Connect with us
Advertisement

‘बाँचेकोमा हरेक बिहान खुशी मनाउँदैछु’

Published

on

कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुआती अवस्थामा आफूलाई जोगाएँ । रिपोर्टिङमा जोखिमयुक्त ठाउँ पुगे पनि सतर्कता अपनाएको थिएँ । सँगै हिंड्ने साथीहरूलाई कोरोना पोजेटिभ देखिंदा पटक–पटक नाक घोच्नु पर्‍यो ।  गत साउन ९ गते शनिबार बिहान साथीहरूसँग चतरा हुँदै बराहक्षेत्र पुगें । बराहक्षेत्रमा घुमघाम र पूजापछि साथीहरूले भेडेटार जाऊँ भनें । गर्मी धेरै थियो । मैले जान मन गरिनँ । तर साथीहरूले कर गरेपछि मेरो केही चलेन । बिहान ९ बजे हिंडेको ७ जनाको टोली बेलुका ६ बजे विराटनगर आइपुग्यो । भोलिपल्ट बिहान स्वास्थ्यमा समस्या देखिए जस्तो भयो । खाना पकाउन अल्छी लाग्यो । होटलमा खाना खाएर अफिसको काम गर्दैथिएँ । एक्कासी छाती दुखाइ शुरू भयो । टाउको पनि दुख्यो । भित्री ज्वरो आयो ।

छाती दुखेपछि कोरोना हो कि भन्ने शंका लाग्यो । घडी हेरें । दिउँसो ३ बजिसकेको रहेछ । महानगरको पीसीआर कलेक्सन बन्द भइसकेको थियो । छाती दुखाइ बढेपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा साथी प्रकाश कार्कीलाई सम्पर्क गरें । दिउँसो साढे ३ बजे पीसीआरका लागि स्वाब दिएँ । साउन ११ गते सोमबार बिहान खबर आयो– ‘रिपोर्ट पोजेटिभ छ, सिटी भ्यालु २० ।’

सोमबार बिहान समस्या बढेको थियो । ज्वरो थियो । टाउको दुख्ने, सास फेर्न अलिक गाह्रो होला कि जस्तो लाग्यो । पोजेटिभ रिपोर्ट आएपछि झन् गाह्रो भएको अनुभूति भयो ।
५–७ मिनेटपछि केही सहज भयो । ओछ्यानमा डायरी थियो । केही भइहाले परिवारले थाहा पाउनुपर्छ भनेर बैंक खाता, मोबाइल एपको पिनकोड र आइडी पासवर्ड लेखें । आफूले तिर्नुपर्ने ऋण पनि लेखें ।

अघिल्लो लकडाउन यता बसाइ एक्लै छ । पोजेटिभ रिपोर्ट आएपछि डेरा छेउमा बस्ने भाइलाई ज्वरो र खोकीको औषधि किन्न पठाएँ । ज्वरो नाप्ने थर्मोमिटर र अक्सिजन नाप्ने अक्सिमिटर किन्नका लागि किशोर बुढाथोकी दाइलाई लगाएँ ।

औषधि र अति आवश्यक स्वास्थ्य उपकरण भएपछि कोरोना सहजै जितिन्छ भन्ने आत्मविश्वास थियो । कोरोना त जितें तर सोचे जस्तो सहज भएन । औषधिले काम गरेन । भेरोसेल खोपको एक डोज लगाएको थिएँ । तर रोगले च्याप्दै लग्यो । सोमबार बेलुकाबाट सास बढ्ने समस्या देखियो ।

कोशी अस्पतालका फिजिसियन डाक्टर डेनप्रसाद आचार्यलाई सम्पर्क गरें । उहाँले औषधिको लिष्ट म्यासेज गर्दिनुभयो । अक्सिजन लेभल नर्मल भएका कारण आत्तिनुपर्ने अवस्था छैन भन्नुभयो । मंगलबार दिउँसो भेट्ने सल्लाह भयो । मंगलबार दिउँसो एक्स–रे गरेर हेर्दा छातीमा समस्या देखिएन । अलिक साहस पलायो । डाक्टरले औषधि लेखिदिएपछि औषधि लिएर डेरा फर्किएँ ।

मंगलबार लेखिदिएको औषधिले भोलिपल्ट बिहानसम्म काम गर्याे । बुधबार दिउँसोबाट ज्वरो बढ्यो । श्वासप्रश्वासमा समस्याका कारण बोल्न गाह्रो हुन थाल्यो । फोन बजिरह्यो । तर उठाउन सक्ने साहस आएन । बेलुका घरबेटी आन्टीले रोटी तरकारी ल्याइदिनुभयो । त्यही खाएर सुतें ।

औषधि खाएपछि ९ बजेतिर निद्रा लाग्यो । सुत्नुअघि अक्सिमिटरले अक्सिजन लेभल नापें । ९८ प्रतिशत देखायो । ढुक्कले निदाएको थिएँ राति झसङ्ग ब्यूँझिएँ । मोबाइलमा हेरें साढे १२ बजेको रहेछ । मध्यरातमा जीउ दुखाइका कारण ब्यूँझिएको रहेछु । ज्वरो पनि १०२ डिग्री थियो । सास फेर्न पनि गाह्रो भयो । सिरानी छेउबाट अक्सिमिटर औंलामा लगाउँदा होश उड्यो । अक्सिजन लेभल ८० भन्दा कम थियो । हतार–हतार घोप्टो परेर लामो लामो सास लिएँ । हातको अक्सिमिटरको पारो बढ्दै गयो । लामो सास लिदा अब दिन पुगेछ जस्तो लाग्यो । १५–२० मिनेट लामो सास लिएपछि अक्सिजन लेभल ९९ पुग्यो । अब साहस बढ्यो । साढे १२ बजे ब्यूँझिएर अक्सिजन लेभल बढाएपछि कतिबेला निदाएँ थाहा पाइनँ । ब्यूँझँदा बिहानको ७ बजेको रहेछ । सोचें आजको दिन बाँचिएछ । बाँचेकोमा खुशी भएँ । तर शरीरको पीडा भने उस्तै थियो ।

पीडा त आमाका अगाडि दुःख लुकाउँदा झन् बढ्दो रहेछ । कोरोनाले शरीर गलेका बेला घरबाट ममीले बारम्बार फोन गरिरहनुभयो । सुधार हुँदैछ भन्दै पीडा लुकाउने प्रयास गरें । अब चाहिं सक्दिनँ भन्ने भएपछि बिहीबार बहिनी कमलालाई बोलाएँ । साथी तुलसाको डेरामा बसेर उसले खाना पकाएर दिई । बहिनी आएपछि घरमा ममीलाई अलिक सन्तोष भयो ।

कोरोना पोजेटिभ देखिएपछि डाक्टर डेनप्रसाद आचार्यसँग सम्पर्कमा थिएँ । समस्या पर्दा मैले सम्पर्क गरें । कहिलेकाहीं उहाँले म्यासेज, फोन गरेर स्वास्थ्य अवस्था बुझिरहनुभयो । ज्वरोको औषधिले काम गर्न छाडेपछि शुक्रबार डाक्टर आचार्यले फेरि बोलाउनुभयो । छाती दुखेका कारण एक्स–रे गरें । एक्स–रे गर्दा निमोनिया देखियो । शुरुआती अवस्था छ भन्दै डाक्टर आचार्यले औषधि लेखिदिनुभयो । औषधि लिएर डेरा आएँ । कमजोरीका कारण डाक्टरको क्लिनिकसम्म पुगेर कोठा आउन धेरै मुश्किल पर्‍यो । आइतबार कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार तौल नाप्दा पाँच केजी घटेको रहेछ ।

निमोनिया देखिएपछि अलिक डर लाग्यो । कोरोनाकै कारण चिनेजानेका केही साथी गुमाएको थिएँ । निमोनिया देखिएपछि पालो मेरो आएछ कि जस्तो लाग्यो । नियमित सम्पर्कमा रहेका साथीहरूलाई निमोनिया देखिएको जानकारी गराएँ । मेरो चाहना ममीको कानमा निमोनिया भएको खबर नपुगोस् भन्ने थियो । हेरचाह गर्न बसेकी बहिनीलाई पनि सुनाइनँ । एक दिन लुकाएँ, भोलिपल्ट साथीले ममीलाई सुनाइदिएछन् । घरबाट आत्तिएर फोन आयो । होइन भन्दै टार्ने प्रयास गरें । तर आमालाई कुरा लुकाउन गाह्रो भयो ।

निमोनिया देखिएपछि बोल्दा सास बढ्ने, अक्सिजन लेभल घट्ने समस्या भयो । खाना लिएर आउने बहिनी र साथीले बोलाउँदा मुन्टो हल्लाएर जवाफ दिन्थें ।

ज्वरोको औषधिले काम नगरेपछि डाक्टरले एकै पटक दुई वटाका दरले ६ घण्टाको अन्तरमा खान सल्लाह दिनुभएको थियो । औषधि खाएको ३–४ घण्टा काम गथ्र्याे । त्यसपछि उस्तै पीडा । सामाजिक सञ्जालमा कोरोना संक्रमितले जीउ छाडेको, हातखुट्टा फालेको भिडियो देख्दा इडिट गरेको हो कि जस्तो लाग्थ्यो । तर पीडा हुँदा जीउ हातखुट्टा फ्यालिंदो रहेछ । आफैंले अनुभूति गरेपछि मात्रै थाहा भयो ।

कोरोना संक्रमणपछि हरेक बिहान उठ्न पाएकोमा खुशी मनाउँदैछु । म त तङ्ग्रिएर काममा फर्किएँ तर फेरि कोरोनाको ग्राफ उकालो लाग्दैछ । सतर्क रहने, जोगिने तपाईं–हामी आफैंले हो ।

शनिबारको दिन दुखाइ र पीडामा कट्यो । बेलुका बहिनीले ल्याइदिएको खाना खाएर सुतें । राति १ बजे झसङ्ग ब्यूँझिए । सास फेर्न गाह्रो भएको थियो । अक्सिजन लेभल नाप्दा ७६ देखायो । हतार–हतार घोप्टो परेर लामो लामो सास लिन खोजें तर सास बढेर गाह्रो भयो । ज्वरो थिएन । तर जीउ दुखाइ अत्यधिक थियो । निमोनिया भएका कारण अब दिन पुगेछ जस्तो लाग्यो । थोर बहुत अध्यात्म लाइनमा थिएँ । मृत्युसँग त्यति डर थिएन । तर जीवनमा अझै धेरै गर्न चाहिं बाँकी नै छ भन्ने लाग्यो । अक्सिजन लेभल बढाउन घोप्टो परेर लामो सास लिइरहें । तर अक्सिमिटरको मिटर उकालो लागेन । अस्पताल जानका लागि साथीहरूलाई भनौं कि भनेर सम्झिएँ । तर रातको साढे १ बजे किन अरूको निद्रा बिच्काउनु जस्तो लाग्यो ।

अक्सिमिटर निकालेर घोप्टो परेर योगगुरु रामदेवले सिकाएको योग अभ्यास गर्ने प्रयास गरें । ५–७ मिनेट गरेपछि केही सहज भयो । ओछ्यानमा डायरी थियो । केही भइहाले परिवारले थाहा पाउनुपर्छ भनेर बैंक खाता, मोबाइल एपको पिनकोड र आइडी पासवर्ड लेखें । आफूले तिर्नुपर्ने ऋण पनि लेखें । उठेर ढोकाको चुक्कुल पनि खोलें । जीवन बीमा प्रिमियर तिर्न ढिलो भएको थियो । प्रिमियर समयमा नै नबुझाएकोमा पछुतो लाग्यो ।

घोप्टो परेर सुत्ने प्रयास गरें । बिहान साढे ५ बजे ब्यूँझिएछु । दायाँ–बायाँ हेरे । सकुशल नै छु । सकी–नसकी उठेर ऐना हेरें, रातिको पीडा सम्झिएँ । आजको दिन बाँचियो भन्ने लाग्यो । मध्यरातमा अनेकन् पीडा भएपछि साथीभाइ र आफन्तलाई सुनाइनँ । श्वास–प्रश्वासको समस्या अस्पताल जानुपर्ने खालको थियो । तर अस्पतालहरूमा बिरामी भरिएका कारण कोठामै बस्ने साहस गरें । कोरोनालाई जित्ने अचूक औषधि आत्मबल हो भन्ने थाहा थियो । शायद त्यही आत्मबलले घटेको अक्सिजन लेभल बढाएर ज्यान बचायो ।

खानाको स्वाद थिएन । तर खानपानमा जोडबल गरें । बहिनीले तागतिलो खानेकुरा दिनमा चारपटकसम्म बनाएर ल्याइन् । जोडबल गरेर खाएँ । डाक्टरले दिएका औषधि बाहेक घरबेटी आन्टीले निमोनियाको घरेलु औषधि बनाइदिरहनुभयो ।

साउन ११ गतेबाट ज्यानले औधी दुःख पाएको थियो । १७ साउनबाट हलुका भए जस्तो लाग्यो । छाती दुखाइ थियो । ज्वरो अलिक कम भयो । बिस्तारै सुधार हुन थाल्यो । अब बाँच्छु जस्तो लाग्यो । आइसोलेसनमा बस्दा डाक्टर योगी विकासानान्द, ओशो र सद्गुरुको प्रवचन सुनेर दिन कटाएँ । पढ्नका लागि किताब ल्याएको थिएँ । तर टाउको दुखेर धेरै समय किताबमा बिताउन सकिनँ ।

साउन २२ गते शुक्रबार पीसीआर गरें । रिपोर्ट पोजेटिभ नै आयो । तर सिटी भ्यालु ३० थियो । डाक्टर र प्रयोगशालाका साथी प्रकाश कार्कीसँग सल्लाह गरेर घर गएँ । घरको एकसाता लामो बसाइपछि ज्यानमा ऊर्जा भरियो । तर अलिक हिंड्दा सास बढ्ने समस्या अझै छ ।

म त तङ्ग्रिएर काममा फर्किएँ तर फेरि कोरोनाको ग्राफ उकालो लाग्दैछ । कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पतालहरू भरिएका छन् । पीसीआर गर्न आउनेहरूको लाइन पनि बढ्दो छ । २२ गते शुक्रबार प्रदेश प्रयोगशालाको प्राविधिक प्रकाश कार्की भन्दै हुनुहुन्थ्यो ‘एन्टिजेन परीक्षणले पीसीआर गर्न आउनको संख्या अलिक कम छ तर संक्रमण पहिले जस्तै छ । बजारमा सतर्कता छैन ।’

मैले त जसोतसो कोरोनालाई जितें । सतर्क रहने, जोगिने तपाईं–हामी आफैंले हो ।

केही समयअघि डाक्टर योगी विकासानन्दले आफ्नो प्रवचनमा भनेका थिए– ‘विश्वमा राति सुतेका मध्ये दुई लाख भन्दा बढी मान्छे उठ्दैनन् । तपाईं उठ्नुभयो । उठेकोमा खुशी मनाउनुहोस् ।’ कोरोना संक्रमणपछि हरेक बिहान उठ्न पाएकोमा खुशी मनाउँदैछु । – अनलाइन खबरबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक