Connect with us
Advertisement

विराटनगरको बजेट ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँ

Published

on

विराटनगरः विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सो बजेटमध्ये चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ र पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । चालुतर्फ ११ प्रतिशत र र पूँजीगततर्फ ८९ प्रतिशत बजेट प्रस्तुत गरेको महानगरले वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

त्यस्तै, महानगरपालिकाले वीरेन्द्र सभागृह मर्मतका लागि १९ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा सभागृह रिनोभेट गर्नका लागि महानगरपालिकाले १९ करोड बजेट विनियोजन गरेको हो । बिहीबार महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमा सभागृहका लागि १९ करोड बजेट विनियोजन भएको बताइन् ।

महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जग्गा खरिद गर्नका लागि पनि बजेट विनियोजन गरेको छ । ल्यान्डफिल्ड साइटका लागि महानगरपालिकाले १० करोड बजेट विनियोजन गरेको छ ।

विराट राजाको दरबारको विकासका लागि ५ करोड, विराटनगर–१९ मा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माणका लागि जग्गा खरिद गर्न ५ करोड बजेट विनियोजन गरेको छ । विराटनगरको हिमालय रोडको ब्युटिफिकेशनका लागि बजेट विनियोजन गरेको महानगरपालिकाले महानगर आवास योजनाका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको छ । फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, ४ वटा आकाशे पुल निर्माणका लागि २ करोड ४५ लाख प्रधानमन्त्री पार्क निर्माणका लागि ५ करोड बजेट विनियोजन गरेको छ । सन्ध्याकालीन आरती निर्माणका लागि २ करोड र अन्य नगरस्तरीय योजनाहरूका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको कार्कीले बताइन् ।

शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदका लागि १ करोड ६१ लाख, स्वास्थ्य सेवातर्फ १८ करोड १ लाख २८ हजार, विपद व्यवस्थापनका लागि ३ करोड विनियोजन गरेको महानगरपालिकाले क्रमागत योजना भुक्तानीका लागि २५ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सुन्दरहरैंचाको बजेट २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय, वडा नम्बर ७ र १० सम्मानित

बेलबारी नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७० लाख

Continue Reading

Facebook Comment

1 Comment

1 Comment

  1. Pingback: लेटाङको बजेट ९० करोड ८६ लाख २७ हजार - निष्पक्षखबर

You must be logged in to post a comment Login

Leave a Reply

Banner

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि

Published

on

गत मंगलबार झापाकाे चारकाेसे क्षेत्रमा मृत भेटिएकाे हात्तीलाई तिन राउन्ड गाेली हानेर मारेकाे पुस्टी भएकाे छ ।   मेचीनगर नगरपालिका वडा नं. ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्छ । कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ, उहाँले भन्नुभयो । तीन राउन्ड गोली हानेर हात्ती मारेको पाइएको उहाँले जनाउनु भएको छ ।

हात्तीको शरीरबाट गोली निकाल्न नसकिएको पनि उहाँले जानकारी दिनुभयो । धेरै भित्र गोली पसेकाले झिक्न सकिएन, राईले भन्नभयो । कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन, उहाँले जानकारी दिनुभयो । हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।

Continue Reading

Banner

लिभरपुल युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरियो

Published

on

 युरोपा लिग फुटबलमा लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिएको छ।

गएराति दोस्रो लेगमा एटलान्टालाई १–० ले हराए पनि लिभरपुलले सेमिफाइनलमा प्रवेश गर्न सकेन। लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे।

जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो। गएराति नै भएका अन्य खेलमा मार्से, रोमा र लेभरकुजनले पनि अन्तिम चारमा स्थान बनाए। मार्सेले बेनफिकालाई १–० ले हराएपछि २–२ को बराबरीमा रह्यो र टाइब्रेरमा ४–२ ले विजयी रह्यो।

रोमाले एसी मिलानलाई २–१ ले हराएर समग्रमा ३–१ को जित निकालयो। यस्तै लेभरकुजनले वेस्ट ह्यामलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–१ को जित दर्ता गर्‍यो।

Continue Reading

Banner

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटियो

Published

on

सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए। शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो ।

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक