कोशी प्रदेश
राष्ट्रिय अध्यक्षमा ढकालको उम्मेद्वारी
विराटचोकः गछिया जेसीजका पूूर्व अध्यक्ष अमिष ढकालले नेपाल जेसीजको अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।
जेसीजको सन् २०२२ को कार्यसमितिको लागि उनले अध्यक्ष पदमा उम्मेद्वारी दिने भएका हुन् । जेसीजमाझ जुझारु र क्रियाशील व्यक्तिको रुपमा परिचित उनलाई जेसीजकर्मीले स्पष्टवक्ताको रुपमा चिन्ने गर्छन् । जेसीज अभियानलाई पूर्ण प्रविधिमैत्री बनाउने उनको योजना रहेको छ ।
देशभर अभियान चलाएर युवाहरुलाई जेसीजमा आबद्ध गराउने र युवाहरुलाई उद्यमशीलतासँग जोडेर नेतृत्व विकास, क्षमता विकास र आयआर्जनतर्फ आकर्षित गराउने आफ्नो योजना रहेको उनले बताए । जेसीजमा आबद्ध १८ देखि ४० वर्षसम्मका युवाको हितमा आफूले कार्यक्रम ल्याउने उनको भनाइ छ । युवालाई सक्षम बनाउन उनीहरुलाई वित्तीय स्वतन्त्रताको आवश्यकता पर्ने हुनाले सकेसम्म धेरै युवालाई उद्यमशीलतासँग जोडेर अघि बढ्ने आफ्नो योजना रहेको ढकाल बताउँछन् ।

सन् २०१७ मा गछिया जेसीजको अध्यक्ष रहेका उनी नेपाल जेसीजको वर्ष २०१८ मा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस्तै, नेपाल जेसीजको वर्ष २०१९ मा कार्यकारिणी उपाध्यक्ष पदमा उनी निर्वाचित भएका थिए ।
गछिया जेसीजको पाँचौँ बोर्ड बैठक तथा दोस्रो साधारण सभाको निर्णयअनुसार सन् २०१७ का अध्यक्ष ढकाललाई नेपाल जेसीज वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्षमा उम्मेद्वारी दिने सर्वसम्मत निर्णय गरिएको गछिया जेसीजका महासचिव रोशन खनालले बताए ।
स्थापनाको छोटो समयमा उत्कृष्ट गतिविधि गरी देशभर रहेका जेसीजकर्मीहरुको मन जित्न सफल गछिया जेसीजले सबै जेसीजकर्मीलाई साथ र सहयोगको लागि अनुरोध गर्दै चाँडै नै ‘अमिष ढकाल जिताऔँ’ अभियान सञ्चालन गर्ने गछिया जेसीजका तालीम संयोजक नवराज पोखरेल बताउँछन् ।
जेसीजको ४८ औँ महाधिवेशन पोखरामा हुने भएको छ । सो अधिवेशनमा नेपालभरका १ सय ५६ शाखाबाट आएका प्रतिनिधिले १ वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछन् ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login