Connect with us
Advertisement

जनरल इन्स्योरेन्स धरान र बेलबारी जेसीजले हात पारे सुन्दरहरैंचा ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि

Published

on

विराटचोकः मोरङको सुन्दरहरैँचामा भएको ‘सुन्दरहरैँचा ब्याडमिन्टन च्याम्पियनसिप २०२१’ को उपाधि कर्पोरेटतर्फ जनरल इन्सोरेन्स धरानले हात पारेको छ । जनरल इन्स्योरेन्सका प्रनिस सिंह ठकुरी र सत्यम् सुब्बाले उपाधि हात पारेका छन् । कर्पाेरेटतर्फ मन्जरी पेन्टस् इटहरीका आशिष जबेगु र दिनेश शंकर दोस्रो भएका छन् । पीपीए सुन्दरहरैंचाका नवीन सिलुवाल र भोजबहादुर गुरुङ तेस्रो भए । लायन्स क्लब अफ इन्द्रपुरका खेलाडी उत्तम शिवाकोटी र फुर्टेम्बा शेर्पाको समूहले पनि तेस्रो स्थान ल्याएर पुरस्कार हात पारेको छ ।

दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा भएको प्रतियोगितामा जीतसँगै कर्पोरेटतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ः ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र ट्रफी पाए ।

जेसीज शाखातर्फ बेलबारी जेसीजका विकास श्रेष्ठ र सुवास श्रेष्ठको जोडी पहिलो भएको छ । कमलनगर जेसीजका अविनाश राई र ज्ञानेन्द्र दाहाल दोस्रो भए । त्यसैगरी, भद्रपुर जेसीजका प्रज्वल ओझा र गुरुप्रसाद राई तेस्रो भए । टंकीसिनवारी जेसीजका सुप्रीम पन्त र सूचक खड्का पनि तेस्रो भए । शाखातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सयसहित प्रमाणपत्र र मेडल तथा ट्रफी हात पारेका छन् ।

इन्द्रपुर जेसीजको आयोजनामा दुइ दिनसम्म चलेको प्रतियोगितामा ५० टिमको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजक पिएलओ लुब्रिकेन्ट रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले मनोरञ्जनसँगै स्वास्थ्यका लागि आयोजना हुने खेलले समाजको विकास र स्थानीय व्यवसाय तथा पर्यटनको प्रवद्र्धन हुने बताइन् । इन्द्रपुर जेसीजले विकास र गतिशील अनुशासनसँगै समाज रुपान्तरणमा काम गरिरहेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

विशेष अतिथि सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले यस्ता प्रकारका खेलको माध्यमबाट युवाहरुको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । बालबालिकालाई खेलमा सरिक गराउन सके यस्ता खेलले उनीहरुलाई चिनाउने उनको भनाइ थियो । रिजालले खेलाडी प्रोत्साहनस्वरुप टंकीसिनवारीका १४ वर्षीय सुप्रिम पन्तलाई ५ हजार रुपैयाँ प्रदान गरेका थिए । उनको समूह जेसीज शाखा तर्फको प्रतियोगितामा तेस्रो भएको थियो ।

समापन कार्यक्रममा नेपाल जेसिसका पूर्व अध्यक्ष एवम् पिएलओ लुब्रिकेन्टका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले कोभिडपछि आयोजना भएको खेलले खेलाडीलाई धेरै ऊर्जा मिलेको बताए । निरन्तर भइरहनुपर्ने खेल क्षेत्रमा कोभिडले असर पुर्याए पनि अबका दिनमा भने यसले निरन्तरता पाउने उनको भनाइ थियो । दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा यस भन्दा पहिले एउटा राष्ट्रिय प्रतियोगिता भएको बताउँदै पुनः छिटै अर्को प्रतियोगिता सञ्चालन गर्ने उनले उद्घोष समेत गरेका छन् । यसैगरी उनले सुन्दरहरैंचा– ४ का खेलाडी भोजबहादुर गुरुङलाई ५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरेका थिए । उनको समूह प्रतियोगितामा तेस्रो भएको थियो ।

समापन कार्यक्रममा कार्यपालिका सदस्य तारा घिमिरे, उर्मिला रिजाल, बेलबारी जेसीजका संस्थापक अध्यक्ष माधवराज थापा, नेपाल खेलकुद महासङ्घ मोरङका महासचिव सन्तोष बान्तवा लगायतको उपस्थिति रहेको थियो । इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मिलन अधिकारीले गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक