राजनीति
यस्तो छ कांग्रेसको महाधिवेशनका उम्मेद्वारले तिर्नुपर्ने शुल्क
विराटचोकः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार हुन चाहनेहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तिरेर उम्मेद्वार हुन पाउने भएका छन् ।
कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख भए अनुसार केन्द्रीय सभापतिका उम्मेदवारले ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तिर्नुपर्ने छ । केन्द्रीय उपसभापति र महामन्त्रीको उम्मेदवार बन्नका लागि २५ हजार र सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । केन्द्रीय सदस्य पदको निर्वाचनमा भाग लिन १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि ७ हजार रुपैयाँ शुल्क लाग्ने निर्वाचन निर्देशिकामा उल्लेख छ ।
प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तोकिएको छ । जिल्ला कार्यसमितिको सभापतिको उम्मेदवार बन्न १० हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि ३ हजार शुल्क तोकिएको छ ।
वडा सभापति पदका लागि ५ सय, उपसभापति, सचिव र सहसचिवका लागि ३ सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय र सदस्य पदको लागि १ सय रुपैयाँ शुल्क तोकिएको छ ।
गाउँपालिकाको सभापतिको उम्मेद्वार हुने २ हजार, उपसभापति, सचिव र सहसचिवका लागि १ हजार र सदस्यको निर्वाचनका लागि ५ सय शुल्क लाग्नेछ ।
नगरपालिकाको सभापतिको उम्मेदवार हुन ४ हजार, उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार र सदस्यका लागि १ हजार शुल्क तोकिएको छ । यस्तै महानगरपालिका र उपमहानगरपालिकाको सभापति पदको निर्वाचनका लागि ५ हजार, उपसभापति र सचिवलाई ३ हजार, सहसचिव र सदस्यलाई २ हजार शुल्क तोकिएको छ ।
प्रदेश सभाको क्षेत्रीय सभापतिले ५ हजार, उपसभापति र सचिवले ३ हजार, सहसचिवले २ हजार ५ सय र सदस्यले २ हजार शुल्क तिर्नुपर्ने बताइएको छ ।
Facebook Comment
Banner
समानुपातिक सांसदको नाम टुंगो लगाउँदै एमाले
हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुंगो लगाउन आज नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
दिउँसो १:०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।
निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।
Banner
रास्वपा सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको समय र स्थान भने उल्लेख गरिएको छैन ।
समानुपातिकतर्फका सांसदहरूको नाम सिफारिस गर्ने र पार्टीका आन्तरिक विधि–प्रक्रियासम्बन्धी विषयमा छलफल गर्ने बैठकको एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिए
Banner
वराहक्षेत्र नगरपालिकाको स्थापना दिवसमा रक्तदान, १३९ पिन्ट रगत सङ्कलन
पालिकाको दशौं स्थापना दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
चक्रघट्टीस्थित नगरपालिकाको कार्यालय परिसरमा भएको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।
हिजो बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोग तथा समन्वयमा रक्तदान कार्यक्रम आयोजना भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login