Connect with us
Advertisement

सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक

Published

on

काठमाडौंः सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन निर्माण गठबन्धन सरकारको प्राथमिकतामा परेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । शीर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कांग्रेस महामन्त्री एवं कार्यदलका संयोजक पूर्णबहादुर खड्काले साझा न्यूनतम कार्यक्रम पढेर सुनाएका थिए ।

सत्तारुढ गठबन्धनले नीति तथा कार्यक्रमलाई १० बुँदामा समेटेको छ । आगामी असोजसम्म एक तिहाई र चैतसम्म सबै योग्य नागरिकलाई निःशुल्क खोप व्यवस्था गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने, अस्पताल लगायतका भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिने पनि उल्लेख गरिएको छ ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति वा संस्थालाई कारबाही गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तो छ सरकारको साझा न्यूनतम कार्यक्रमको पूर्ण पाठः

file:///E:/nispakshya%20khabar%202077/saun%20078/samyukta%20sarkar%20karyakram.pdf

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

लिभरपुलसँग हारेपछि टोटनहम अझ कमजोर

Published

on

इंग्लिस प्रिमियर लिगमा टोटनहमको खराव लय आइतबार पनि कायम रह्यो र एनफिल्डमा भएको खेलमा लिभरपुलको हातबाट ४–२ ले पराजित रह्यो । यो हारले टोटनहमको शीर्ष चारको सम्भावना अझ कमजोर बनेको छ ।

टोटनहम ६० अंकसहित पाँचौं स्थामा छ र यो चौथोमा रहेको एस्टन भिल्लासँग सात अंकको दूरी हो । भिल्ला यसअघि ब्राइटनसँग १–० ले पराजित रहेको थियो । तर टोटनहमले त्यसको फाइदा लिन सकेन ।

लिभरपुल भने ७८ अंकसहित तेस्रो स्थानमा रह्यो । आइतबारकै अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–० ले हरायो र ५४ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो ।

Continue Reading

Banner

भोजपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी

Published

on

भोजपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भोजपुरको षडानन्द नगरपालिका १ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

आज – २४ बैशाख २०८१ सोमवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मान्यजनको सुझाव अप्रिय लाग्नेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइनसक्छ, सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । बन्दव्यापारका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । धन हात पनि पर्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक