शेयर
४० दिनपछि नेप्सेले बनायो नयाँ अलटाइम हाइ रेकर्ड, १४ अर्बको कारोबार
विराटचोकः आज नेप्सेले अलटाइम हाइ रेकर्ड कायम गरेको छ । आज १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४ सय ७२ रुपैयाँको शेयर किनबेच भएको छ ।
आइतबार नेप्से परिसूचक ५४ दशमलव ३१ अंक बढेर ३०५८ दशमलव ६३ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्सेले जेठ ३१ गते नयाँ अलटाइम हाइ रेकर्ड बनाउँदा नेप्से ३०२५ दशमलव ८३ विन्दुमा पुगेको थियो ।
आज २ सय २३ कम्पनीको १ लाख ३९ हजार ३ सय ४० पटकको कारोबारमा १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४ सय ७२ रुपैयाँको ४ करोड ३९ लाख ३९ हजार २ सय कित्ता शेयर किनबेच भएको छ ।

९ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दा अधिकांश जलविद्युत समूहका कम्पनी
आज ९ कम्पनीको शेयर १० प्रतिशतले बढ्दा उच्च मूल्य बढ्नेमा अधिकांश जलविद्युत कम्पनी परेका छन् । आज विशालबजार कम्पनी, हिमालयन उर्जा, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, कालिका पावर, पञ्चकन्या माइ हाइड्रोपावर, युनिभर्सल पावर, जोशी हाइड्रो, विशाल बजार कम्पनी र ङादी ग्रुप पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उच्च मूल्य घट्ने कम्पनीमा सामुहिक लगानी कोष समूहका कम्पनी परेका छन् ।
आज ११ उपसमूहको परिसूचक बढ्दा सामुहिक लगानी कोष र होटल तथा पर्यटन समूहको सूचक घटेको छ । आज बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ४३ प्रतिशत बढेको छ । त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक २.३९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.१४ प्रतिशत र लघुवित्तको १.५८ प्रतिशत बढेको छ ।
उच्च कारोबार गर्नेमा बैंकिङ समूहका कम्पनी
आज उच्च कारोबार गर्नेमा अधिकांश बैंकिङ समूहका कम्पनी परेका छन् । उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ७ वटा बैंकिङ समूहका र ३ वटा जलविद्युत समूहका रहेका छन् । कारोबार रकमका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४९ करोड ७६ लाख ६५ हजार १ सय ८२ रुपैयाँको शेयर किनबेच भएको छ ।
उच्च कारोबार हुने अन्य कम्पनीमा ग्लोबल आईएमई बैंक, एनसीसी बैंक, अरुण काबेली हाइड्रोपावर, एनआईसी एशिया बैंक, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, प्रभु बैंक, कुमारी बैंक र मेघा बैंक रहेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण पनि बढेर ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख ३३ हजार ७ सय ५६ रुपैयाँ कायम भएको छ ।

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login