अपराध
प्रतिबन्धित औषधीसहित २ जना पक्राउ
धरानः धरानका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित २ जना पक्राउ परेका छन् ।
हिजो बेलुका ४ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान– १० मा सटर भाडा लिई जनता ग्यारेज सञ्चालन गरी बस्ने सोही स्थानका ३० वर्षीय नवीन चौधरीलाई प्रहरीले पक्रेको थियो । उनकै ग्यारेजमा लुकाइछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी स्पासपेन १ हजार ट्याब्लेट, ओपाट्याब– ५०– ४ सय ट्याब्लेट र टर्माडोल हाइड्रोक्लोराइड २२ ट्याब्लेटसहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, हिजो राती साढे ११ बजे धरान– १६ नौलो बस्तीका २४ वर्षीय प्रभु साहलाई स्पासपेन १ सय ४५ ट्याव्लेट र टर्माडोल १ सय ६३ ट्याब्लेट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
Facebook Comment
Banner
न्युजिल्यान्डलाई हराउँदै भारतले तेस्राे पटक जित्याे टी–२० विश्वकपकाे उपाधि
न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनले हरायो ।
भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १५९ रन बनाउँदा सबै विकेट गुमायो । न्युजिल्यान्डका टिम साइफर्टले ५२, कप्तान मिचेल स्यान्टरले ४३ रन बनाए । भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो । भारतका सन्जु सामसनले ५९, ईशान किशनले ५४, अभिषेक शर्माले ५२ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले ३ विकेट लिए ।
योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो ।
न्युजिल्यान्ड भने दाेस्राे पटक उपविजेता बनेकाे छ । न्युजिल्यान्ड यसअघि सन् २०२१ काे फाइनलमा अस्ट्रेलियासँग पराजित भएकाे थियाे ।
भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको छ । भारतले सन् २०२४ को जुनमा टी–२० विश्वकप जितेको थियो । यस्तै २०२५ को मार्चमा आईसीसी च्याम्पियन्स ट्रफी जितेको भारतले गएराति टी–२० विश्वकप उपाधि जित्यो ।
१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने भारतका सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । यस्तै भारतकै जसप्रित बुमराह फाइनल खेलकाे उत्कृष्ट खेलाडी बनेका छन् ।
Banner
प्रेरणादायी महिलालाई इन्द्रपुर जेसिजद्वारा ‘नारी सम्मान’
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्द्रपुर जेसिजले “नारी सम्मान” कार्यक्रम आयोजना गरी समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आत्मनिर्भरता, साहस र सेवाभावको उदाहरण प्रस्तुत गर्ने महिलाहरूलाई सम्मान गरेको छ।
कार्यक्रममा सफारी रिक्सा चालकका रूपमा ६ वर्षदेखि निरन्तर परिश्रम गर्दै आत्मनिर्भरताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी आशा विश्वकर्मा, अटो चालकका रूपमा सक्रिय रहँदै महिलाहरू पनि कुनै क्षेत्रमा पछि पर्दैनन् भन्ने सन्देश दिएकी ज्योति मण्डल, सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा लामो समयदेखि स्वास्थ्य सचेतना फैलाउँदै आएकी विष्णुमाया कार्की तथा महिला सशक्तिकरण र महिला स्वास्थ्य क्षेत्रमा सक्रिय पूजा कोइरालालाई सम्मान गरिएको थियो।
कार्यक्रम संयोजक जेसी अल्का सुबेदीको संयोजनमा सम्पन्न कार्यक्रम इन्द्रपुर जेसिजका अध्यक्ष जेसी समीर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि इन्द्रपुर जेसिजकी प्रथम महिला अध्यक्ष जेसी बिनु सुबेदी आचार्य रहेकी थिइन्।
वक्ताहरूले समाजमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला सशक्तिकरण, समान अवसर र सम्मानजनक सहभागितालाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने बताएका थिए। कार्यक्रममा जेसिज पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
Banner
सुनसरी–१ मा हर्क साम्पाङ विजयी
प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी हुनुभएको छ ।
साम्पाङ ८ हजार ४९२ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login