अपराध
हतियारसहित २ जना पक्राउ
पथरीः मोरङको कानेपोखरी–६ स्थित शिवालय चोकका ३० वर्षीय रुद्रबहादुर क्षेत्री हतियारसहित पक्राउ परेका छन् ।
उनको घरमा हतियार लुकाई राखेको छ भन्ने विशेष सूचनाका आधारमा हिजो राती सवा ११ बजे प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । सो क्रममा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका क्षेत्रीउपर थप अनुसन्धान गर्ने क्रममा अर्का व्यक्ति पनि पक्राउ परेका हुन् । सोही स्थानका ४० वर्षीय पूर्णबहादुर बोहरालाई पनि सोही कसुरमा पक्राउ गरी इलाका प्रहरी कार्यालय पथरीबाट हातहतियार मुद्दामा कानुनी कारबाही अघि बढाइएको बताइएको छ ।
Facebook Comment
Banner
नोबेलको स्वास्थ्य शिविरमा भोजपुर र धनकुटाका तीन हजार ५२८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३ हजार ५२८ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो ।
संघीय सांसद एवं अस्पतालका सञ्चालक डा. सुनिल कुमार शर्माको विशेष सहयोगमा तथा भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा ष शिविर आयोजना गरिएको थियो । यसैगरी शिविर षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, सल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजारथित गान्धी अस्पतालमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आयोजना गरिएको थियो ।
विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले मिति २०८१ बैशाख १३ गते बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो । उक्त शिविरमा १ हजार ७८३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको छ । उक्त शिविरमा जाँच गराएका मध्ये १३४ जना विपन्न विरामीहरुको थप उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार हुनेछ । उनीहरुले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य उपचारमा शल्यक्रिया समेत निःशुल्क हुने जनसम्पर्क अधिकृत नविन दाहालले बताए ।
त्यस्तै मिति २०८१ बैशाख १४ र १५ गते धनकुटा जिल्ला पाख्रीबास नगरपालिका स्थीत उत्तरपानीमा पाख्रीबास नगरपालिकाको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ८७५ जना विरामी लाभान्वित भएका छन् ।
मिति २०८१ बैशाख १६ गते धनकुटा कै चौबिसे गाउँपालिका बुधबारेमा चौबिसे गाउँपालिकाको आयोजनामा एक दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त अवसरमा ८७० जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो । जनसम्पर्क अधिकृत नविन दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएर थप उपचारका लागि रिफर भएका विरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सहुलियतमा उपचार हुने छ ।
डा.सुनिल शर्माको नेतृत्वमा पूर्वी नेपाल साथै सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा बृहत निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना हुँदै आएको छ । उक्त शिविरहरुबाट हजारौं विरामीहरु लाभान्वित भई सकेका छन् भने शिविरबाट थप उपचारका लागि रिफर भएका असक्त असाहय विरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार समेत हुँदै आएको छ ।
Banner
बाबुराम भट्टराई भन्छन् : ‘प्रचण्ड पानीमा भिजेको बिरालो जस्तो हुनुहुन्थ्यो, चुनाव जितेपछि शेर बनेर गर्जिन थाल्नुभयो ।’
बाबुराम भट्टराई भन्छन् : ‘प्रचण्ड पानीमा भिजेको बिरालो जस्तो हुनुहुन्थ्यो, चुनाव जितेपछि शेर बनेर गर्जिन थाल्नुभयो ।’
Banner
च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा डर्टमन्डको अग्रता
यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराएको छ । घरेलु मैदान सिग्नल इदुना पार्कमा गएराति भएको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । डर्टमन्डका निकलास फुलक्रुगले खेलको ३६ औँ मिनेटमा गोल गरे । दोस्रो लेग अर्को हप्ता पिएसजीको घरेलु मैदानमा हुनेछ ।
यस लेगको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिख बीचको सेमीफाइनल विजेतासँग खेल्नेछ । यी दुई टोली बीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login