राजनीति
सुन्दरहरैंचामा आएर एमाले महासचिव पोखरेलले भने, ‘१० बुँदे हुबहु लागू हुन सक्दैन’
विराटचोकः मोरङको सुन्दरहरैंचामा आयोजित कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले पुरानै अवस्थाको एमाले नरहेको बताएका छन् । आज भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
१० बुँदे सहमति कार्यदलले पार्टीलाई दिएको निर्णय नभएर सुझाव मात्र रहेकाले पार्टीले त्यसलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्दै जाने उनको भनाइ थियो । २०७७ साल फागुन २३ गतेको अदालतको फैसलापछि पार्टी कानुनी र राजनीतिक रुपले २०७५ जेठ २ को अवस्थामा पुगे पनि त्यही अवस्थामा जस्ताको तस्तै रुपान्तरण हुन नसक्ने उनले प्रष्ट्याए । अहिलेको एमाले पुरानो एमाले नभई माओवादी लगायतका विभिन्न दलबाट आएका नेता कार्यकर्ताहरु सहितको एमाले भएकाले सोही अनुसार नेतृत्वले कार्यान्वयन गर्ने उनले बताए ।

त्यतिबेला जिम्मेवारी लिएर क्रियाशील रहेका सबै नेता कार्यकर्ताहरुलाई समेटेर अघि बढ्ने पनि उनले बताए । माओवादीबाट आएर र पछि थपिएका अन्य नेताहरु छुट्ने भएकाले जेठ २ कानुनी राजनीतिक हिसाबले भए पनि यान्त्रिक ढंगले मात्र बुझ्न नहुने उनको भनाइ थियो ।
आजको एमाले हिजोको जस्तो एमाले नभई विकसित एमाले भएको बताउँदै उनले एमाले एकताको भावनाका साथ अघि बढेको पार्टी भएको बताए । राष्ट्रिय हित विपरीत रहेको अवस्थामा नेकपा एमाले एमसीसी पारित गर्ने पक्षमा नरहेको उनले बताए ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पार्टीभित्रको अन्तरसंघर्षमा आफूले माधवकुमार नेपाललाई साथ दिएको भए पनि पार्टी विभाजनको पक्षमा लाग्न नसकेको बताए । माधवकुमार नेपालको पक्षमा लागेकाहरु केही समयपछि एमालेमै फर्किने उनको दाबी थियो ।

नेता लालबाबु पण्डितले माधवकुमार नेपाल लगायतका नेताहरुले पदका लागि पार्टी विभाजन गरेको आरोप लगाए । माधव नेपाल लगायतका नेताहरुलाई ‘भगुवा’को संज्ञा दिँदै उनीहरुको पछि लाग्नेहरुले पछुताउनुपर्ने अवस्था आउनेउनको ठोकुावा थियो ।
नेता भानुभक्त ढकालले मंसिरमा हुने महाधिवेशनको तयारीमा एमाले लागेकाले सोही अनुसार लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । आगामी निर्वाचनमा जीत हात पार्ने गरी एक ढिक्का भएर लाग्नुपर्नेमा उनको जोड थियो ।
भेलामा एमाले नेता गुरु बराल, डा. शिवमाया तुम्बाहाम्फे, जीवन घिमिरे लगायत नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा नेता घनश्याम खतिवडा, विनोद ढकाल, राजकुमार ओझा लगायतकोे उपस्थिति थियो । कार्यक्रममा सुनवर्षी, रतुवामाई, सुन्दरहरैंचा लगायतका पालिकाबाट विभिन्न पार्टी परित्यग गरी एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा जनसांस्कृति महासंघका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
एमाले सुन्दरहरैंचाका अध्यक्ष मातृका ढकालका अनुसार एकीकृत समाजवादी गठन भएपछि मोरङमा भएको यो नै एमालेको ठूलो भेला हो ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login