शेयर
नेप्सेले गर्यो सूचीकृत कम्पनीहरुको वर्गीकरण
विराटचोकः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ । नेप्सेले कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरेको हो ।
ए समूहमा २० वाणिज्य बैंक, २ वटा विकास बैंक, एउटा फाइनान्स, एउटा लघुवित्त र ४ वटा हाइड्रोपावर कम्पनी गरी २८ वटा कम्पनी परेका छन् ।
वाणिज्य बैंकहरुमध्ये कृषि विकास बैंक, बैंक अफ काठमाडौ, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र सनराइज बैंक परेका छन् ।
यो समूहमा विकास बैंकतर्फ कामना सेवा र शाइन रेसुंगा परेका छन् । आईसीएफसी फाइनान्स, आरएमडीसी लघुवित्त, अपी पावर, बुटवल पावर, सानिमा माई हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर पनि यो समूहमा परेका छन् ।
बी समूहमा एउटा वाणिज्य बैंकसहित १० वटा कम्पनी परेका छन् । जसमा नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, एनएमबि लघुवित्त, आरएसडीसी लघुवित्त, हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट, ङादी पावर गु्रप, अरुण भ्याली हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।
जी समूहमा २७ वटा कम्पनी परेका छन् । जसमा ७ वटा लघुवित्त, ५ वटा लगानी र होटल तथा पर्यटन समूहका कम्पनी, ६ वटा बीमा कम्पनी र ९ वटा जलविद्युत कम्पनी छन् ।
जेड समूहमा सबैभन्दा धेरै १ सय ४८ वटा कम्पनी परेका छन् । नेप्सेले गत साउन १७ गते सूचीकृत कम्पनीहरुसँग वर्गीकरणका लागि आवश्यक विवरण माग गरेको थियो । सोही विवरणकै आधारमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ ।
Facebook Comment
Banner
आज – २५ बैशाख २०८१ मंगलवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
नेपालको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने भएको छ ।
नेपालको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मैदान, फ्लडलाइट र सुरक्षामा प्रश्न उठाउँदै रंगशालाको मान्यता खारेज गर्ने भएको हो ।
Banner
लिभरपुलसँग हारेपछि टोटनहम अझ कमजोर
इंग्लिस प्रिमियर लिगमा टोटनहमको खराव लय आइतबार पनि कायम रह्यो र एनफिल्डमा भएको खेलमा लिभरपुलको हातबाट ४–२ ले पराजित रह्यो । यो हारले टोटनहमको शीर्ष चारको सम्भावना अझ कमजोर बनेको छ ।
टोटनहम ६० अंकसहित पाँचौं स्थामा छ र यो चौथोमा रहेको एस्टन भिल्लासँग सात अंकको दूरी हो । भिल्ला यसअघि ब्राइटनसँग १–० ले पराजित रहेको थियो । तर टोटनहमले त्यसको फाइदा लिन सकेन ।
लिभरपुल भने ७८ अंकसहित तेस्रो स्थानमा रह्यो । आइतबारकै अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–० ले हरायो र ५४ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login