Connect with us
Advertisement
Advertisement

मञ्जुश्री फाइनान्सद्वारा रुपन्देहीमा ४ शाखा विस्तार

Published

on

भैरहवाः मञ्जुश्री फाइनान्स लिमिटेडले थप ४ शाखा विस्तार गरेको छ । सबै शाखा रुपन्देहीमा विस्तार भएका हुन् । १२ औँ, १३ औँ, १४ औँ र १५ औँ शाखा कार्यालय क्रमशः रुपन्देहीको मुर्गिया, योगिकुटी, मणिग्राम, र भैरहवामा विस्तार गरिएको फाइनान्सले जनाएको छ ।

ती शाखाहरुको संस्थाका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले उद्घाटन गरे । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको सो फाइनान्सले यसअघि चितवनको नारायणगढ, काठमाडांैको न्युरोड, रुपन्देहीको बुटवल, कैलालीको धनगढी, सुनसरीको इटहरी, मोरङको विराटनगर, बाँकेको नेपालगन्ज, सुनसरीको धरान, कास्कीको पोखरा र पर्साको वीरगन्जमा शाखा सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

 

Banner

जनैपूर्णिमा मनाउने दिनको बारेमा आएको विवाद अनावश्यकः नेपाल पञ्चाङ्ग निर्णायक समिति

Published

on

विराटचोकः जनैपूर्णिमा तथा रक्षाबन्धन मनाउने दिनको बारेमा विवाद भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले त्यसबारेमा प्रष्ट पार्न विज्ञप्ति जारी गरेको छ । साउन २७ गते शुक्रबार नै जनै पूर्णिमा मनाउन समितिले अनुरोध गरेको छ ।

हिजो समितिले विज्ञप्ति जारी गर्दै शास्त्रीय मतअनुसार शुक्रबार जनै पूर्णिमा मनाउनु नै उत्तम रहेको जनाएको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी र सदस्य प्रा. डा. देवमणि भट्टराईको हस्ताक्षरमा जारी विज्ञप्तिमा सो जानकारी गराइएको हो ।

यस्तो छ समितिले जारी गरेको विज्ञप्तिः

Continue Reading

Banner

वडा नम्बर ४ बाट सेवा दिन थालेको पहिलो दिन के के गरे नगरप्रमुख गुरागाईँले

Published

on

विराटचोकः आजदेखि सुन्दरहरैंचा नगरपालिकाले वडा नम्बर ४ को कार्यालयबाट पनि मेयर केदारप्रसाद गुरागाईँ उपस्थित भएर सेवा प्रवाहलाई सहज बनाएका छन् । यसै क्रममा उनले आज वडा नम्बर ४ को कार्यालयबाट एउटा निर्णय र एउटा सिफारिशपत्रमा हस्ताक्षर गरेका छन् भने एउटा समूहले मेयरलाई भेटेर आफ्ना समस्या राखेको छ ।

मेयर गुरागाईँले आर्थिक वर्ष २०७९ –०८० को लागि नगरसभाबाट पारित बजेट पुस्तिका छपाइमा जानुभन्दा अगाडि हस्ताक्षर गर्ने काम वडा नम्बर ४ स्थित कार्यकक्षबाट गरेका हुन् । ‘अब यो बजेट पुस्तिका प्रेसमा जान्छ,’ हस्ताक्षर गर्दै गर्दा उनले भने, ‘पहिलो निर्णय यहाँ (वडा नम्बर ४ स्थित कार्यालय) बाट यही भयो ।’

त्यसपछि उनले स्थानीय एक सामुदायिक भवनका लागि तीन वटा सिलिङ पंखा उपलब्ध गराइदिने बेहोराको सिफारिश पत्रमा हस्ताक्षर गरे । सिफारिश पत्रको लागि निवेदन लिएर गएका सेवाग्राहीको निवेदनमा नियमानुसार काम अघि बढाइउनू भन्ने आशयको सिफारिश सम्बन्धित शाखालाई गरेका थिए ।

त्यसपछि मेयरलाई भेट्न पुगेको एउटा समूहले आफ्नो समस्या राख्यो । मेयरलाई आफ्ना समस्या सुनाउन अटो तथा ई रिक्सा व्यवसायी पुगेका थिए । ठेकेदारले पटके सवारी करको नाममा आफूहरुलाई दुःख दिएको उनीहरुको गुनासो थियो । ठेकेदारले वडा नम्बर ६ मा मात्रै पटके कर लिइरहेको र सो कर दिनमा एक पटकभन्दा बढी लिने गरेकाले थप समस्या परेको उनीहरुको भनाइ थियो ।

अपूर्ण व्यवस्थापन
वडा नम्बर ४ बाट सेवा दिने कार्यको थालनी हुने दिन ११ बजेको आसपासमा नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगरका विभिन्न शाखाका कर्मचारी वडा नम्बर ४ को कार्यालय पुगेका थिए । त्यहाँ रहेका विभिन्न शाखाको निरीक्षणपछि १२ बजेतिर नगरप्रमुख, उपप्रमुख, सुन्दरहरैंचाको वडा नम्बर ४, ५, ६ र ७ का वडाध्यक्ष तथा कार्यपालिका सदस्यसहितको बैठक बसेको थियो । खोला उत्खननको विषयमा केन्द्रित रहेर भएको वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) मा केन्द्रित बैठकपछि औपचारिक कार्यक्रम साढे १ बजे शुरु भएको थियो ।

वातावरणीय प्रभाव मूल्याङ्कनको लागि बैठक भइरहँदा नगरपालिकाका कर्मचारी भने नगरप्रमुखको नेमप्लेट राख्ने ठाउँ बनाउन व्यस्त थिए । नेम प्लेटको लागि बोर्ड राख्नुअघि इँटाले काँटी ठोक्ने काम कर्मचारीले गरेका थिए । हतौडा नभेटिएपछि इँटाले हतारहतार काँटी ठोकेर बोर्ड राखिएकाले कर्मचारी हतारमा थिए भन्ने जनाउँथ्यो ।

पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिका लागि जेसीज भवनमा २ बजे शुरु हुने कार्यक्रममा पुग्नुपर्ने जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी थप हतारमा देखिन्थे ।

Continue Reading

Banner

सुन्दरहरैंचाको प्रशासनिक काम दुईतिरबाट

Published

on

विराटचोकः सुन्दरहरैंचाको प्रशासनिक काम नगरपालिकाको कार्यालयका साथै वडा नम्बर ४ को कार्यालय भवनबाट पनि शुरु भएको छ । नगरको यो निर्णयले साबिक सुन्दरदुलारीका बासिन्दा लाभान्वित हुने मेयर केदारप्रसाद गुरागाईँले बताए ।

आज वडा नम्बर ४ को कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष कैलाश बस्नेतले मेयर गुरागाईँलाई स्वागत गरेका थिए । कार्यक्रममा उपमेयर अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, कार्यपालिका सदस्यहरुलगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुरागाईले साबिकका २ वटा पालिकाको भावनात्मक सम्बन्ध सुदृढ बनाउन पनि यो कार्यले सहयोग पुग्ने बताए । साबिक सुन्दरहरैंचा नगरपालिकातर्फका नागरिकलाई सेवा प्रवाहमा सहज होस् भनेर हप्तामा २ दिन वडा नम्बर ४ को कार्यालयबाट सेवा दिने निर्णय लिइएको उनको भनाइ थियो ।

‘साबिक सुन्दरदुलारीवासीको पनि अपनत्व हुने गरी २ दिन वडा नम्बर ४ बाट काम गर्ने व्यवस्था मिलाइएको हो’, मेयर गुरागाईँले भने, ‘मेयरलाई भेट्न विराटचोक नै पुग्नुपर्ने अवस्थाको अन्त्य गराउन पनि यो कार्यले सहयोग पुग्नेछ ।’

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक