Connect with us
Advertisement

मोरङ आदर्श बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा ३ प्राध्यापक र २ कर्मचारी सम्मानित

Published

on

विराटनगरः महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको ६७ औँ वार्षिकोत्सवमा ३ जना प्राध्यापक र २ जना कर्मचारी सम्मानित भएका छन् । शनिबार उनीहरुलाई नगदसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा प्राध्यापकतर्फ डा. घनश्याम श्रीवास्तव, रामनारायण दास र माधवप्रसाद रेग्मी छन् । यसैगरी, कर्मचारीतर्फ सोनु निरौला र जलधर कामतलाई सम्मान गरिएको छ । सम्मानित प्राध्यापक र कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवम् अर्थशास्त्री डा भेषप्रसाद धमला, क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिना लगायतले सम्मान गरेका थिए ।

महेन्द्र मोरङ क्याम्पसले डा. तिमल्सिना क्याम्पस प्रमुख भएपछि २०७५ सालदेखि वार्षिकोत्सव मनाउन शुरु गरेको र २०७६ सालदेखि उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मानित गर्न शुरु गरेको थियो । वि. सं. २०१२ साल साउन १६ गते क्याम्पसको स्थापना भएको थियो ।

अर्थशास्त्री डा. भेषप्रसाद धमलाले कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ क्याम्पसमा आफू सहायक प्रमुख भएर काम गर्दा चौतर्फी हित हुने कुनै काम गर्न नछुटाएको भन्ने लागिरहेकोमा वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम गर्न भने छुटेको बताए । उनले महेन्द्र मोरङले शिक्षक र कर्मचारी सम्मान गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पूर्व क्याम्पस प्रमुख सरोज चौधरीले उत्कृष्ट प्राध्यापक एवम् कर्मचारीका रुपमा पुरस्कृत एवम् सम्मानित सबैको बारेमा कुनै टीकाटीप्पणी गर्ने ठाउँ नभएको बताए । स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्रीले अन्य क्याम्पसले पनि वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम गर्ने महेन्द्र मोरङले शुरु गरेको कार्यलाई अनुशरण गर्नु पर्नेमा जोड दिए ।

क्याम्पस प्रमुख डा तिमल्सिनाले महेन्द्र मोरङमा हाल मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र गरी चार संकायमा २६ वटा कार्यक्रम रहेको र स्नातकोत्तर कार्यक्रम मात्रै ६ वटा रहेको बताए । रसायनशास्त्र र प्राणीविज्ञानमा दुई दर्जन बढीले विद्यावारिधि गरिरहेको उनले जानकारी दिए ।

सम्मानित प्राध्यापक डा घनश्याम श्रीवास्तवले यसरी सम्मानित हुँदा उत्प्रेरणा मिल्ने बताए । सो अवसरमा पूर्व निमित्त क्याम्पस प्रमुख प्रा. महेन्द्रनारायण यादव, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रीय उपाध्यक्ष शैलेन्द्र शिवाकोटी, पुरस्कृत प्राध्यापक माधवप्रसाद रेग्मी, नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस एकाईका सभापति तुलसी निरौला, नेपाल राष्ट्रिय प्राध्यापक संगठन एकाई सभापति जयनारायण यादव, पुरस्कार छनोट समितिका संयोजक डा रामावतार शरण, सहायक क्याम्पस प्रमुखद्वय विष्णुदेव दास र डिल्ली पोखरेल, कर्मचारी दीपेन्द्र मण्डल लगायतले मन्तव्य राखेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक