Connect with us
Advertisement

जनरल इन्स्योरेन्स धरान र बेलबारी जेसीजले हात पारे सुन्दरहरैंचा ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि

Published

on

विराटचोकः मोरङको सुन्दरहरैँचामा भएको ‘सुन्दरहरैँचा ब्याडमिन्टन च्याम्पियनसिप २०२१’ को उपाधि कर्पोरेटतर्फ जनरल इन्सोरेन्स धरानले हात पारेको छ । जनरल इन्स्योरेन्सका प्रनिस सिंह ठकुरी र सत्यम् सुब्बाले उपाधि हात पारेका छन् । कर्पाेरेटतर्फ मन्जरी पेन्टस् इटहरीका आशिष जबेगु र दिनेश शंकर दोस्रो भएका छन् । पीपीए सुन्दरहरैंचाका नवीन सिलुवाल र भोजबहादुर गुरुङ तेस्रो भए । लायन्स क्लब अफ इन्द्रपुरका खेलाडी उत्तम शिवाकोटी र फुर्टेम्बा शेर्पाको समूहले पनि तेस्रो स्थान ल्याएर पुरस्कार हात पारेको छ ।

दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा भएको प्रतियोगितामा जीतसँगै कर्पोरेटतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ः ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र ट्रफी पाए ।

जेसीज शाखातर्फ बेलबारी जेसीजका विकास श्रेष्ठ र सुवास श्रेष्ठको जोडी पहिलो भएको छ । कमलनगर जेसीजका अविनाश राई र ज्ञानेन्द्र दाहाल दोस्रो भए । त्यसैगरी, भद्रपुर जेसीजका प्रज्वल ओझा र गुरुप्रसाद राई तेस्रो भए । टंकीसिनवारी जेसीजका सुप्रीम पन्त र सूचक खड्का पनि तेस्रो भए । शाखातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सयसहित प्रमाणपत्र र मेडल तथा ट्रफी हात पारेका छन् ।

इन्द्रपुर जेसीजको आयोजनामा दुइ दिनसम्म चलेको प्रतियोगितामा ५० टिमको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजक पिएलओ लुब्रिकेन्ट रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले मनोरञ्जनसँगै स्वास्थ्यका लागि आयोजना हुने खेलले समाजको विकास र स्थानीय व्यवसाय तथा पर्यटनको प्रवद्र्धन हुने बताइन् । इन्द्रपुर जेसीजले विकास र गतिशील अनुशासनसँगै समाज रुपान्तरणमा काम गरिरहेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

विशेष अतिथि सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले यस्ता प्रकारका खेलको माध्यमबाट युवाहरुको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । बालबालिकालाई खेलमा सरिक गराउन सके यस्ता खेलले उनीहरुलाई चिनाउने उनको भनाइ थियो । रिजालले खेलाडी प्रोत्साहनस्वरुप टंकीसिनवारीका १४ वर्षीय सुप्रिम पन्तलाई ५ हजार रुपैयाँ प्रदान गरेका थिए । उनको समूह जेसीज शाखा तर्फको प्रतियोगितामा तेस्रो भएको थियो ।

समापन कार्यक्रममा नेपाल जेसिसका पूर्व अध्यक्ष एवम् पिएलओ लुब्रिकेन्टका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले कोभिडपछि आयोजना भएको खेलले खेलाडीलाई धेरै ऊर्जा मिलेको बताए । निरन्तर भइरहनुपर्ने खेल क्षेत्रमा कोभिडले असर पुर्याए पनि अबका दिनमा भने यसले निरन्तरता पाउने उनको भनाइ थियो । दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा यस भन्दा पहिले एउटा राष्ट्रिय प्रतियोगिता भएको बताउँदै पुनः छिटै अर्को प्रतियोगिता सञ्चालन गर्ने उनले उद्घोष समेत गरेका छन् । यसैगरी उनले सुन्दरहरैंचा– ४ का खेलाडी भोजबहादुर गुरुङलाई ५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरेका थिए । उनको समूह प्रतियोगितामा तेस्रो भएको थियो ।

समापन कार्यक्रममा कार्यपालिका सदस्य तारा घिमिरे, उर्मिला रिजाल, बेलबारी जेसीजका संस्थापक अध्यक्ष माधवराज थापा, नेपाल खेलकुद महासङ्घ मोरङका महासचिव सन्तोष बान्तवा लगायतको उपस्थिति रहेको थियो । इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मिलन अधिकारीले गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक