Connect with us
Advertisement

३ थान भरुवा बन्दुकसहित ३ जना पक्राउ

Published

on

वसन्तपुर: तेह्रथुमको लालीगुराँस–१ भुल्केबाट ३ थान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ बर्षीय रामबहादुर गुरुङ रहेका छन् ।

हिजो दिउँसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्नासाथ भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय वसन्तपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Published

on

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।

आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।

उनी गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन्  ।

कास्की क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी थिइन् । शिक्षामन्त्री बन्नुअघि उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यको रूपमा सक्रिय थिइन् ।

उनका श्रीमान (तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री) रवीन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि भट्टराईले उपप्राध्यापकबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी राजनीतिमा सक्रिय भएकी हुन् ।

२०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्कीबाट निर्वाचित भएर पहिलो पटक संसद् छिरेकी थिइन् । त्यसपछि २०७९ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएकी थिइन् ।

 

Continue Reading

Banner

सप्तकोशी नदीमा बेपत्ता दुई जनाको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

Published

on

सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१, बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी नगरपालिका–१६ का १६ वर्षीय जेनिश आचार्य सोमबार बिहान बेपत्ता भएका हुन् । उनीहरूको खोजी गर्न नदीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

घटनालगत्तै उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षाबेस चतराबाट खटिएको टोलीले फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पाँच जनाको गोताखोरसहितको सुरक्षा फौज परिचालन गरिएको हो । गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजी सुरु गरेको डीएसपी थापाले बताए ।

Continue Reading

Banner

तरहरा राष्ट्रिय कविता प्रतियोगिताको पुरस्कार राशि १ लाख ७० हजार, प्रमुख अतिथि तुलसी दिवस

Published

on

८ वैशाख, काठमाडौं । सुनसरीको तरहरामा हुन लागेको राष्ट्रिय कविता प्रतियोगिता पुरस्कार वितरण समारोहको पमुख अतिथि अग्रज कवि एवं वरिष्ठ संस्कृतिविद् तुलसी दिवस हुने भएका छन् ।

यही वैशाख १२ गते शुक्रबार हुन लागेको प्रतियोगिताको समापन समारोहमा वरिष्ठ कवि तुलसी दिवसलाई निम्त्याइएको आयोजक संस्था श्री जनसहयोग २०५० समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

कवि नारायण पौडेलको स्मृतिमा आयोजित तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ मा कृति विमोचन एवं सम्मानका कार्यक्रम समेत रहेको कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।

समूहका अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१,१०० रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी द्वितीय हुनेलाई ४१,१००, तृतीयलाई ३१,१०० र प्रोत्साहन पुरस्कार दुई जनालाई ११,१०० प्रदान गरिनेछ । छनोट भएका मध्ये अन्य पाँच जनालाई नगद ५,१०० रुपैयाँ पुरस्कार दिइने अध्यक्ष श्रेष्ठले बताए ।

कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक