शेयर
घटेको बजारमा बीमा समूहको सूचक बढ्यो, उच्च कारोबार गर्नेमा जलविद्युत समूहका कम्पनी
विराटचोकः अघिल्लो दिन कीर्तिमानी बिन्दुमा पुगेको शेयर बजार बिहीबार भने दोहोरो अंकले झरेको छ । बजार १८.२४ अंकले घटेर ३१८०.७९ को बिन्दुमा अडिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.३३ अंकले घटेर ५९०.१५ को बिन्दुमा रोकिएको छ ।
बिहीबार नेप्सेमा सूचीकृत १३ वटामध्ये ५ वटा समूहमा मात्रै हरियाली छाएको छ । निर्जीवन बीमा समूह सर्वाधिक ३.२ प्रतिशतले बढ्दा जीवन बीमा समूह २.६४ प्रतिशतले बढेको छ । अन्य समूह १.६८ प्रतिशतले बढ्दा लगानी समूहमा सर्वाधिक ३.९९ प्रतिशतले गिरावट आएको छ ।
जम्मा २ सय २९ कम्पनीका ३ करोड ९ लाख १२ हजार ६ सय ९७ कित्ता शेयरको कारोबार भएको छ । १ लाख ८८ हजार १७ पटकको किनबेचमा २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७ सय ६६ रुपैयाँको कारोबार भएको छ ।
अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावर, रिडी हाइड्रोपावर र हाइड्रो इलेक्ट्रिसिटी पावर एण्ड डेभलपमेन्टको उच्च कारोबार भएको छ ।
जीवन विकास लघुवित्तका शेयरधनीहरुले १० प्रतिशतका दरले सम्पत्ति कमाएका छन् । हाइड्रो इलेक्ट्रिसिटी पावर एण्ड डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब १८ करोड ७ लाख ८८ हजार २ सय १८ रुपैयाँ कायम भएको छ ।
Facebook Comment
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
Banner
पूर्व–पश्चिम एशियन राजमार्ग अन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु भएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login