Connect with us
Advertisement

विराटनगरको बजेट ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँ

Published

on

विराटनगरः विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सो बजेटमध्ये चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ र पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । चालुतर्फ ११ प्रतिशत र र पूँजीगततर्फ ८९ प्रतिशत बजेट प्रस्तुत गरेको महानगरले वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

त्यस्तै, महानगरपालिकाले वीरेन्द्र सभागृह मर्मतका लागि १९ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा सभागृह रिनोभेट गर्नका लागि महानगरपालिकाले १९ करोड बजेट विनियोजन गरेको हो । बिहीबार महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमा सभागृहका लागि १९ करोड बजेट विनियोजन भएको बताइन् ।

महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जग्गा खरिद गर्नका लागि पनि बजेट विनियोजन गरेको छ । ल्यान्डफिल्ड साइटका लागि महानगरपालिकाले १० करोड बजेट विनियोजन गरेको छ ।

विराट राजाको दरबारको विकासका लागि ५ करोड, विराटनगर–१९ मा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माणका लागि जग्गा खरिद गर्न ५ करोड बजेट विनियोजन गरेको छ । विराटनगरको हिमालय रोडको ब्युटिफिकेशनका लागि बजेट विनियोजन गरेको महानगरपालिकाले महानगर आवास योजनाका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको छ । फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, ४ वटा आकाशे पुल निर्माणका लागि २ करोड ४५ लाख प्रधानमन्त्री पार्क निर्माणका लागि ५ करोड बजेट विनियोजन गरेको छ । सन्ध्याकालीन आरती निर्माणका लागि २ करोड र अन्य नगरस्तरीय योजनाहरूका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको कार्कीले बताइन् ।

शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदका लागि १ करोड ६१ लाख, स्वास्थ्य सेवातर्फ १८ करोड १ लाख २८ हजार, विपद व्यवस्थापनका लागि ३ करोड विनियोजन गरेको महानगरपालिकाले क्रमागत योजना भुक्तानीका लागि २५ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सुन्दरहरैंचाको बजेट २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय, वडा नम्बर ७ र १० सम्मानित

बेलबारी नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७० लाख

Continue Reading

Facebook Comment

1 Comment

1 Comment

  1. Pingback: लेटाङको बजेट ९० करोड ८६ लाख २७ हजार - निष्पक्षखबर

You must be logged in to post a comment Login

Leave a Reply

Banner

फिफाले गर्‍यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा

Published

on

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।

निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।

साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।

Continue Reading

Banner

रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने

Published

on

रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।

Continue Reading

Banner

उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल,

Published

on

पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह ‘के’ को शीर्षस्थानमा उक्लिएको छ ।

मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्‍यो ।

पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।

यद्यपि, रोनाल्डो लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गर्ने खेलाडी बने । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक