शेयर
गत आर्थिक वर्षमा १८ कम्पनीले निकाले १४ दशमलव ३४ अर्ब बराबरको आईपीओ
विराटचोकः गत आर्थिक वर्षमा १८ कम्पनीले १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १ सय रुपैयाँको प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा जारी गरेका छन् । नेपाल धितोपत्र बोर्डको विवरणअनुसार चालु आर्थिक वर्षको अन्तिम आईपीओ युनियन लाइफ इन्स्योरेन्स कम्पनीले निकालेको छ । सो कम्पनीले रु ६४ करोड ५० लाखबराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर खुलाएको हो । सो शेयर असार ३१ गते बाँडफाँड भइसकेको छ ।
बोर्डका अनुसार २०७७ असारमा १७ लाखको हाराहारीमा रहेको हितग्राही खाता (डिम्याट) को संख्या शतप्रतिशतले वृद्धि भई ३५ लाख नाघेको छ । ७ लाखको हाराहारीमा रहेको मेरो शेयरको खाताको संख्या पनि १ वर्षको अवधिमा साढे तीन गुणाले बढेर २६ लाख पुगेको छ । १ वर्षअघि ५ लाख जनाले आईपीओ भर्ने गरेकोमा हाल २१ लाखले भर्ने गरेका छन् ।
पछिल्लो रेकर्डअनुसार गत आर्थिक वर्षमा सबभन्दा पछि असार २४ गतेदेखि आईपीओ निकालेको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा सबैभन्दा धेरै आवेदकले आवेदन दिएका थिए । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २१ लाख ५० हजार ४ सय ७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८ सय ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।
त्यसअघि जीवन विकास लघुवित्तको साधारण सेयरमा २० लाख ८४ हजार ७ सय ६२ जनाले आवेदन दिएका छन् । त्यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयरमा १८ लाख ४२ हजार ४ सय ८० ले आवेदन दिएको रेकर्ड थियो । ज्योति लाइफको रेकर्ड जीवन विकास लघुवित्तले तोडेको थियो ।
उता, धितोपत्र बजारमा अनलाइन कारोबारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजर आइडी लिएपछि ६ लाख ६० हजारको संख्यामा अनलाइनमार्फत् शेयर किनबेच गर्नेको संख्या पुगेको छ । दैनिक ६ लाख बढीले कारोबार गर्ने गरेका छन् ।
चालु आर्थिक वर्षमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रु ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्री गरेको थियो । समाज लघुवित्तले रु ८६ लाख बराबरको ८ लाख ६० हजार कित्ता आईपीओ बेचेको थियो । सिङ्गटी हाइड्रोपावरले रु ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ बेचेको थियो ।
त्यस्तै, ग्रीन लाइफ हाइड्रोपावरले रु ३४ करोड ९६ लाख ४० हजार रुपैयाँको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयरको लागि आईपीओ जारी गरेको थियो । रुरु जलविद्युत परियोजनाले २० रुपैयाँ प्रिमियम जोडेर १ सय २० रुपैयाँ प्रति कित्ताका दरले ८ करोड १५ लाख ४१ हजार १ सय रुपैयाँ बराबरको आठ लाख १५ हजार ४ सय ११ कित्ता शेयरका लागि आईपीओ जारी गरेको थियो ।
सिईडीबी हाइड्रोपावर कम्पनीले पनि बैशाख महिनामा साधारण शेयर बिक्री गरेको थियो ।
एनआरएनए इन्फ्रास्ट्रक्चर बैंक, लिबर्टी इनर्जी, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, माउण्टेन इनर्जी, युनाइटेड इदीमार्दी हाइड्रो, प्रभु लाइफ इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, महिला लघुवित्त, जीवन विकास लघुवित्त, स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षमा प्राथमिक शेयर निस्कासन गरेका थिए ।
चालु आर्थिक वर्षमा आईपीओ बिक्री गरेका कम्पनीमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा धेरै ८ अर्ब बराबरको साधारण शेयर बिक्री गरेको थियो । सो कम्पनीको आईपीओ ५० कित्तासम्म माग गर्ने जति सबैलाई मागबराबरकै आईपीओ परेको थियो । ६० कित्ताभन्दा बढी माग गर्नेमध्ये केहीलाई ६० कित्ताका दरले शेयर परेको थियो ।
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login