राजनीति
मन्त्रालयबाट बिदा हुँदै गर्दा आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले यसरी दिए बिदाइ वक्तव्य
विराटनगरः अनायासै भीम आचार्यलाई मुख्यमन्त्री बनाइएपछि प्रदेश १ को मन्त्रिमण्डल नयाँ बन्ने भएको छ । योसँगै मन्त्रीहरु बाहिरिन तयार भएर बसेका छन् । यसै क्रममा सरकारका प्रवक्त तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले बिदाइ मन्तव्य दिएका छन् । यस्तो छ उनले दिएको बिदाइ मन्तव्यः
२०७४ साल मङ्सिर २८ गतेका दिन भएको प्रदेशसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नम्वर (५) बाट नेकपा एमालेको प्रतिनिधित्व गर्दै निर्वाचत भएर २०७४ माघ १६ गते प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा प्रदेशसभा सदस्यको शपथ मैले लिएको थिएँ । प्रदेशसभाको बहुमतप्राप्त दलको नेताका रुपमा माननीय शेराधन राई नेतृत्वको प्रदेश नम्बर १ सरकारमा २०७४ फागुन ३ गते बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारको प्रवक्ताका रुपमा आजसम्म १ हजार २ सय ८४ दिन जिम्मेवारीमा रहेर बिदा भएको छु ।
यस कार्यकालमा दुईपटक कार्यवाहक मुख्यमन्त्री तथा करिब तीन महिना सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो । प्राप्त जिम्मेवारीहरु पूरा गर्न सहयोग गर्नुहुने माननीय प्रदेश प्रमुखज्युहरु, माननीय मुख्यमन्त्रीज्यु, माननीय मन्त्रीज्युहरु, माननीय सभामुखज्यु, माननीय उपसभामुखज्यु, माननीय मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेशसभा सचिवालय, प्रदेश सरकारका राष्ट्रसेवक कर्मचारीहरु, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, राजनीतिक दलका नेता कार्यकर्ताहरु, समाजिक संघसंस्था, उद्योगी, व्यापारी एवम् नागरिक समाजका अगुवाहरु, सञ्चारकर्मीहरु, प्रमुख प्रतिपक्षीलगायत विपक्षी दल र सम्पूर्ण प्रदेशवासी दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छु ।
प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ बमोजिम प्राप्त विभिन्न क्षेत्रगत जिम्मेवारीहरु प्रदेश शान्ति सुरक्षा, कानून तर्जुमा, सञ्चार क्षेत्र र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यहरु मन्त्रालयबाट भएका छन् । प्राप्त जिम्मेवारीलाई कार्यक्षेत्रमा कुशलतापूर्वक कार्यान्वयन गर्दै सदैव प्रदेशवासीको हितमा काम गरेको छु ।
१. प्रदेशको शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न एवम् सुरक्षा निकायहरुको क्षमता विकास एवम् संरचनात्मक सुधारका लागि प्रदेश प्रहरी मुख्यालयसहित ४९ वटा प्रहरी चौकी निर्माण, पाँचथरमा महिला प्रहरी ब्यारेक, १४ वटै जिल्लामा महिला प्रहरी चेन्जिङ रुम निर्माण, सीमा सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ १३ वटा बोर्डर आउट पोष्ट निर्माण, १४ वटै जिल्लामा प्रविधिमैत्री सुरक्षा योजना अन्तर्गत सिसिटिभी क्यामेरा जडान्, जिल्ला प्रशासन कार्यालयसँग प्रत्यक्ष संवाद गर्न भिडियो कन्फरेन्स रुम निर्माण एवम् सञ्चालन, सुरक्षा निकायहरुलाई १५ वटा पिक अप भ्यान, करिब ४ सय ५० वटा दुई पांग्रे सवारी साधन (मोटर साईकल) वितरण गरिएको छ ।
२. विपद् ब्यवस्थापनसम्बन्धी कानूनी व्यवस्था गर्दै एकीकृत शान्ति सुरक्षा, विपद् तथा स्वास्थ्य सेवालाई प्रबद्र्धन गर्ने उदेश्यका साथ १–१ थान पिक अप भ्यान र दमकलसहितको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र प्रदेशका १४ वटै जिल्लामा सञ्चलनमा ल्याइएको छ । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना र सञ्चालन, विपद् जोखिम न्यूनीकरणका लागि डिडिआर पोर्टल निर्माण, विपद् खोज, उद्धार र जोखिम न्यूनीकरणमा प्रयोग हुने विभिन्न सामग्री खरिद र भण्डारण, विपदबाट ज्यान गुमाएका र घरबारविहीन भएका परिवारलाई राहत वितरण, प्रदेश गोदाम घर, झापा, उदयपुर र धनकुटा जिल्लामा गोदाम घर निर्माण र सञ्चालन गर्ने जस्ता कार्यहरु सम्पन्न गरिएको छ ।
३. पत्रकारिता क्षेत्रको समस्या पहिचानका लागि आम सञ्चार अध्ययन कार्यदल गठन गरी प्राप्त प्रतिवेदनका आधारमा पत्रकारहरुको क्षमता विकास, सञ्चार माध्यमहरुलाई सबलीकरण गर्ने उद्देश्यका साथ प्रादेशिक सञ्चार प्रतिष्ठानको गठन तथा सञ्चालन, आव २०७५–७६ बाट राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारी प्रादेशिक पत्रकारिता पुरस्कार वितरण गर्ने कार्यको थालनी, प्रदेश पत्रकार महासंघ तथा जिल्ला शाखाहरुको भौतिक संरचना निर्माण तथा संस्थागत क्षमता विकास गर्न सहयोग, पत्रकार सुरक्षा कोषको स्थापना तथा सञ्चालन, एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्था गरी दर्ता नवीकरण गर्ने कार्य प्रदेशबाटै गर्ने कार्यको थालनीलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित कार्यहरु भएका छन् ।
४. ‘आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समुन्नतिको आधार’ भन्ने मूल नाराका साथ प्रदेशको सामाजिक तथा सामाजिक पक्षहरुलाई सुदृढ गर्दै किशोरावस्थामा प्रवेश गरेका कक्षा ९–१२ सम्म अध्ययन गर्ने १३–१९ वर्षका करिब २००० विद्यालयका २ लाख विद्यार्थीहरुलाई सक्षम, सबल, सुसंस्कृत, नैतिक, सभ्य, लागूऔषध दुव्र्यसनबाट मुक्त, समतामूलक समाज निर्माण गर्न सहयोग गर्ने उद्देश्यका साथ १६९३ विद्यालयहरुमा सगरमाथा टिन्स क्लब गठन गरी म अघि बढ्छु कार्यक्रम सञ्चालन गरिएको छ ।
५. विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड १९ कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नीतिगत व्यवस्था गरी भारतलगायत तेस्रो मुलुकबाट आउने नेपालीहरुका लागि क्वारेन्टिन ब्यवस्थापन, होल्डिङ सेन्टरको ब्यवस्थापन, बन्दाबन्दी कार्यान्वयन, सीमा सुरक्षा र कोभिड नियन्त्रणका लागि सुरक्षाकर्मी एवम् जिल्ला प्रशासन कार्यालयलाई परिचालनसम्बन्धी कार्यहरु भएका छन् ।
६. प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ५७ ऐन (संसोधनसहित), नियमावली, कार्यविधि तथा गठन आदेशहरु तर्जुमा गरिएको र करिब ३५ सय राजपत्र छपाई गरिएको छ । कानुन निर्माण र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरु, मुख्य न्यायाधिवक्ताहरुको सहभागितामा अन्तरप्रदेश अनुभव आदानप्रदान तथा सुरक्षा गोष्ठी सम्पन्न, प्रदेश सुरक्षा गोष्ठीहरु, प्रदेश सरकारले मनाउने राष्ट्रिय तथा प्रादेशिक दिवसहरुको व्यवस्थापन, स्थानीय तहहरुको कानुन तर्जुमा तथा न्यायिक समितिहरुको क्षमता विकासका लागि तालिम, न्यायमा पहुँचलगायतका कार्यक्रमहरु, प्रत्येक वर्षका सार्वजनिक बिदाहरुको निर्धारण गर्ने कार्यहरु सम्पादन गरिएका छन् ।
प्रदेश सरकारको मन्त्रीको हैसियतमा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ अनुसार आजसम्म कुल ३९ लाख ९३ हजार ६ सय ४० रुपैयाँमा करकट्टी बापत रु.३ लाख ८४ हजार ८ सय २० कटाएर जम्मा रु.३६ लाख ८ हजार ८ सय २० खुद भुक्तानी लिएको छु । यस अवधिमा ऐन बमोजिम भ्रमण भत्ताबापत प्राप्त हुने कुनै पनि रकम (यातायात बाहेक) नलिएको जानकारी गराउँदै प्रयोग गर्दै आएको सवारी साधन, ल्यापटपलगायत जिन्सी सामग्री मन्त्रालयमा हस्तान्तरण गरिसकेको छु । सार्वजानिक पद धारण गर्दा बुझाउनुपर्ने सम्पत्ति विवरण प्रत्येक आवमा आवधिक गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छु ।
यस समय अवधिभर माननीय मन्त्रीज्यूको सचिवालयमा रहेर भूमिका निर्वाह गर्न सबैबाट प्राप्त सल्लाह, सहयोग र साथ हाम्रा लागि प्रेरणाका स्रोत बनेका छन् । कार्य सम्पादनका दौरान कोही गल्ती, कमी कमजोरी भएका भए सम्पूर्णमा क्षमायाचना गर्दै आगामी दिनमा पनि प्रदेशवासीको सेवामा निरन्तर सहभागी हुने विश्वास व्यक्त गर्दछु । आज प्रदेश १ सरकारको जिम्मेवारी प्राप्त गर्नुहुने माननीय मुख्यमन्त्री भीमप्रसाद आचार्यज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
Facebook Comment
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login