Connect with us
Advertisement

मोरङ आदर्श बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा ३ प्राध्यापक र २ कर्मचारी सम्मानित

Published

on

विराटनगरः महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको ६७ औँ वार्षिकोत्सवमा ३ जना प्राध्यापक र २ जना कर्मचारी सम्मानित भएका छन् । शनिबार उनीहरुलाई नगदसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा प्राध्यापकतर्फ डा. घनश्याम श्रीवास्तव, रामनारायण दास र माधवप्रसाद रेग्मी छन् । यसैगरी, कर्मचारीतर्फ सोनु निरौला र जलधर कामतलाई सम्मान गरिएको छ । सम्मानित प्राध्यापक र कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवम् अर्थशास्त्री डा भेषप्रसाद धमला, क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिना लगायतले सम्मान गरेका थिए ।

महेन्द्र मोरङ क्याम्पसले डा. तिमल्सिना क्याम्पस प्रमुख भएपछि २०७५ सालदेखि वार्षिकोत्सव मनाउन शुरु गरेको र २०७६ सालदेखि उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मानित गर्न शुरु गरेको थियो । वि. सं. २०१२ साल साउन १६ गते क्याम्पसको स्थापना भएको थियो ।

अर्थशास्त्री डा. भेषप्रसाद धमलाले कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ क्याम्पसमा आफू सहायक प्रमुख भएर काम गर्दा चौतर्फी हित हुने कुनै काम गर्न नछुटाएको भन्ने लागिरहेकोमा वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम गर्न भने छुटेको बताए । उनले महेन्द्र मोरङले शिक्षक र कर्मचारी सम्मान गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पूर्व क्याम्पस प्रमुख सरोज चौधरीले उत्कृष्ट प्राध्यापक एवम् कर्मचारीका रुपमा पुरस्कृत एवम् सम्मानित सबैको बारेमा कुनै टीकाटीप्पणी गर्ने ठाउँ नभएको बताए । स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्रीले अन्य क्याम्पसले पनि वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम गर्ने महेन्द्र मोरङले शुरु गरेको कार्यलाई अनुशरण गर्नु पर्नेमा जोड दिए ।

क्याम्पस प्रमुख डा तिमल्सिनाले महेन्द्र मोरङमा हाल मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र गरी चार संकायमा २६ वटा कार्यक्रम रहेको र स्नातकोत्तर कार्यक्रम मात्रै ६ वटा रहेको बताए । रसायनशास्त्र र प्राणीविज्ञानमा दुई दर्जन बढीले विद्यावारिधि गरिरहेको उनले जानकारी दिए ।

सम्मानित प्राध्यापक डा घनश्याम श्रीवास्तवले यसरी सम्मानित हुँदा उत्प्रेरणा मिल्ने बताए । सो अवसरमा पूर्व निमित्त क्याम्पस प्रमुख प्रा. महेन्द्रनारायण यादव, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रीय उपाध्यक्ष शैलेन्द्र शिवाकोटी, पुरस्कृत प्राध्यापक माधवप्रसाद रेग्मी, नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस एकाईका सभापति तुलसी निरौला, नेपाल राष्ट्रिय प्राध्यापक संगठन एकाई सभापति जयनारायण यादव, पुरस्कार छनोट समितिका संयोजक डा रामावतार शरण, सहायक क्याम्पस प्रमुखद्वय विष्णुदेव दास र डिल्ली पोखरेल, कर्मचारी दीपेन्द्र मण्डल लगायतले मन्तव्य राखेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा

Published

on

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।

सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।

जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।

Continue Reading

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक