Connect with us
Advertisement

गत आर्थिक वर्षमा १८ कम्पनीले निकाले १४ दशमलव ३४ अर्ब बराबरको आईपीओ

Published

on

विराटचोकः गत आर्थिक वर्षमा १८ कम्पनीले १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १ सय रुपैयाँको प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा जारी गरेका छन् । नेपाल धितोपत्र बोर्डको विवरणअनुसार चालु आर्थिक वर्षको अन्तिम आईपीओ युनियन लाइफ इन्स्योरेन्स कम्पनीले निकालेको छ । सो कम्पनीले रु ६४ करोड ५० लाखबराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर खुलाएको हो । सो शेयर असार ३१ गते बाँडफाँड भइसकेको छ ।

बोर्डका अनुसार २०७७ असारमा १७ लाखको हाराहारीमा रहेको हितग्राही खाता (डिम्याट) को संख्या शतप्रतिशतले वृद्धि भई ३५ लाख नाघेको छ । ७ लाखको हाराहारीमा रहेको मेरो शेयरको खाताको संख्या पनि १ वर्षको अवधिमा साढे तीन गुणाले बढेर २६ लाख पुगेको छ । १ वर्षअघि ५ लाख जनाले आईपीओ भर्ने गरेकोमा हाल २१ लाखले भर्ने गरेका छन् ।

पछिल्लो रेकर्डअनुसार गत आर्थिक वर्षमा सबभन्दा पछि असार २४ गतेदेखि आईपीओ निकालेको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा सबैभन्दा धेरै आवेदकले आवेदन दिएका थिए । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २१ लाख ५० हजार ४ सय ७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८ सय ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।

त्यसअघि जीवन विकास लघुवित्तको साधारण सेयरमा २० लाख ८४ हजार ७ सय ६२ जनाले आवेदन दिएका छन् । त्यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयरमा १८ लाख ४२ हजार ४ सय ८० ले आवेदन दिएको रेकर्ड थियो । ज्योति लाइफको रेकर्ड जीवन विकास लघुवित्तले तोडेको थियो ।

उता, धितोपत्र बजारमा अनलाइन कारोबारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजर आइडी लिएपछि ६ लाख ६० हजारको संख्यामा अनलाइनमार्फत् शेयर किनबेच गर्नेको संख्या पुगेको छ । दैनिक ६ लाख बढीले कारोबार गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रु ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्री गरेको थियो । समाज लघुवित्तले रु ८६ लाख बराबरको ८ लाख ६० हजार कित्ता आईपीओ बेचेको थियो । सिङ्गटी हाइड्रोपावरले रु ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ बेचेको थियो ।

त्यस्तै, ग्रीन लाइफ हाइड्रोपावरले रु ३४ करोड ९६ लाख ४० हजार रुपैयाँको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयरको लागि आईपीओ जारी गरेको थियो । रुरु जलविद्युत परियोजनाले २० रुपैयाँ प्रिमियम जोडेर १ सय २० रुपैयाँ प्रति कित्ताका दरले ८ करोड १५ लाख ४१ हजार १ सय रुपैयाँ बराबरको आठ लाख १५ हजार ४ सय ११ कित्ता शेयरका लागि आईपीओ जारी गरेको थियो ।

सिईडीबी हाइड्रोपावर कम्पनीले पनि बैशाख महिनामा साधारण शेयर बिक्री गरेको थियो ।

एनआरएनए इन्फ्रास्ट्रक्चर बैंक, लिबर्टी इनर्जी, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, माउण्टेन इनर्जी, युनाइटेड इदीमार्दी हाइड्रो, प्रभु लाइफ इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, महिला लघुवित्त, जीवन विकास लघुवित्त, स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षमा प्राथमिक शेयर निस्कासन गरेका थिए ।

चालु आर्थिक वर्षमा आईपीओ बिक्री गरेका कम्पनीमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा धेरै ८ अर्ब बराबरको साधारण शेयर बिक्री गरेको थियो । सो कम्पनीको आईपीओ ५० कित्तासम्म माग गर्ने जति सबैलाई मागबराबरकै आईपीओ परेको थियो । ६० कित्ताभन्दा बढी माग गर्नेमध्ये केहीलाई ६० कित्ताका दरले शेयर परेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक