Connect with us
Advertisement

ट्रकसँग म्याजिक ठोक्किँदा चालकसहित ४ जना घाइते

Published

on

विराटनगरः विराटनगरबाट रानीतर्फ गइरहेको म्याजिक भ्यान रोकिराखेको ट्रकमा ठोक्किँदा म्याजिक चालकसहित ४ जना घाइते भएका छन् । को १ झ १७४० नम्बरको म्याजिक रोकिराखेको ना ५ ख ८१९७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।

विराटनगर–१४ राधाकृष्ण राईस मिल अगाडि भएको दुर्घटनामा घाइते हुनेमा म्याजिक चालक इटहरीका २४ वर्षीय राजु श्रेष्ठ रहेका छन् । त्यस्तै, इटहरी– ५ का ३५ वर्षीय अशोक राई, इटहरी– ६ का २४ वर्षीय आकाश मिश्र र उर्लाबारी–९ का सुवास तामाङ पनि घाइते भएका छन् ।

घाइतेमध्ये राई, तामाङ र श्रेष्ठको अवस्था गम्भीर रहेको र उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट

Published

on

ब्राजिलमा भएको मिनेइरो गेर्‍यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा मैदानमै खेलाडीबीच कुटाकुट भएको छ ।

मैदानमै खेलाडीहरू ग्याङ फाइटमा उत्रिएपछि दुवै टोलीका २३ खेलाडीलाई रातो कार्ड देखाइएको छ। उक्त फाइनल खेल अन्तिम क्षणमा पुगेका बेला ग्याङ फाइटमा परिणत भएपछि रेफ्रीले एकैपटक २३ वटा रेड कार्ड देखाएका छन्।

फाइनल खेलमा क्र्युजेरियो र र एट्लेटिको मिनेरियोबीच प्रतिस्पर्धा भइरहेको थियो।

खेलको अन्तिम सेकेन्डतिर दुवै टोलीका खेलाडीबीच झडप सुरु भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। मैदानमै ठूलो कुटाकुट भएपछि रेफ्रीले लगातार २३ खेलाडीलाई रेड कार्ड देखाइदिए ।

खेलाडी, प्राविधिक टोली र दुवै पक्षका सदस्यहरूबीच धकेलाधकेल र झडप भएपछि मैदान केही समय तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा आएपछि खेल औपचारिक रूपमा समाप्त गरियो। त्यसपछि क्युजेरियोलाई विजेता घोषणा गर्दै उपाधि प्रदान गरियो।

फाइनल खेलमा भएको यो घटनाले ब्राजिलियन फुटबलमा ठूलो चर्चा र विवाद पैदा गरेको छ। खेलको भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ।

Continue Reading

Banner

इलाम–१ मा कडा प्रतिस्पर्धा : कांग्रेस र श्रम संस्कृति पार्टीबीच टक्कर, एमाले पछ्याउँदै

Published

on

इलाम क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचनको मतगणना रोचक मोडमा पुगेको छ।

पछिल्लो प्राप्त तथ्याङ्क अनुसार नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई र श्रम संस्कृति पार्टीका उम्मेदवार बिनोद नेम्बाङबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

मतगणनाको पछिल्लो नतिजा अनुसार श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु ११,४३६ मतका साथ कडा टक्कर दिइरहेका छन्। नेपाली कांग्रेसका निश्कल राई ११,५६७ मतसहित झिनो अन्तरले अगाडि देखिएका छन्। नेकपा एमालेका काजी मान कागते १०,४४७ मतका साथ उनीहरूलाई पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल (घण्टी) ले ७,४५१ मत प्राप्त गरेका छन्। मंगोल नेशनल अर्गनाइजेसनका रण बहादुर राई (पाँचकुने तारा) ले ६,१२६ मत पाएका छन्।

अहिले सूर्योदय नगरपालिका ८ को गणना भइरहेको र १०, ११, १२, १३ र १४ नम्बर वडाको गणना हुन बाँकी रहेको बताइएको छ।

Continue Reading

Banner

न्युजिल्यान्डलाई हराउँदै भारतले तेस्राे पटक जित्याे टी–२० विश्वकपकाे उपाधि

Published

on

न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनले हरायो ।

भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १५९ रन बनाउँदा सबै विकेट गुमायो । न्युजिल्यान्डका टिम साइफर्टले ५२, कप्तान मिचेल स्यान्टरले ४३ रन बनाए । भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो । भारतका सन्जु सामसनले ५९, ईशान किशनले ५४, अभिषेक शर्माले ५२ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले ३ विकेट लिए ।

योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो ।

न्युजिल्यान्ड भने दाेस्राे पटक उपविजेता बनेकाे छ । न्युजिल्यान्ड यसअघि सन् २०२१ काे फाइनलमा अस्ट्रेलियासँग पराजित भएकाे थियाे ।

भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको छ । भारतले सन् २०२४ को जुनमा टी–२० विश्वकप जितेको थियो । यस्तै २०२५ को मार्चमा आईसीसी च्याम्पियन्स ट्रफी जितेको भारतले गएराति टी–२० विश्वकप उपाधि जित्यो ।

१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने भारतका सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । यस्तै भारतकै जसप्रित बुमराह फाइनल खेलकाे उत्कृष्ट खेलाडी बनेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक