Connect with us
Advertisement

खुकुरी प्रहार गरी साथीको हत्या गर्ने पक्राउ

Published

on

खाँदबारीः संखुवासभाको खाँदबारी नगरपालिका– १ तिलार नयाँबस्तीका २४ वर्षीय मुकेश तामाङ साथीको हत्या आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको चिचिला गाउँपालिका– २ घर भई हाल खाँदबारी–१ तिलार नयाँबस्तीमा दिदीको घरमा बस्दै आएका २६ वर्षीय पेमा शेर्पालाई तामाङले खुकुरी प्रहार गरेका थिए । आज बिहान ९ बजे मृतकको दिदीको घरदेखि अन्दाजी ५ सय मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई तामाङलाई नियन्त्रणमा लिएको थियो ।

बिहान २ बजे आफ्नो घरमा आएका शेर्पालाई पुरानो रिसिईबीको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेशको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भक्तपुर मनोहराको सुकुम्वासी बस्तीका घर टहरा भत्काउन शुरु

Published

on

भक्तपुर मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्तीमा रहेका घर टहरा भत्काउन थालिएको छ । बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्तीमा डोजर चलाइएको हो ।

अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा डोजर लगाएर खाली गर्दैछ । यसअघि केही बासिन्दा आफैँले छाप्रोको छाना र बाँसका संरचना भएका थिए । हिजो बेलुका त्यहाँ तनावको अवस्था सिर्जना भएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित झण्डै दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरी संरचना भत्काउने काम भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीका बासिन्दालाई घर टहरा आफै भत्काउन बिहान ९ बजेसम्मको समय दिइएको थियो । त्यसपछि काठमाण्डौ महानगरपालिकाको डोजरसहितको टोली पुगेपछि घर टहरा भत्काउन थालिएको हो ।

मनोहरा बस्तीमा अनधिकृत ७ सय ७७ घर टहरा रहेको विवरण छ । यसअघि हिजो बेलुका सात वटा ठूला पक्की घर भत्काइएको थियो । त्यस क्रममा अवरोध र ढुङगामुढा हुँदा केही संख्यामा सुरक्षाकर्मी घाइते भएका थिए ।

हिजो बिहान थापाथलीको बाग्मती नदी किनारका तथा दिउँसो शान्तिनगर र गैरिगाउँ क्षेत्रका अनधिकृत संरचना भत्काइएको थियो ।

Continue Reading

Banner

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित

Published

on

नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।

२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।

त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो

Published

on

सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।

सुनको भाउ आज तोलामा २ हजार २००  रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक