Connect with us
Advertisement

राष्ट्रिय अध्यक्षमा ढकालको उम्मेद्वारी

Published

on

विराटचोकः गछिया जेसीजका पूूर्व अध्यक्ष अमिष ढकालले नेपाल जेसीजको अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।
जेसीजको सन् २०२२ को कार्यसमितिको लागि उनले अध्यक्ष पदमा उम्मेद्वारी दिने भएका हुन् । जेसीजमाझ जुझारु र क्रियाशील व्यक्तिको रुपमा परिचित उनलाई जेसीजकर्मीले स्पष्टवक्ताको रुपमा चिन्ने गर्छन् । जेसीज अभियानलाई पूर्ण प्रविधिमैत्री बनाउने उनको योजना रहेको छ ।

देशभर अभियान चलाएर युवाहरुलाई जेसीजमा आबद्ध गराउने र युवाहरुलाई उद्यमशीलतासँग जोडेर नेतृत्व विकास, क्षमता विकास र आयआर्जनतर्फ आकर्षित गराउने आफ्नो योजना रहेको उनले बताए । जेसीजमा आबद्ध १८ देखि ४० वर्षसम्मका युवाको हितमा आफूले कार्यक्रम ल्याउने उनको भनाइ छ । युवालाई सक्षम बनाउन उनीहरुलाई वित्तीय स्वतन्त्रताको आवश्यकता पर्ने हुनाले सकेसम्म धेरै युवालाई उद्यमशीलतासँग जोडेर अघि बढ्ने आफ्नो योजना रहेको ढकाल बताउँछन् ।

सन् २०१७ मा गछिया जेसीजको अध्यक्ष रहेका उनी नेपाल जेसीजको वर्ष २०१८ मा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस्तै, नेपाल जेसीजको वर्ष २०१९ मा कार्यकारिणी उपाध्यक्ष पदमा उनी निर्वाचित भएका थिए ।

गछिया जेसीजको पाँचौँ बोर्ड बैठक तथा दोस्रो साधारण सभाको निर्णयअनुसार सन् २०१७ का अध्यक्ष ढकाललाई नेपाल जेसीज वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्षमा उम्मेद्वारी दिने सर्वसम्मत निर्णय गरिएको गछिया जेसीजका महासचिव रोशन खनालले बताए ।

स्थापनाको छोटो समयमा उत्कृष्ट गतिविधि गरी देशभर रहेका जेसीजकर्मीहरुको मन जित्न सफल गछिया जेसीजले सबै जेसीजकर्मीलाई साथ र सहयोगको लागि अनुरोध गर्दै चाँडै नै ‘अमिष ढकाल जिताऔँ’ अभियान सञ्चालन गर्ने गछिया जेसीजका तालीम संयोजक नवराज पोखरेल बताउँछन् ।

जेसीजको ४८ औँ महाधिवेशन पोखरामा हुने भएको छ । सो अधिवेशनमा नेपालभरका १ सय ५६ शाखाबाट आएका प्रतिनिधिले १ वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछन् ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भक्तपुर मनोहराको सुकुम्वासी बस्तीका घर टहरा भत्काउन शुरु

Published

on

भक्तपुर मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्तीमा रहेका घर टहरा भत्काउन थालिएको छ । बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्तीमा डोजर चलाइएको हो ।

अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा डोजर लगाएर खाली गर्दैछ । यसअघि केही बासिन्दा आफैँले छाप्रोको छाना र बाँसका संरचना भएका थिए । हिजो बेलुका त्यहाँ तनावको अवस्था सिर्जना भएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित झण्डै दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरी संरचना भत्काउने काम भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीका बासिन्दालाई घर टहरा आफै भत्काउन बिहान ९ बजेसम्मको समय दिइएको थियो । त्यसपछि काठमाण्डौ महानगरपालिकाको डोजरसहितको टोली पुगेपछि घर टहरा भत्काउन थालिएको हो ।

मनोहरा बस्तीमा अनधिकृत ७ सय ७७ घर टहरा रहेको विवरण छ । यसअघि हिजो बेलुका सात वटा ठूला पक्की घर भत्काइएको थियो । त्यस क्रममा अवरोध र ढुङगामुढा हुँदा केही संख्यामा सुरक्षाकर्मी घाइते भएका थिए ।

हिजो बिहान थापाथलीको बाग्मती नदी किनारका तथा दिउँसो शान्तिनगर र गैरिगाउँ क्षेत्रका अनधिकृत संरचना भत्काइएको थियो ।

Continue Reading

Banner

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित

Published

on

नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।

२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।

त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो

Published

on

सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।

सुनको भाउ आज तोलामा २ हजार २००  रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक