राजनीति
मन्त्रालयबाट बिदा हुँदै गर्दा आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले यसरी दिए बिदाइ वक्तव्य
विराटनगरः अनायासै भीम आचार्यलाई मुख्यमन्त्री बनाइएपछि प्रदेश १ को मन्त्रिमण्डल नयाँ बन्ने भएको छ । योसँगै मन्त्रीहरु बाहिरिन तयार भएर बसेका छन् । यसै क्रममा सरकारका प्रवक्त तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले बिदाइ मन्तव्य दिएका छन् । यस्तो छ उनले दिएको बिदाइ मन्तव्यः
२०७४ साल मङ्सिर २८ गतेका दिन भएको प्रदेशसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नम्वर (५) बाट नेकपा एमालेको प्रतिनिधित्व गर्दै निर्वाचत भएर २०७४ माघ १६ गते प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा प्रदेशसभा सदस्यको शपथ मैले लिएको थिएँ । प्रदेशसभाको बहुमतप्राप्त दलको नेताका रुपमा माननीय शेराधन राई नेतृत्वको प्रदेश नम्बर १ सरकारमा २०७४ फागुन ३ गते बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारको प्रवक्ताका रुपमा आजसम्म १ हजार २ सय ८४ दिन जिम्मेवारीमा रहेर बिदा भएको छु ।
यस कार्यकालमा दुईपटक कार्यवाहक मुख्यमन्त्री तथा करिब तीन महिना सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो । प्राप्त जिम्मेवारीहरु पूरा गर्न सहयोग गर्नुहुने माननीय प्रदेश प्रमुखज्युहरु, माननीय मुख्यमन्त्रीज्यु, माननीय मन्त्रीज्युहरु, माननीय सभामुखज्यु, माननीय उपसभामुखज्यु, माननीय मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेशसभा सचिवालय, प्रदेश सरकारका राष्ट्रसेवक कर्मचारीहरु, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, राजनीतिक दलका नेता कार्यकर्ताहरु, समाजिक संघसंस्था, उद्योगी, व्यापारी एवम् नागरिक समाजका अगुवाहरु, सञ्चारकर्मीहरु, प्रमुख प्रतिपक्षीलगायत विपक्षी दल र सम्पूर्ण प्रदेशवासी दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छु ।
प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ बमोजिम प्राप्त विभिन्न क्षेत्रगत जिम्मेवारीहरु प्रदेश शान्ति सुरक्षा, कानून तर्जुमा, सञ्चार क्षेत्र र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यहरु मन्त्रालयबाट भएका छन् । प्राप्त जिम्मेवारीलाई कार्यक्षेत्रमा कुशलतापूर्वक कार्यान्वयन गर्दै सदैव प्रदेशवासीको हितमा काम गरेको छु ।
१. प्रदेशको शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न एवम् सुरक्षा निकायहरुको क्षमता विकास एवम् संरचनात्मक सुधारका लागि प्रदेश प्रहरी मुख्यालयसहित ४९ वटा प्रहरी चौकी निर्माण, पाँचथरमा महिला प्रहरी ब्यारेक, १४ वटै जिल्लामा महिला प्रहरी चेन्जिङ रुम निर्माण, सीमा सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ १३ वटा बोर्डर आउट पोष्ट निर्माण, १४ वटै जिल्लामा प्रविधिमैत्री सुरक्षा योजना अन्तर्गत सिसिटिभी क्यामेरा जडान्, जिल्ला प्रशासन कार्यालयसँग प्रत्यक्ष संवाद गर्न भिडियो कन्फरेन्स रुम निर्माण एवम् सञ्चालन, सुरक्षा निकायहरुलाई १५ वटा पिक अप भ्यान, करिब ४ सय ५० वटा दुई पांग्रे सवारी साधन (मोटर साईकल) वितरण गरिएको छ ।
२. विपद् ब्यवस्थापनसम्बन्धी कानूनी व्यवस्था गर्दै एकीकृत शान्ति सुरक्षा, विपद् तथा स्वास्थ्य सेवालाई प्रबद्र्धन गर्ने उदेश्यका साथ १–१ थान पिक अप भ्यान र दमकलसहितको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र प्रदेशका १४ वटै जिल्लामा सञ्चलनमा ल्याइएको छ । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना र सञ्चालन, विपद् जोखिम न्यूनीकरणका लागि डिडिआर पोर्टल निर्माण, विपद् खोज, उद्धार र जोखिम न्यूनीकरणमा प्रयोग हुने विभिन्न सामग्री खरिद र भण्डारण, विपदबाट ज्यान गुमाएका र घरबारविहीन भएका परिवारलाई राहत वितरण, प्रदेश गोदाम घर, झापा, उदयपुर र धनकुटा जिल्लामा गोदाम घर निर्माण र सञ्चालन गर्ने जस्ता कार्यहरु सम्पन्न गरिएको छ ।
३. पत्रकारिता क्षेत्रको समस्या पहिचानका लागि आम सञ्चार अध्ययन कार्यदल गठन गरी प्राप्त प्रतिवेदनका आधारमा पत्रकारहरुको क्षमता विकास, सञ्चार माध्यमहरुलाई सबलीकरण गर्ने उद्देश्यका साथ प्रादेशिक सञ्चार प्रतिष्ठानको गठन तथा सञ्चालन, आव २०७५–७६ बाट राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारी प्रादेशिक पत्रकारिता पुरस्कार वितरण गर्ने कार्यको थालनी, प्रदेश पत्रकार महासंघ तथा जिल्ला शाखाहरुको भौतिक संरचना निर्माण तथा संस्थागत क्षमता विकास गर्न सहयोग, पत्रकार सुरक्षा कोषको स्थापना तथा सञ्चालन, एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्था गरी दर्ता नवीकरण गर्ने कार्य प्रदेशबाटै गर्ने कार्यको थालनीलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित कार्यहरु भएका छन् ।
४. ‘आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समुन्नतिको आधार’ भन्ने मूल नाराका साथ प्रदेशको सामाजिक तथा सामाजिक पक्षहरुलाई सुदृढ गर्दै किशोरावस्थामा प्रवेश गरेका कक्षा ९–१२ सम्म अध्ययन गर्ने १३–१९ वर्षका करिब २००० विद्यालयका २ लाख विद्यार्थीहरुलाई सक्षम, सबल, सुसंस्कृत, नैतिक, सभ्य, लागूऔषध दुव्र्यसनबाट मुक्त, समतामूलक समाज निर्माण गर्न सहयोग गर्ने उद्देश्यका साथ १६९३ विद्यालयहरुमा सगरमाथा टिन्स क्लब गठन गरी म अघि बढ्छु कार्यक्रम सञ्चालन गरिएको छ ।
५. विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड १९ कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नीतिगत व्यवस्था गरी भारतलगायत तेस्रो मुलुकबाट आउने नेपालीहरुका लागि क्वारेन्टिन ब्यवस्थापन, होल्डिङ सेन्टरको ब्यवस्थापन, बन्दाबन्दी कार्यान्वयन, सीमा सुरक्षा र कोभिड नियन्त्रणका लागि सुरक्षाकर्मी एवम् जिल्ला प्रशासन कार्यालयलाई परिचालनसम्बन्धी कार्यहरु भएका छन् ।
६. प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ५७ ऐन (संसोधनसहित), नियमावली, कार्यविधि तथा गठन आदेशहरु तर्जुमा गरिएको र करिब ३५ सय राजपत्र छपाई गरिएको छ । कानुन निर्माण र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरु, मुख्य न्यायाधिवक्ताहरुको सहभागितामा अन्तरप्रदेश अनुभव आदानप्रदान तथा सुरक्षा गोष्ठी सम्पन्न, प्रदेश सुरक्षा गोष्ठीहरु, प्रदेश सरकारले मनाउने राष्ट्रिय तथा प्रादेशिक दिवसहरुको व्यवस्थापन, स्थानीय तहहरुको कानुन तर्जुमा तथा न्यायिक समितिहरुको क्षमता विकासका लागि तालिम, न्यायमा पहुँचलगायतका कार्यक्रमहरु, प्रत्येक वर्षका सार्वजनिक बिदाहरुको निर्धारण गर्ने कार्यहरु सम्पादन गरिएका छन् ।
प्रदेश सरकारको मन्त्रीको हैसियतमा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ अनुसार आजसम्म कुल ३९ लाख ९३ हजार ६ सय ४० रुपैयाँमा करकट्टी बापत रु.३ लाख ८४ हजार ८ सय २० कटाएर जम्मा रु.३६ लाख ८ हजार ८ सय २० खुद भुक्तानी लिएको छु । यस अवधिमा ऐन बमोजिम भ्रमण भत्ताबापत प्राप्त हुने कुनै पनि रकम (यातायात बाहेक) नलिएको जानकारी गराउँदै प्रयोग गर्दै आएको सवारी साधन, ल्यापटपलगायत जिन्सी सामग्री मन्त्रालयमा हस्तान्तरण गरिसकेको छु । सार्वजानिक पद धारण गर्दा बुझाउनुपर्ने सम्पत्ति विवरण प्रत्येक आवमा आवधिक गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छु ।
यस समय अवधिभर माननीय मन्त्रीज्यूको सचिवालयमा रहेर भूमिका निर्वाह गर्न सबैबाट प्राप्त सल्लाह, सहयोग र साथ हाम्रा लागि प्रेरणाका स्रोत बनेका छन् । कार्य सम्पादनका दौरान कोही गल्ती, कमी कमजोरी भएका भए सम्पूर्णमा क्षमायाचना गर्दै आगामी दिनमा पनि प्रदेशवासीको सेवामा निरन्तर सहभागी हुने विश्वास व्यक्त गर्दछु । आज प्रदेश १ सरकारको जिम्मेवारी प्राप्त गर्नुहुने माननीय मुख्यमन्त्री भीमप्रसाद आचार्यज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login