आधार, बालबालिकाको अधिकारसहितको समग्र विकास” नारालाई आत्मसात गरी बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने,

विपन्न, सीमान्तकृत वर्गका नगरवासीलाई स्वास्थ्य बीमा गर्न प्रेरित गर्ने, स्वास्थ्य बीमाको लागि २ हजार ५ सय रुपैयाँ नगरपालिकाले योगदान गर्ने,

मेयरकप फुटबल प्रतियोगिता र उपमेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने,

सुकुनामा एमफिल कार्यक्रम सञ्चालन गरिने,

नगरपालिकाको सम्पूर्ण कर प्रशासनलाई ईपेमेण्ट प्रणालीमा लगिने,

सलकपुरमा नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण गरिने,

महिलाको रोगसँग उप(प्रमुख कार्यक्रम अन्तर्गत महिलाहरुको पाठेघरको मुखको क्यान्सर, आङ खस्ने र फिस्टुलाको समस्या बढ्दो रुपमा देखिएकाले सो सम्बन्धी विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने,

बुधबारेमा कृषि प्रयोजनका लागि नगर विकास कोष सँग सहकार्य गरी बहु–उपयोगी कृषि भवनको शिलान्यास तथा निर्माण गरिने,

विद्यार्थीसँग नगर(प्रमुख कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयबाट एसईई पास गरेका विद्यार्थीहरुलाई सामुदायिक र सुकुना बहुमुखी क्याम्पसमा कक्षा ११ को निःशुल्क भर्ना नगरपालिकाले गराउने,

सामाजिक सुरक्षा भत्तामा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाले थप रु १००० घरघरमा गएर दिने,

फरक क्षमता भएका व्यक्तिहरुसँग उप–प्रमुख कार्यक्रम सञ्चालन गरिने,

सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० मा अवस्थित ईन्द्रपुर खेल मैदानमा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान निर्माण गरिने,

सुन्दरहरैँचा–१ मा अवस्थित प्राथमिक स्वास्थ्य चौकी हरैँचामा कोभिड अस्पताल सञ्चालन गरिने,

यसै आर्थिक वर्षमा ७ करोडको लगानीमा हसिना सिमसारमा पूर्वाधार निर्माण गरिने,

बाघझोडा सिमसार पर्यटकीय क्षेत्रमा नगर गौरवको योजना सञ्चालन गरिने,

नगरका भौगोलिक, आर्थिक, शैक्षिकजस्ता सबै पक्षहरुलाई समेटिने गरी डिजिटल प्रोफाइल निर्माण गर्ने,

७० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने,

जग्गा प्लानिङ गर्दा नगरपालिकासँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिने,

सीमान्तकृत÷दलितका ५ जना छोरी जो प्राविधिक शिक्षा पढ्न इच्छुक रहन्छन् त्यस्ता छोरीहरुलाई नगरपालिकाले निःशुल्क रुपमा प्राविधिक शिक्षा पठनपाठन गराउने,

एक कृषक एक अनुदानको कार्यक्रम सञ्चालन गरिने,

पाँच पशु एक अनुदानको नीति अघि सारिने,

बालबालिकालाई संस्कार र सभ्यताको शिक्षा दिइने,

पूर्वाञ्चल विश्वविद्यालयलाई एम्बुलेन्स खरिद गरेर दिइने,

सुकुना मावि, साजीलाल मावि र सुकुना बहुुमुखी क्याम्पसलाई एक एक वटा बस खरीद गरी हस्तान्तरण गरिने,

प्राविधिक शिक्षा पठनपाठन गर्ने विद्यार्थीहरुका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानमा रिभवलिङ फण्डको व्यवस्था गरिने,

नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण भजन कीर्तन समूहहरुलाई निःशुल्क रुपमा वाद्यवादन सामग्री प्रदान गरिने,

शहरी शासकीय पूर्वाधार कार्यक्रमअन्तर्गत रु ७२ करोड रुपैयाँअन्तर्गत नगरका मुख्य ठूला योजनामा लगानी गर्ने,

सुन्दरहरैँचा नगरपालिका स्थायी ठेगाना भई कर्मथलो काठमाडौँ बनाई काठमाडौंमा नै बस्ने नगरवासीहरुलाई समेटी सुन्दरहरैँचा–काठमाडौं समाजसँग विभिन्न राय, सुझाव तथा सल्लाह लिने,

बालविकासका सहजकर्ताहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नगरपालिकाको तर्फबाट उपलब्ध गराउने,

इन्द्रपुर स्वास्थ्य चौकीमा ट्रमा सेन्टर निर्माण गर्ने,

वडा कार्यालय भवन नभएका वडाहरुमा जग्गा प्राप्ति गरी वडा कार्यालय भवन निर्माण गर्ने,

विराटचोकमा रहेको करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयको रुपमा स्तरोन्नति गर्नका लागि सम्बन्धित निकायसँग माग गर्ने,

सुन्दरहरैंचामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सम्बन्धित निकायसँग माग गर्ने,

नगरपालिका तथा वडाको नागरिकस्तरबाट परीक्षण गर्न नगरस्तरीय तथा वडास्तरीय सार्वजनिक सुनुवाइ गर्ने,

नगरको डिजिटल प्रोफाइल निर्माण गरिने ।

 

सुन्दरहरैंचाको बजेट २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय, वडा नम्बर ७ र १० सम्मानित

Continue Reading

Facebook Comment

1 Comment

Banner

जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा

Published

on

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।

सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।

जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।

Continue Reading

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक