बर्दिबासः शनिबार बर्दिवबस साहित्यिक–सांस्कृतिक प्रतिष्ठान’ को २६ औ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल )को अध्यक्षतामा सम्पन्न भएको छ ।
बाल कवयित्री जेनिसा थापाको सञ्चालनमा सम्पन्न शृङ्खलामा साहित्यानुरागी शशिराज भट्टराई, गौशला साहित्य समाजका अध्यक्ष मोहन महतो, सदस्य सूर्य लामा र वरिष्ठ सल्लाहकार गोपाल यादव, मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल र सदस्य निरप्रसाद शर्माले शुभकामना मन्तव्य दिएका थिए ।
बर्दिवास छन्द चौतारीका अध्यक्ष अग्नि कवच, नवगठित बलेसी साहित्य समाज महोत्तरीका अध्यक्ष भीमकुमार राउत सचिव सानीमाया पुलामी, पौडेल साहित्य प्रतिष्ठान प्रदेश नम्बर २ का अध्यक्ष जनकप्रसाद पौडेल, सर्लाही साहित्य समाजका अध्यक्ष मीना देवकोटा, उपाध्यक्ष राजेश्वरी काफ्ले र प्रलेस महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शीले पनि कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा विजय कालीकोटे, जनकप्रसाद पौडेल, भीमकुमार राउत, सूर्य लामा, जीवनस्पर्शी, विपिराज दहाल, राजेश्वरी काफ्ले, निरप्रसाद शर्मा, मीना देवकोटा, मोहन महतो, सानीमाया पुलामी, गोपाल यादव, पवन वाग्ले र आर सी पौडेलले आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा शशिराज भट्टराई, वीणा ढकाल, अनिल दहाल, जीवनराज दहाल, सबिता भण्डारी र प्रतिष्ठानका संस्थापक अध्यक्ष पार्थ सारथी पनि उपस्थित थिए । शृङ्खलाका सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल) ले कार्यक्रममा उपस्थितलाई धन्यवाद ज्ञापन गरेका थिए ।
You must be logged in to post a comment Login