Connect with us
Advertisement

‘बाँचेकोमा हरेक बिहान खुशी मनाउँदैछु’

Published

on

कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुआती अवस्थामा आफूलाई जोगाएँ । रिपोर्टिङमा जोखिमयुक्त ठाउँ पुगे पनि सतर्कता अपनाएको थिएँ । सँगै हिंड्ने साथीहरूलाई कोरोना पोजेटिभ देखिंदा पटक–पटक नाक घोच्नु पर्‍यो ।  गत साउन ९ गते शनिबार बिहान साथीहरूसँग चतरा हुँदै बराहक्षेत्र पुगें । बराहक्षेत्रमा घुमघाम र पूजापछि साथीहरूले भेडेटार जाऊँ भनें । गर्मी धेरै थियो । मैले जान मन गरिनँ । तर साथीहरूले कर गरेपछि मेरो केही चलेन । बिहान ९ बजे हिंडेको ७ जनाको टोली बेलुका ६ बजे विराटनगर आइपुग्यो । भोलिपल्ट बिहान स्वास्थ्यमा समस्या देखिए जस्तो भयो । खाना पकाउन अल्छी लाग्यो । होटलमा खाना खाएर अफिसको काम गर्दैथिएँ । एक्कासी छाती दुखाइ शुरू भयो । टाउको पनि दुख्यो । भित्री ज्वरो आयो ।

छाती दुखेपछि कोरोना हो कि भन्ने शंका लाग्यो । घडी हेरें । दिउँसो ३ बजिसकेको रहेछ । महानगरको पीसीआर कलेक्सन बन्द भइसकेको थियो । छाती दुखाइ बढेपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा साथी प्रकाश कार्कीलाई सम्पर्क गरें । दिउँसो साढे ३ बजे पीसीआरका लागि स्वाब दिएँ । साउन ११ गते सोमबार बिहान खबर आयो– ‘रिपोर्ट पोजेटिभ छ, सिटी भ्यालु २० ।’

सोमबार बिहान समस्या बढेको थियो । ज्वरो थियो । टाउको दुख्ने, सास फेर्न अलिक गाह्रो होला कि जस्तो लाग्यो । पोजेटिभ रिपोर्ट आएपछि झन् गाह्रो भएको अनुभूति भयो ।
५–७ मिनेटपछि केही सहज भयो । ओछ्यानमा डायरी थियो । केही भइहाले परिवारले थाहा पाउनुपर्छ भनेर बैंक खाता, मोबाइल एपको पिनकोड र आइडी पासवर्ड लेखें । आफूले तिर्नुपर्ने ऋण पनि लेखें ।

अघिल्लो लकडाउन यता बसाइ एक्लै छ । पोजेटिभ रिपोर्ट आएपछि डेरा छेउमा बस्ने भाइलाई ज्वरो र खोकीको औषधि किन्न पठाएँ । ज्वरो नाप्ने थर्मोमिटर र अक्सिजन नाप्ने अक्सिमिटर किन्नका लागि किशोर बुढाथोकी दाइलाई लगाएँ ।

औषधि र अति आवश्यक स्वास्थ्य उपकरण भएपछि कोरोना सहजै जितिन्छ भन्ने आत्मविश्वास थियो । कोरोना त जितें तर सोचे जस्तो सहज भएन । औषधिले काम गरेन । भेरोसेल खोपको एक डोज लगाएको थिएँ । तर रोगले च्याप्दै लग्यो । सोमबार बेलुकाबाट सास बढ्ने समस्या देखियो ।

कोशी अस्पतालका फिजिसियन डाक्टर डेनप्रसाद आचार्यलाई सम्पर्क गरें । उहाँले औषधिको लिष्ट म्यासेज गर्दिनुभयो । अक्सिजन लेभल नर्मल भएका कारण आत्तिनुपर्ने अवस्था छैन भन्नुभयो । मंगलबार दिउँसो भेट्ने सल्लाह भयो । मंगलबार दिउँसो एक्स–रे गरेर हेर्दा छातीमा समस्या देखिएन । अलिक साहस पलायो । डाक्टरले औषधि लेखिदिएपछि औषधि लिएर डेरा फर्किएँ ।

मंगलबार लेखिदिएको औषधिले भोलिपल्ट बिहानसम्म काम गर्याे । बुधबार दिउँसोबाट ज्वरो बढ्यो । श्वासप्रश्वासमा समस्याका कारण बोल्न गाह्रो हुन थाल्यो । फोन बजिरह्यो । तर उठाउन सक्ने साहस आएन । बेलुका घरबेटी आन्टीले रोटी तरकारी ल्याइदिनुभयो । त्यही खाएर सुतें ।

औषधि खाएपछि ९ बजेतिर निद्रा लाग्यो । सुत्नुअघि अक्सिमिटरले अक्सिजन लेभल नापें । ९८ प्रतिशत देखायो । ढुक्कले निदाएको थिएँ राति झसङ्ग ब्यूँझिएँ । मोबाइलमा हेरें साढे १२ बजेको रहेछ । मध्यरातमा जीउ दुखाइका कारण ब्यूँझिएको रहेछु । ज्वरो पनि १०२ डिग्री थियो । सास फेर्न पनि गाह्रो भयो । सिरानी छेउबाट अक्सिमिटर औंलामा लगाउँदा होश उड्यो । अक्सिजन लेभल ८० भन्दा कम थियो । हतार–हतार घोप्टो परेर लामो लामो सास लिएँ । हातको अक्सिमिटरको पारो बढ्दै गयो । लामो सास लिदा अब दिन पुगेछ जस्तो लाग्यो । १५–२० मिनेट लामो सास लिएपछि अक्सिजन लेभल ९९ पुग्यो । अब साहस बढ्यो । साढे १२ बजे ब्यूँझिएर अक्सिजन लेभल बढाएपछि कतिबेला निदाएँ थाहा पाइनँ । ब्यूँझँदा बिहानको ७ बजेको रहेछ । सोचें आजको दिन बाँचिएछ । बाँचेकोमा खुशी भएँ । तर शरीरको पीडा भने उस्तै थियो ।

पीडा त आमाका अगाडि दुःख लुकाउँदा झन् बढ्दो रहेछ । कोरोनाले शरीर गलेका बेला घरबाट ममीले बारम्बार फोन गरिरहनुभयो । सुधार हुँदैछ भन्दै पीडा लुकाउने प्रयास गरें । अब चाहिं सक्दिनँ भन्ने भएपछि बिहीबार बहिनी कमलालाई बोलाएँ । साथी तुलसाको डेरामा बसेर उसले खाना पकाएर दिई । बहिनी आएपछि घरमा ममीलाई अलिक सन्तोष भयो ।

कोरोना पोजेटिभ देखिएपछि डाक्टर डेनप्रसाद आचार्यसँग सम्पर्कमा थिएँ । समस्या पर्दा मैले सम्पर्क गरें । कहिलेकाहीं उहाँले म्यासेज, फोन गरेर स्वास्थ्य अवस्था बुझिरहनुभयो । ज्वरोको औषधिले काम गर्न छाडेपछि शुक्रबार डाक्टर आचार्यले फेरि बोलाउनुभयो । छाती दुखेका कारण एक्स–रे गरें । एक्स–रे गर्दा निमोनिया देखियो । शुरुआती अवस्था छ भन्दै डाक्टर आचार्यले औषधि लेखिदिनुभयो । औषधि लिएर डेरा आएँ । कमजोरीका कारण डाक्टरको क्लिनिकसम्म पुगेर कोठा आउन धेरै मुश्किल पर्‍यो । आइतबार कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार तौल नाप्दा पाँच केजी घटेको रहेछ ।

निमोनिया देखिएपछि अलिक डर लाग्यो । कोरोनाकै कारण चिनेजानेका केही साथी गुमाएको थिएँ । निमोनिया देखिएपछि पालो मेरो आएछ कि जस्तो लाग्यो । नियमित सम्पर्कमा रहेका साथीहरूलाई निमोनिया देखिएको जानकारी गराएँ । मेरो चाहना ममीको कानमा निमोनिया भएको खबर नपुगोस् भन्ने थियो । हेरचाह गर्न बसेकी बहिनीलाई पनि सुनाइनँ । एक दिन लुकाएँ, भोलिपल्ट साथीले ममीलाई सुनाइदिएछन् । घरबाट आत्तिएर फोन आयो । होइन भन्दै टार्ने प्रयास गरें । तर आमालाई कुरा लुकाउन गाह्रो भयो ।

निमोनिया देखिएपछि बोल्दा सास बढ्ने, अक्सिजन लेभल घट्ने समस्या भयो । खाना लिएर आउने बहिनी र साथीले बोलाउँदा मुन्टो हल्लाएर जवाफ दिन्थें ।

ज्वरोको औषधिले काम नगरेपछि डाक्टरले एकै पटक दुई वटाका दरले ६ घण्टाको अन्तरमा खान सल्लाह दिनुभएको थियो । औषधि खाएको ३–४ घण्टा काम गथ्र्याे । त्यसपछि उस्तै पीडा । सामाजिक सञ्जालमा कोरोना संक्रमितले जीउ छाडेको, हातखुट्टा फालेको भिडियो देख्दा इडिट गरेको हो कि जस्तो लाग्थ्यो । तर पीडा हुँदा जीउ हातखुट्टा फ्यालिंदो रहेछ । आफैंले अनुभूति गरेपछि मात्रै थाहा भयो ।

कोरोना संक्रमणपछि हरेक बिहान उठ्न पाएकोमा खुशी मनाउँदैछु । म त तङ्ग्रिएर काममा फर्किएँ तर फेरि कोरोनाको ग्राफ उकालो लाग्दैछ । सतर्क रहने, जोगिने तपाईं–हामी आफैंले हो ।

शनिबारको दिन दुखाइ र पीडामा कट्यो । बेलुका बहिनीले ल्याइदिएको खाना खाएर सुतें । राति १ बजे झसङ्ग ब्यूँझिए । सास फेर्न गाह्रो भएको थियो । अक्सिजन लेभल नाप्दा ७६ देखायो । हतार–हतार घोप्टो परेर लामो लामो सास लिन खोजें तर सास बढेर गाह्रो भयो । ज्वरो थिएन । तर जीउ दुखाइ अत्यधिक थियो । निमोनिया भएका कारण अब दिन पुगेछ जस्तो लाग्यो । थोर बहुत अध्यात्म लाइनमा थिएँ । मृत्युसँग त्यति डर थिएन । तर जीवनमा अझै धेरै गर्न चाहिं बाँकी नै छ भन्ने लाग्यो । अक्सिजन लेभल बढाउन घोप्टो परेर लामो सास लिइरहें । तर अक्सिमिटरको मिटर उकालो लागेन । अस्पताल जानका लागि साथीहरूलाई भनौं कि भनेर सम्झिएँ । तर रातको साढे १ बजे किन अरूको निद्रा बिच्काउनु जस्तो लाग्यो ।

अक्सिमिटर निकालेर घोप्टो परेर योगगुरु रामदेवले सिकाएको योग अभ्यास गर्ने प्रयास गरें । ५–७ मिनेट गरेपछि केही सहज भयो । ओछ्यानमा डायरी थियो । केही भइहाले परिवारले थाहा पाउनुपर्छ भनेर बैंक खाता, मोबाइल एपको पिनकोड र आइडी पासवर्ड लेखें । आफूले तिर्नुपर्ने ऋण पनि लेखें । उठेर ढोकाको चुक्कुल पनि खोलें । जीवन बीमा प्रिमियर तिर्न ढिलो भएको थियो । प्रिमियर समयमा नै नबुझाएकोमा पछुतो लाग्यो ।

घोप्टो परेर सुत्ने प्रयास गरें । बिहान साढे ५ बजे ब्यूँझिएछु । दायाँ–बायाँ हेरे । सकुशल नै छु । सकी–नसकी उठेर ऐना हेरें, रातिको पीडा सम्झिएँ । आजको दिन बाँचियो भन्ने लाग्यो । मध्यरातमा अनेकन् पीडा भएपछि साथीभाइ र आफन्तलाई सुनाइनँ । श्वास–प्रश्वासको समस्या अस्पताल जानुपर्ने खालको थियो । तर अस्पतालहरूमा बिरामी भरिएका कारण कोठामै बस्ने साहस गरें । कोरोनालाई जित्ने अचूक औषधि आत्मबल हो भन्ने थाहा थियो । शायद त्यही आत्मबलले घटेको अक्सिजन लेभल बढाएर ज्यान बचायो ।

खानाको स्वाद थिएन । तर खानपानमा जोडबल गरें । बहिनीले तागतिलो खानेकुरा दिनमा चारपटकसम्म बनाएर ल्याइन् । जोडबल गरेर खाएँ । डाक्टरले दिएका औषधि बाहेक घरबेटी आन्टीले निमोनियाको घरेलु औषधि बनाइदिरहनुभयो ।

साउन ११ गतेबाट ज्यानले औधी दुःख पाएको थियो । १७ साउनबाट हलुका भए जस्तो लाग्यो । छाती दुखाइ थियो । ज्वरो अलिक कम भयो । बिस्तारै सुधार हुन थाल्यो । अब बाँच्छु जस्तो लाग्यो । आइसोलेसनमा बस्दा डाक्टर योगी विकासानान्द, ओशो र सद्गुरुको प्रवचन सुनेर दिन कटाएँ । पढ्नका लागि किताब ल्याएको थिएँ । तर टाउको दुखेर धेरै समय किताबमा बिताउन सकिनँ ।

साउन २२ गते शुक्रबार पीसीआर गरें । रिपोर्ट पोजेटिभ नै आयो । तर सिटी भ्यालु ३० थियो । डाक्टर र प्रयोगशालाका साथी प्रकाश कार्कीसँग सल्लाह गरेर घर गएँ । घरको एकसाता लामो बसाइपछि ज्यानमा ऊर्जा भरियो । तर अलिक हिंड्दा सास बढ्ने समस्या अझै छ ।

म त तङ्ग्रिएर काममा फर्किएँ तर फेरि कोरोनाको ग्राफ उकालो लाग्दैछ । कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पतालहरू भरिएका छन् । पीसीआर गर्न आउनेहरूको लाइन पनि बढ्दो छ । २२ गते शुक्रबार प्रदेश प्रयोगशालाको प्राविधिक प्रकाश कार्की भन्दै हुनुहुन्थ्यो ‘एन्टिजेन परीक्षणले पीसीआर गर्न आउनको संख्या अलिक कम छ तर संक्रमण पहिले जस्तै छ । बजारमा सतर्कता छैन ।’

मैले त जसोतसो कोरोनालाई जितें । सतर्क रहने, जोगिने तपाईं–हामी आफैंले हो ।

केही समयअघि डाक्टर योगी विकासानन्दले आफ्नो प्रवचनमा भनेका थिए– ‘विश्वमा राति सुतेका मध्ये दुई लाख भन्दा बढी मान्छे उठ्दैनन् । तपाईं उठ्नुभयो । उठेकोमा खुशी मनाउनुहोस् ।’ कोरोना संक्रमणपछि हरेक बिहान उठ्न पाएकोमा खुशी मनाउँदैछु । – अनलाइन खबरबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक