Connect with us
Advertisement

इलाममा कार्यरत तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी

Published

on

विराटचोकः जिल्ला प्रहरी कार्यालय इलाममा अपराध अनुसन्धान शाखामा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले हरेक महिना सर्वाेत्कृष्ट प्रहरी घोषित गर्ने गर्छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राख्ने गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चेल्सीले एभर्टनलाई ६ गोलले हरायो

Published

on

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ ।

गए राति घरेलु मैदान स्टामफाेर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६ गोलले हरायाे । चेल्सीका काेले पाल्मरले चार गोल गरे । पाल्मरले खेलको १३ औँ, १८ औँ, २९ औँ र ६४ औँ मिनेटमा गोल गरे । त्यस्तै निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले १/१ गाेल गरे ।

याे जितसँगै चेल्सी तालिकाको ९ औँ स्थानमा यथावत् छ । उसको ३१ खेलमा ४७ अङ्क रहेको छ । एभर्टन ३२ खेलमा २७ अङ्कका साथ १६ औँ स्थानमा छ । प्रिमियर लिगमा ३२ खेलमा ७३ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

Continue Reading

Banner

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

Published

on

जब श्रीमती गर्भवती हुन्छिन्, श्रीमानको भूमिका के हुनसक्छ ? सामान्य लाग्ने यो प्रश्न दाम्पत्य सम्बन्धदेखि सन्तानसुखसम्म जोडिएको छ ।

गर्भवती बेलामा शारीरिक र भावनात्मक उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । त्यसले गर्दा उनीहरुको व्यवहारमा परिवर्तन आउन सक्छ । खानपानको रुचि फेरिन सक्छ । र, धेरै कुरा बद्लिन सक्छ । साथै भावनात्मक रुपमा पनि उनीहरु स्थिर हुँदैनन् । केही डर, केही पीर, केही दुःख, केही उत्साहका कारण उनीहरुको मनोदशा बद्लिरहन्छ ।

यसरी भावनात्मक र शारीरिक रुपमा आउने अनेक उतारचढावमा उनीहरुलाई सम्हाल्न, साथ दिन, शान्त राख्न सबैभन्दा नजिकको साथी हुनसक्छन् श्रीमान् ।

श्रीमानको सामीप्य, साथ, हौसलाले गर्भवती श्रीमतीलाई धेरै सहज हुन्छ । र, यो चरण उनीहरु जति सहज र खुसी हुन्छन्, गर्भको बच्चामा पनि त्यसको सकारात्मक प्रभाव पर्छ । त्यसैले गर्भवती श्रीमतीका लागि श्रीमानले यी भूमिका खेल्न सक्छन् ।

श्रीमतीको मनोबल बढाउने

गर्भवती अवस्थामा श्रीमतीलाई बाहिरी र आन्तरिक समस्या, पीडालाई बुझेर श्रीमानले आत्मबल बढाउने र सकारात्मक कुराहरु गर्नुपर्छ । गर्भावस्थामा केही समस्या जटिलता भएपनि ‘केही हुँदैन म छु’, ‘जस्तो परिस्थितिमा पनि म तिम्रो साथमा छु’ भनी  आत्मबल बढाउने र खुसी राख्ने प्रयास गर्नुपर्छ ।

गर्भावस्थामा श्रीमतीलाई सकेसम्म तनावबाट टाढा राख्ने प्रयास गर्नुपर्छ ।

गर्भावस्थामा महिलाको भावनामा उथलपुथल ल्याउनमा उनको शारीरिक परिवर्तन पनि जिम्मेवार हुन्छ । किनभने यसबेला चायापोतो आउने, मोटोपन बढ्ने, पेटको छालामा धर्सा बस्ने र कसैकसैलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो बेला उनीहरुको आत्मविश्वास कमजोर हुने र आफूले आफैंलाई उमेर गएको महसुस गर्छन् । यस्तो अवस्थामा श्रीमानले श्रीमतीलाई जस्तोसुकै परिस्थितिमा पनि साथ नछोड्ने विश्वास दिलाउन सक्नुपर्छ ।

गर्भावस्थामा महिलामा हार्मोनको परिवर्तनले महिलाको सोच्ने शैली परिवर्तन ल्याउने गर्दछ । यस्तो अवस्थामा महिलाको भावनाहरु बदलिरहने हुन्छ । उनीहरु सानो सानो कुरामा धेरै चिन्तित हुने, तनाव, बेचैनी, डर पैदा हुने, धेरै भावुक हुने अर्थात् रुने गर्छन् । यस्तो अवस्थामा उनीहरुको छिनछिनमा परिवर्तन भएको व्यवहारलाई बुझेर उनीहरुसँग रिसाउने र बाझ्नेभन्दा पनि उनीहरुको भावनालाई बुझेर सम्झाउने वा राम्रो कुराकानी गर्नुपर्छ ।

कामकाजमा सहयोग गर्ने

गर्भावस्थाको सुरुवाती महिनादेखि नौ महिनासम्म विभिन्न समस्या देखिन्छ । त्यसकारण गर्भावस्थामा श्रीमतीलाई घरको कामकाजमा पनि सहयोग गर्नुपर्छ । यसबेला शरीर कमजोर हुने, छिनछिनमा चक्कर लाग्ने, एकै छिनमा थकान महसुस हुने, झर्को लाग्ने वा रिस उठ्ने हुन्छ ।

थोरै काम गर्दा पनि धेरै थकान महसुस वा जीउ गल्ने भएकाले गर्भावस्थामा श्रीमानले लुगा धोइदिने वा धुँदा सहयोग गर्ने, खाना पकाउने, भाँडा माझिदिने र घरको सरसफाइमा मद्दत गर्ने गर्नुपर्छ । यसले आमा र बच्चाको स्वास्थ्यमा पनि सहयोग मिल्छ । फलस्वरूप श्रीमतीलाई थकान वा अन्य पीडाबाट जोगाउँछ ।

नियमित गर्भजाँचमा साथ दिने

गर्भावस्थामा महिलालाई एक्लै चिकित्सक कहाँ पठाउने गल्ती गर्नुहुन्न। प्रत्येक पटकको जाँचमा आफू पनि श्रीमतीसँगै अस्पताल जानुपर्छ । यसले श्रीमतीलाई बलियो ढाडस दिन्छ ।

उनका लागि खानपान, समयअनुसारको लुगाकपडा किनिदिने र औषधि सेवन जस्ता कुरामा श्रीमानले ख्याल राख्नुपर्छ । यसबेला श्रीमतीसँग बस्दा वा कुराकानी गर्दा सकारात्मक र राम्रो कुरा मात्र गर्ने गर्नुपर्छ । यस्तो गर्नाले श्रीमतीले आफूलाई एक्लो र असुरक्षित महसुस गर्दिनन् ।

Continue Reading

Banner

आज – ०४ बैशाख २०८१ मंगलवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक